– मानन्धर अभागी

१:गजल
खुसीले दिल रमायो बताउँ कसोरी
तिमी साथ छैनौ सुनाउँ कसोरी

तिमी बादल पारी म छुँ बादल वारी
एक्लै गजल गाएर रमाउँ कसोरी

जहाँ गएनी सँगै जे खाँदा नी सँगै
तिमी बिना मएक्लै खाउँ कसोरी

जब सम्म तिमीले हुन्छ भन्दै..नौ
तिम्रो त्यो सिउँदो सजाउँ कसोरी ।

२:गजल

कस्तो हो बुझ्नै नसक्ने व्यथा यो
केहिपनि नदेख्ने कालो चश्मा यो

आफ्नै आमालाई मेरो होईन भनेछ
कहाँ बाट कसरी भयो खै चर्चा यो

अतोपतो था छैन् अपराधी को हो
कुन चैं बदमासले खेल्यो खेला यो

कस्तो राजनीति मुर्दाको प्रतिनिधि
देशनै सिध्याउने कस्तो इच्छा यो

बन्द कोठा भित्र शेना र राजा रानी
कसले चाल्यो सकुनीकोे पासा यो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर