– सुरेशकुमार पाण्डे

“नमस्ते हजुर ! “- भीमले दुबै हात जोडरे भन्यो।
रूममा केही युवाहरू बसेका थिए।
“भन्नुहोस् कसलाई खोज्नु भयो ? “-बसेका युवाहरू मध्ये एउटाले भन्यो ।

“सर हजुरहरूले “सबै समस्याको समाधान् ” बोर्ड राखेको देखेर आएको हुँ। गाउँमा पनि यस्तो निशुल्क सेवा सुरू गरेकोमा म प्रभावित भए।”- भीमले प्रसंसा गर्दै भन्यो। “हजुर सर ! मेरो नाम दिनेश हो, भन्नुहोस् हजुरलाई के समस्या पर्यो ? “- त्यो युवाले भन्यो।

“तल सोतामा गाडी फसेको छ हजुरहरूको सहयोग पाए निस्किन्छ। धेरैबेरसम्म कुनै मानिस आइहाल्छ की भनेर बसिरहें कोही पनि आएन र यो गाउँमा हजुरहरूको बोर्ड देखेर आएको।”- भीमले आफ्नो समस्या बतायो।

“हजुर हामीले सबै परिआएका काम गर्छौँ । रोजगारका लागि अरू विदेशमा जान्छन् तर हामीले गाउँमै हेल्प धन्दा खोलेका छौँ।”- उक्त दिनेशले भन्यो ।
“हजुर एकदम राम्रो “- भीमले खुसी हुँदै भन्यो। त्यहाँ बसेका पाँच जना मध्ये तीनजना त्यो गाडी फसेको तिर गए। गाडी एउटा पैँया खाल्टोमा परेको रहेछ । तर पनि त्यसलाई उनीहरूले आरामसँग निकाले ।
“धेरै धेरै धन्यवाद !” भीमले भन्यो।
“यी लिनुहोस् ” दिनेशले एउटा चार्ट पेपर भीमको हातमा थमायो ।

(१) मुर्दाघाट पुराएको पाँच हजार,
(२)बिवाहमा जाँदाको दश हजार बाजा सहित
(३) एक दिनमा दाउरा घाँस दुईजनाको दुए हजार

कसैलाई बजार छाड्ने र ल्याउने पनि हजार आदि लेखेको थियो, कार टेक्टर बिचमा । कुनै गाडी फस्यो भने त्यो सामन्य फसेको निकाल्दा रू एक हजार रु. १०००/- हामीसँग मानव परिश्रम बाहेक कुनै औजार छैन। औजार मगाउन परे आफै व्यवस्था गर्नुपर्छ।”
बिभिन्न कामका बिभिन्न रेटहरू लेखिएको थियो।”- भीमले चुपचाप एक हजार निकालेर आयो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर