✍️ कल्पना तामाङ

खुसीका फूलहरु फूल्नु अगाडि
सुन्दर वसन्त मुस्कुराउन थाल्छ
जसरी मुस्काइ रहन्छौ
मेरो समीप हुँदा तिमी

तिम्रा सुन्दर ओठहरूले बोलेका
हर शब्द कविता बनी रहेको देख्छु म
जव मसँग प्रेमील बात गरी रहन्छौ तिमी

निलो आकाशमा माथि माथि धेरै माथि
जव एउटा पंक्षीले उडान भर्छ
उसलाई आफ्नो पखेटा माथि
असङ्ख्य, अनमोल र अटल विश्वास हुन्छ
जस्तो विश्वास मलाई छ तिमी माथि ।

एउटा अजङ्गको पहाडी शिला
त्यसै शानले उभिएको छैन
उसलाई भरोसा छ आफूले
प्रेमले टेकेको माटो माथि
जस्तो भरोसा मैले तिमीलाई गरेको छु ।

प्रिय मान्छे !
यो अनमोल विश्वास र
भरोसाको पर्याय के हो ?
थाहा छ तिमीलाइ ?
जसको नाम प्रेमले लेखेको छु
मैले मेरो ह्रदयमा
त्यो तिमी हौ मात्र तिमी !

प्रतिक्रिया

सम्बन्धित खवर