हरिवंश राय बच्चन (२७ नोभेम्बर सन् १९०७ – १८ जनवरी सन् २००३) हिन्दी भाषाको कवि तथा लेखक थिए । हिन्दी कविताको उत्तर छायावाद कालको प्रमुख कवि थिए उनी । उनको सबैभन्दा प्रशिद्ध कृति मधुशाला हो । भारतीय फिल्म उद्योगको प्रख्यात अभिनेता अमिताभ बच्चन उनका छोरा हुन् । आजको विवेक क्याप्सलमा उनका कवितांशका भिटामिन जस्तै कविता प्रस्तुत गरेका छौँ ।

कहिल्यै फूल जस्तै नजिउनु
जुन दिन फुल्छौ ,टुट्न पर्दछ
जिउन छ भने पत्थर जस्तै भएर जिउनु
कुनै दिन ईश्वर बन्न सक्छौ ।

लड्नु सुन्दर कुरा हो, औकात थाहा हुन्छ
हात थाप्न आउनेहरूबाट, आफ्नो को हो ? थाहा हुन्छ
जसलाई रिस उठ्छ, उहीँ सच्चा हुन्छन्
मैले छलीलाई अक्सर मुस्कुराएको देखेको छु
सिक्न थालेछु अचेल मान्छेलाई पढ्ने प्रतिभा
सुनेको छु, मान्छेको मुहारमा किताबमा भन्दा बढी भाव लेखिएको हुन्छ ।

चाहे जति नै तिमी प्याला पिउ
चाहे जति नै बन मदमत्त
अन्तिम भेद बताउँछु सुन
शान्त हुँदैन ज्वाला
म मधुशालाको मधुबाला

घृणाको असर हेर
जनावर विभाजित भयो
गाई हिन्दुको, बाख्रा मुसलमानको भयो
मन्दिरमा हिन्दु भेटिए, मस्जिदमा मुसलमान
साझमा जब भट्टीमा गएँ, तबमात्र भेटिए मानव

माटोमा बस्न मन पराउँछु प्रायः
किनभने मलाई मेरो औकात सुन्दर लाग्छ
मैले समुन्द्रबाट सिकेको छु जिउने कला
चुपचाप बस्नु छ र आनन्दमा रमाउनु छ
जे बितेर गयो सो गयो
जीवन एउटा तारा थियो
थाहा छ, त्यो प्यारो थियो
त्यो डुबिसक्यो डुब्न देऊ

अम्बरको मुहारलाई हेर
कति यसको तारा झर्‍यो
कयौं यसको प्रेम टुट्यो
जो टुटेर गए, फेरि कहाँ पाइन्छ
र ?

हेर कहिलेआकाशले
शोक मनाउँछ र ?
जे भयो सो भयो

प्रतिक्रिया

सम्बन्धित खवर