सुर्खेत–धनिगाड सडक खण्ड मर्मत हुन नसक्दा यात्रुले सास्ती खेप्दै आएका छन् । सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिकासँगै बराहताल गाउँपालिकाको सडकखण्ड मर्मत हुन नसक्दा स्थानीय र पैदल यात्रुले कठिन यात्रा गर्न बाध्य छन् । २०६९ सालतिर सुरुवात भएको सडक १० बर्षसम्म मर्मत हुन नसकेको स्थानीयको गुनासो छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको सदरमुकाम जाने मुख्य सडक खण्डको मर्मतमा स्थानीय सरकारले पाँच बर्षे कार्यकालमा पनि नबनाएको स्थानीयले गुनासो गरे ।

भोट माग्दा कालोपत्रे हुन्छ भन्दै आश देखाए पनि काम नगरेको र अर्को नयाँ प्रतिनिधिले त्यहीँ आशा बाढेर चुनाव जिते तर अहिले पनि कालोपत्रे त परै जावस् मर्मतसमेत पनि हुन नसकेको स्थानीय मनोज पुलामी मगरले बताए ।

सडक बिरेन्द्रनगर नगरपालिका वडा न.१० बाट शुरू भई बराहताल वडा न ९ को फिनिकाडा बजारसँग जोडिन्छ साथै कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको सदरमुकाम जाने मुख्य सडक पनि यही रहेको उनको भनाइ छ ।

हिलाम्य सडक खाल्डोमा बर्षाको समयमा त स्थानीयहरू पैदल हिड्नसम्म नसक्ने अवस्था भएको स्थानीयहरूको गुनासो छ। बाटो मर्मत हुन नसक्दा सुर्खेतको छेडाबाट फिनिकाडा हुँदै धनिगाडसम्म कठिन यात्रा गर्न बाध्य भएको स्थानीयहरू बताउछ्न्।

बिगत दुई तीन बर्ष अगाडि यहाँ दुर्घटना सडकैको कारणले भयो र घटना स्थलमै मृत्यु भयो सानो तिनो घटना भने भैराखेको छ स्थानीय मगर बताउछ्न्। बागखोर लेखगाँउ र बयलकाँडा सुर्खेतको बिरेन्द्रनगर वडा न. १४ र बरहताल ९ र वडा न. १० मा जोडिएको सडक खण्डमा जोखिम मोलेर यात्रा गरिरहेका छन् ।

उनले भने, “यो बाटोबाट एम्बुलेन्स पनि सहजै जान नसक्ने भएको छ । आजभन्दा अगाडि बाटो कालोपत्रे हुन्छ भनेर पुरानो स्थानीय सरकार जनप्रतिनिधिहरूले ५ बर्ष आँखामा छारो हाले तर आजसम्म केही मर्मत छैन । यति सडक मर्मत गरी कालोपत्रे गरिदिए हुन्थ्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर