-सुदिप देवकोटा

गजल १ ,

म सोचिरहेछु, तिम्रो र मेरो समानता के हो?
यदि जीवन भ्रम हो भने वास्तविकता के हो?

दोधारमा अल्झिएको मन, आफैँमा एक उत्तर हो
तर त्यो उत्तर भित्र लुकेको प्रश्नको सत्यता के हो ?

तिम्रो मौनतामा पनि हजारौँ शब्दहरू सुनिरहन्छु म
सम्बन्धको दियोमा तेल मात्रै थप्नुको विवशता के हो?

तिम्रा यादमा बग्ने आँशुले पनि सोध्छ मलाई
यो निरन्तरताको प्रतीक्षाको अन्त्यता के हो?

गजल २,
मन स्थिर हुनैै पाएन बनाइछाडे फुटबल जस्तो
तिमीलेनै पत्थर बनायौ, म थिएँ मखमल जस्तो

तिमी आउनु अनि जानु पलपल सम्झिरहन्छु
जसरी क्षती पुर्याउन आउँछ खहरेको भल जस्तो

जीवन खोज्दा भेटिन्न अनुभव मात्र भेटिन्छ
जस्तो कि मुसल अर्कैको आफू ओखल जस्तो

म सपनालाई लक्ष्यमा बदल्न हिडेको मान्छे हुँ
नियतीले बजाईरहन्छ, म दोबाटोको मादल जस्तो

***

प्रतिक्रिया

सम्बन्धित खवर