अमेरिका- कन्सास सिटी नेपाली समाज कन्सास अमेरिकाको अधिवेशन सम्पन्न भएको छ । गत शनिबार अमेरिकाको ओभरल्याण्ड पार्क कन्सासमा एक समारोह बिच कुमार गौरवको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो । सोही दिन सन् २०२५-२०२७ का लागि निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रम समेत भएको छ ।

कन्सास सिटी नेपाली समाजले आयोजना गरेको दशैं विषेश कार्यक्रममा घोषणा भएको नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष शंकर पौडेल,महासचिव अनिल थापा,सचिव सञ्जिव पाठक, कोषाध्यक्ष विनिता अधिकारी चयन भएका छन् । तेस्तै सदस्यहरुमा क्रमश सिर्जना उप्रेती, रिना श्रेष्ठ, मकेश्वर राय, दिपा विष्ट र लालवावु ठाकुर रहेका छन्।

कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य एवम् गायनको प्रस्तुतीसँगै, शेर्पा,तामाङ,मगर, गुरुङ,राई,लिम्बु, थारु, मिथिला र क्षेत्री लगाएत विभिन्न नेपाली समूदायको र्याम्प वाक समेत प्रस्तुत गरीएको थियो ।

निवर्तमान अक्ष्यक्ष कुवेर दाहालले नेपाली समाजलाई सहयोग गर्ने सम्पुर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ कार्यसमितिलाई बधाई सहित कार्यकाल सफलताकोशुभकामना व्यक्त गर्नु भएको थियो ।
विगत छ वर्षदेखि नेपाली समाजका विभिन्न पदमा रही सेवा गर्दै आउनु भएका पेशाले कम्प्युटर ईन्जीनिएर नव निर्वाचित कुमार गौरवले आगामी दिनमा पनि नेपाली समाजलाई सबै नेपालीको साथ सहयोगको अपेक्षा गरेको बताउदै नेपाली समाजलाई सहयोग गर्ने सम्पुर्ण व्यक्तित्व एवं निवर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो ।

हेरक वर्ष नेपाली समाजले दशैंको अवसर पारेर गर्दै अएको दशैं विशेष कार्य्रक्रममा यस वर्ष करिव ४०० नेपाली परिवारले सहभागिता जनाउनुको साथै विजयादशमीको शुभकामना समेत आदान प्रदान गरेका थिए भने कार्यक्रम सञ्चालन नेपाली समाजका दोस्रो पुस्ताबाट परिशा चालिसे र सेजल अधिकारीले गर्नु भएको थियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर