
काभ्रेपलान्चोक जिल्ला कोशिपारी क्षेत्र भुम्लु गाउँपालिकास्थित मुलर्खक भिमसेन मन्दिर काभ्रेको कोशिपारी क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको छ। भुम्लु गाउँपालिकाको सापिङ मुलखर्क भिमसिन मन्दिर सत्ययुग देखि नै रहेको विश्वास गरिन्छ ।
२०६२ सालदेखि भिमसिन थान मन्दिरको पुजारी पदम पन्त छन् । अहिले पुजारी पन्त ७९ बर्षका भए। अहिले यहाँ टाढा टाढाको भक्तजनहरू आउने गर्छन् । साथै यहाँ आफुले भनेको र आटेको काम पुग्छ भनी मान्छेहरू पुजा दर्शन गर्न आउने गर्छन् । यहाँ दशैमा नौ रथ लागेपछि पुजा सुरु हुन्छ दशैँको फुलपातिमा पनि ठूलो जात्रा लाग्ने गर्छ। एकादशीमा पनि जात्रा लाग्ने नै गर्छ।
मुल्खर्क भिमसिन कसरी उत्पत्ति भयो भन्ने विषयमा उनै पुजारी पन्तले यसरी सुनाए । उनकै भाषामा हेर्नुस्
त्यतिबेला सडक मोटर केही थिएन। भोट बाट भेडा च्याङ्ग्रा काठमाडौँ लानको लागि भुम्लुको चौबास सापिङ हुँदै दोलालघाट भएर लानुपर्थ्यो । एकदिन मानिसहरूले भेडा च्याङ्ग्रा लाने क्रममा सापिङको मुलखर्क भन्ने ठाउँमै बास बस्नु पर्यो रे उ बेलामा बजार पसल पाइदैन थियो रे मकैको पिठो गुद्रुक पकाउने भाडा आफैँले बोकेर हिड्नु पर्थ्यो।
उनीहरू काठमाडौँ जादा जाँदै मुलखर्कमै रात परेपछि बास बसे । अनि ढिडो पकाउनको लागि ढुङ्गाको तिनचुम्का लगाए रे ताप्केमा ढिडो पकाउनको लागि पानी बसाले, तर तीन बहानसम्म पानी बसाल्दा पनि ताप्केको पानी घोप्टेको घोप्टेइ गर्यो भनिन्छ । त्यसपछि रिसले पटुकामा भिरेको खुकुरी निकालेर तिनै चुलो बनाएको ढुङ्गामा हाने रे ! त्यसपछि ढुङ्गामा चोट लागि रगत बग्यो रे । त्यो चोट अहिले पनि भिमसिनको सिलामा देख्न सकिन्छ। हतपत ती मानिसले आफ्नो फोटुका फुकाली रगत थुनिदिए भन्ने किवंदन्ती पाइन्छ ।
त्यसपछि ती मानिसको आँखा बन्द भयो रे । “म त भिमसिन हुँ मलाई खुकुरीले हानिस् भनेको उनको कानमा आवाज आयो रे !” फेरि झ्ल्यास ब्युझिँदा उनले कही कोही र केही देखेनन् रे। भेडा च्याङ्ग्रा सबै बेपत्ता भयो रे। फेरि आँखामा निन्द्रा लागे जस्तो भयो रे र फेरि कानमा अर्को आवाज सुनियो रे । “म भिमसिन हुँ मलार्इ पञ्च चिजको बलि दिन्छौ भनेदेखि जस्ताको जस्तो हुन्छ। त्यसपछि ती मानिसले ल दिन्छु भनेर तीन बाचा गरे रे ।”
राँगो, बोको, हास, परेवा र कुखुरा बलि दिन्छु भनेर भाकाल गरेरेपछि आँखा खुल्यो रे गाउँमा गएर ती पाच चिजको बलि दिएपछि फेरि आँखा बन्द भयो रे । झल्यास्स ब्यूझदा जस्ताको तस्तै भयो रे । लौ अब सत्यका भिमसिन रहेछ्न भनेर पुजा गर्न र मान्न थालियो रे । त्यसपछि भुम्लुको तामाङ समुदायको मानिसहरू आएर अब लगेर हाम्रो ठाउँमा राख्छौ भनेर २०/३० जनाले उक्त ढुङ्गा उचाले रे । तर, त्यो शिला त्यहिँबाट उठाउनै नसकेपछि लौ भिमसिन तपाईं यहीँ बस्नु भनेर सबैले पुजा गर्न लाग्नु भयो रे ।
२००१ सालमा आफ्नो जन्म भएको र २००१ सालमा त्यहाँ मन्दिर रहेको र आफू जन्मिदा अगाडि पनि आफ्नो बुबा आमाले मानिआएको हो। ५ भिमसिनहमा दोलाखाको जेठो भुम्लु सापिङ मुलखर्कको माइलो गौरतिको साइलो र अरु काठमाडौँमा बसेका छ्न् भनी बिश्वास गरिन्छ।
प्रतिक्रिया
-
४
-
१०