✍️ मानन्धर अभागी

गजल – एक
साराको सामुन्ने तमाशा न देखाऊ
सक्छौ बरू जलाई खरानी बनाऊ

घाइते न बनाउ बिन्ति छ मेरो
आफ्नो बनाउ या त ज्यूँदै जलाऊ

जुन फूल तिमीले मन पराएथ्यौ
टिपेर लैजाला है दिलमा सजाऊ

बोल्नै छाड्यौ तिम्ले के गल्ती गरेछु
मनमा केछ हजुर सिधैँ बताऊ

किन यस्तो मलाई कठोर सजायँ
कतै गल्ती भए सम्झाउ बुझाऊ ।

गजल – दुई

उस्को र मेरो किन हो मन मुटाव भै रहन्छ
झगडापछि फेरि प्रेम प्रस्ताव भै रहन्छ

न त उसले भुल्न सक्छ न त मैले नै सक्छु
हामी दुई एक आर्कामा अभाव भै रहन्छ

थाहै हून्न् कहाँ बिग्रिन्छ पछि मिली हाल्छौँ
कहिले काहीं तल माथी हिसाब भै रहन्छ

यस्तै हो जिन्दगीमा उतार – चढाव हुन्छ
कहिले अफाप कहिले फलिफाप भै रहन्छ

कहिलेकाहिँ मान्छेमा के हुन्छ – हुन्छ
चाहिने भन्दा नचाहिने दबाब भै रहन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर