
काठमाण्डौ – कवि तथा गीतकार कमला न्यौपानेको नया गीत धुवाँ धुवाँ युट्युव मार्फत सार्वजनिक भएको छ । कमला न्यौपानेको शब्द रहेको यस गीतमा स्वरुपराज आचार्यको स्वर र यडिन गजमेरको संगीत रहेको छ ।
गत शनिबार अनेसास क्यान्सस च्याप्टर मार्फत एक प्रिमिएर कार्यक्रम गरि तरङ् द वेभ क्रियसन नामक च्यानलमा अपलोड भएको गीतमा प्राञ्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफि र निर्देशन रहेको गीतलाई प्रकाश न्यौपानेले निर्माण गरेका हुन् ।
गीतकार कमला न्यौपानेको यसअघि १ दर्जन बढी गीत रेकर्ड भैसकेका छन् । उनको चर्चित कविता सङ्ग्रह जङ्गलको यात्रा नेपाली र अङ्रगेजीमा समेत प्रकाशन भैसकेका छन् ।
प्रस्तुत गीतको शब्द :
धुँवा धुँवा बनी उडेछ, जीवन त्यसै जली सकेछ
बादल फाटि पानी परेन, मनको तुवालोंमा घाम लागेन
उ टाढा धेरै टाढा, केही भन्नै सक्दिन म
आशा थियो मनमा उनको, कुनै सन्देश आएन
आँसु मात्र बांकी रह्यो, खुसी सबै पराई भयो
बादल फाटी पानी परेन, मनको तुवालोंमा घाम लागेन
दिउँ कसलाई दोष यहाँ, आफै भित्र भित्रै रोए
ईच्छा मनको चाहाना सबै, थाहै नपाई लुकी गए
अन्धकारले घेरिदिन्छ, केही पनि देख्दिन म
बादल फाटी पानी परेन, मनको तुवालोंमा घाम लागेन
***
धुवाँ धुवाँ गीतको भिडियो लिङ्क
https://youtu.be/t82ChZ5Uqw
प्रतिक्रिया
-
४