सउल – दक्षिण कोरियामा चाइनिज नया वर्षको अवसर पारेर सुम्निमा पारुहाङ साहित्य साँझ सम्पन्न भएको छ । शनिवार किरात राई यायोख्खा कोरियाको साहित्य विभागले दोङदेमुन स्थित एक हलमा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा झण्डै तीन दर्जन बढी कविता गजल र मुक्तकहरू सुनिए । कविहरू पराजित पोमु, सुनिल दिप्त राई, सुष्मा रानाहँमा, विष्णु सन्यास, अजित उत्सव, जीवन खत्री, शकुन आँसु, मात्रीहाङ नेम्वाङ, बिनेश राई ‘मिन्जाई’, बलिन्द्र राई, लगायतले कविता सुनाए
तेस्तै हेयारी बोण्ड, आर एन अधिकारी, सञ्जय, दिपक स्पन्दन, टिएस राई, बिराज येक्तेन,अर्जुन लिम्बु, लगायतले गजल मुक्तकहरू सुनाएर वाह वाही पाए ।
कवि तथा समालोचक तथा याक्थुम चुम्लुङ लेखक संघका महासचिव, बलिन्द्र योङहाङ, अनेसास कोरियाका अध्यक्ष ह्यारी बोण्ड, नेपाली मुक्तक प्रतिष्ठान, कोरियाका अध्यक्ष आर एन अधिकारी, आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक बिसन राई, आयोजक संस्थाका संरक्षक तथा सल्लाहकार शेसहाङ राई, ध्यानबहादुर राई लगायतले शुभकामना मन्तव्य दिए ।
कार्यक्रममा नेपाली साहित्यको प्रवर्धन गरेको भन्दै कवि शकुन आँसु, कवि सुनिल दिप्त राई, कवि कथाकार दिलिप बान्तवा, पत्रकार तथा लेखक बाला थुलुङ, तथा समाजसेवी न्यूहाङ चाम्सलाई सम्मानपत्र सहित सम्मान समेत गरिएको थियो । तेस्तै कार्यक्रममा रचना वाचन गर्ने सबै स्रष्टाहरूलाई प्रशंसापत्र समेच बितरण गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा रहेका कवि तथा ईतर अभियानका अभियान्ता पराजित पोमुले वाचित कविता माथि टिप्पणी समेत गरे । उनले समयको बिगठन शिर्षकको कविता समेत वाचन गरे । आयोजक सुष्मा रानाहँमाले कार्यक्रमबारे बोल्दै जातिय संस्था भए पनि आम नेपालीहरूको संयुक्त कार्यक्रम भएको बताईन । झण्डै ३ घण्टा चलेको कार्यक्रमलाई कवि दिपा मेवाहाङराईले सञ्चालन गरेकी थिईन । कार्यक्रममा सभापति समेत रहेका किरात राई यायोख्खा दक्षिण कोरियाका अध्यक्ष पदम राईले अन्तिम सम्बोधन गर्दै कार्यक्रम अन्त्य गरेका थिए ।
प्रतिक्रिया
-
४