
थोमस स्टर्न्स एलियट (टि.एस.एलियट)को जन्म २६ सेप्टेम्बर सन् १८८८ मा भएको थियो । कवि, नाटककार, साहित्यिक आलोचक र सम्पादकको रूपमा आफूलाई परिचित बनाएकाले एलियटले आधुनिकता साहित्यिक आन्दोलनको श्रेय पनि बटुलेका थिए । उनले सन् १९४८ मा साहित्य नोबेल पुरस्कार पनि प्राप्त गरेका छन् । आजको विवेक क्याप्सुलमा उनै महान साहित्यकार टिएस एलियटको प्रेरक वाणीलाई प्रस्तुत गरेका छौँ ।
– केही सम्पादक असफल लेखक हुन्छन् तर प्रायः लेखक यस्तै छन् ।
– कुनै पनि कवि यदि पच्चिस वर्षभन्दा बढी बाँच्छ भने उसले आफूलाई परिवर्तन गरेर नयाँ साहित्यिक प्रभावको खोज गर्नु जरुरी हुन्छ । किनभने उसँग व्यक्त गर्नको लागि धेरै भावनाहरू हुनेछन् ।
– कविताले केवल समयको भाषालाई निखार्ने मात्र होइन तिव्र रूपमा भएको परिवर्तनलाई पनि रोक्न जरुरी छ ।
– कविले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको जति संभव हुन्छ कमभन्दा कम लेख्नु हो ।
– जसलाई हामीले सुरुवात भन्छौ वास्तवमा त्यो अन्त्य हो । एउटा अन्त्य प्राप्त गर्न सुरुवात जरुरी हुन्छ । अन्त्य त्यहाँ छ जहाँबाट हामीले सुरु गर्छौँ ।
– जीवन कहाँ छ यसलाई हामीले जिउनुमा हराइदिएका छौँ । ज्ञान कहाँ छ यसलाई हामीले ज्ञानमै गुमाएका छौँ र ज्ञानलाई हामीले सुचनामा बेपत्ता बनाइदिएका छौँ ।
– चिन्ता रचनात्मकता हातको युवती हो ।
– वास्तविक कविताले बुझ्नुभन्दा अगावै संवाद सुरु गर्दछ ।
– मानवजातिले अत्याधिक वास्तविकतालाई झेल्न सक्दैन ।
– अपरिपक्व कविले नक्कल गर्छ, परिपक्व कविले चोरी ।
– कविको व्यापार नयाँ भावनाहरूलाई खोज्नु होइन । साधारण भावनालाई उपयोग गरेर त्यसलाई काव्यिक रुपान्तरण गर्नु हो । त्यस्तो भावनालाई व्यक्त गर्नु जो असलमा सहि भावना नै नहोस् ।
प्रतिक्रिया
-
४