दक्षिण कोरिया सउल – सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन हुन लागेको चलचित्र जारी कोरियामा पनि तत्काल प्रर्दशन हुने भएको हो । यहाँ अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लाग्ने भएको छ । त्यसपछि थेगु, बुुसान लगायत सहरमा पनि प्रदर्शन गर्ने तयारी आयोजक टिमको रहेको जनाईएको छ ।

रामबाबु गुरुङद्वारा निर्मित तथा उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र जारीमा कथा लेखन निर्देशक सुब्बाकै रहेको छ ।  चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा लगायतका कलाकारहरूको जोडदार अभिनय रहेको छ । यो चलचित्र कोरिया प्रद्रर्शनका लागि सेतोमाटो मिडिया पार्टनर रहेको छ ।

चलचित्र जारीको कोरिया ब्यानर

दक्षिण कोरियामा ई कोरिया इन्टरटेन्मेन्टको आयोजनामा  पहिलो शो नेपालीहरुलाई पायक पर्ने स्थान सउल दोङ्देमुनको नजिकै प्रदर्शन हुदैछ । चलचित्र हेर्न तलको ठेगाना अनुसार सहज हुनेछ वा अनलाईन बुकिङ गर्न तलका नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ ।

सउल शोको बारेमा :
चलचित्र हेर्न जाने ठाउँ  जाने तरिका : ट्रेन लाईन २,४,५ को दोङदेमुन यक्सा मुन्ह्वा स्टेशन झर्ने अथवा ट्रेन १, ४ दोङदेमुन स्टेशन झरेर उक्त स्थानबाट हिँडेर ५ मिनेट (DOOTA Mall को पछाडि)

समय – 2:00 PM | 23 तारिक  APRIL, 2023

उत्तम खजुम 01057094218
दिपा मेवाहाङ 01082008985
मात्रिका नेम्बाङ 010-96066553
खोम गुरुङ 010-7287-8366

प्रतिक्रिया

सम्बन्धित खवर