मानन्धर अभागी

गजल १,
चुलेसी भन्दा नि धारिलो रैछ
आजकाल प्रेम काँ गतिलो रैछ

प्रेमी – प्रेमीका दुबै कम छैनन्
सम्बन्ध जोड्नु सजिलो रैछ

एकै नजरमा फसाउने जादु
मान्छे हेर कति हँसिलो रैछ

कस्तो मोहनी लायो त्यो रूपले
चन्द्रमा भन्दा नि चहकिलो रैछ

जति सुकै राम्रो होस् के गर्नु र
देखि हाल्यो सोच धमिलो रैछ ।

गजल २
मान्छेलाई यहाँ मान्छेको विश्वास छैन्
आफ्नै आमा-बाबु हराउंदा तलास छैन्

हिंजो -आज रातभरि खोकेर मर्दै गर्दा
खै छोरालाई कतिपनि आभाष छैन्

कस्तो जमाना आयो जिउँदै मार्ने भयो
मृत्यु पर्खिंदै होला पटक्कै निराश छैन्

त्यो सुन्दर बगैंचामा बृध्द – बृद्धालाई
मात्र वृक्षहरू रहेछन् तर वतास छैन्

घरमा भन्दा कतै आश्रम नै वेश होला
पारिवारिक को अर्थ केहि खास छैन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर