– सञ्जीव राई

भनेँ त,
मुठ्ठीमा नुन बोकि हिँड्दिन म
कि छर्किदिऊँ तिम्रा पछुतोहरुमा

घोँची घोँची तिमीप्रतिको समर्पणको सियोले
आकाशजतिकै विशाल प्वाल पारिसकेकी छु आफ्नै मुटू
तिम्रा एक दुई घातहरू त यसै बिलाइजान्छन् प्रिय
प्रेमको यो ब्ल्याकहोलमा

भन्दैछु
तिम्रा पछुतोहरुमा छर्किन भनि
मुठ्ठीमा नुन बोकि हिँड्दिन म
दर्द सहन गर्न कस्सेको यो मुठ्ठीमा त
ऐ निर्दयी !
बन्द छन् केवल तिम्रै यादहरू ।

***

प्रतिक्रिया

सम्बन्धित खवर