चितवनको इच्छाकामना गाउँपालिका वडा नं.५ को वडा अध्यक्ष तेज बहादुर शेरचन तलब भत्ताबाट जनताको बीमा गर्ने बताएका छन् । निर्वाचनमा विजयी भएपश्चात उनले प्रतिबद्धता जनाएअनुसार काम गरिरहेका जिकिर गरे ।

उनले भनेका थिए, “म विभाजन गर्न खोज्नेमा होईन तर एकता गर्नमा सधै लागि पर्नेछु। म काङ्ग्रेस, माओवादी, हलो, तथा एमाले पार्टीको मान्छे भन्दिन, म केवल इच्छाकामना वडा वासीको रूपमा हेर्नेछु।” सोही बमोजिम उनी आफैँ जनताको सेवामा खटिएको बताउँछन् ।

हालै मुग्लिङ खानेपानी ट्याङकिको सबै काम सम्पन्न गरि अब पानीको अभाव कहिल्यै नहुने साथै २४ घण्टा नै मुग्लिङबासीलाई पानी खुवाउन सफल हुने बताए ।

साथै शरचनले आफ्नो तलब भत्ताबाट वडाका दुःखी र अति विपन्न जनताको स्वास्थ बीमा गरिदिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर