सउल – कोरियाली नयाँ वर्ष सलनालको अवसरमा शनिबार राजु राईद्वारा लिखित कृति ‘सपनाको देश कोरियामा’ र ‘सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको स्मारिका – २०२३ बिमोचन’ भएको छ ।

दोङदेमुन स्थित नेपाली थाई भोजनालयको सभा हलमा संस्थाको बार्षिक साधारण सभा, संस्थाको २० औं स्थापना दिवसको अवसरमा उक्त दुई पुस्तक एकसाथ विमोचन भएको हो ।

पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईको प्रमुख अतिथ्यातामा बिशिष्ट अतिथि तथा वक्ता पराजित पोमु र जीवन खत्रीले उक्त कृति संयुक्त रूपमा बिमोचन गरेका हुन् ।

कृति सपनाको देश कोरियामाथि बोल्दै कवि तथा पत्रकार जीवन खत्रीले कृतिले आम नेपाली युवा कसरी कोरिया आईपुग्छन् ?, उनीहरूको अवस्थामा कसरी फेरबदल हुन्छ ? के कति पाउँछन् र के कति गुमाउँछन् भन्ने कुरा पुस्तकमा सरल ढङ्गले उल्लेख गरेको बताए । कृतिमा केही सम्पादनका कुराहरूमा कमजोरी देखिए पनि काम गर्दै अक्षरको खेती गर्नु बिशेष कुरा भएको बताए । उनले कृतिकार राजु राईलाई बधाई समेत दिए ।

त्यस्तै, अर्का वक्ता पराजित पोमुले कृति कुन विधा हो भनेर छुट्याउन मुश्किल रहेको बताए । सम्पादनका कुराहरूमा कमजोरी भए पनि राजु राईको सतप्रयासलाई धन्यवाद दिदैँ आगामी दिनमा सुधारिएको कृति अपेक्षा गरेको बताए ।

स्मारिकामा सोलुखुम्बुबाट मात्र नभई नेपाली भाषामा साहित्य सृजना गर्ने देश विदेशमा रहेका स्रष्टाहरूको रचना समेत समावेश गरिएको छ । सोलुखुम्बुको परिचय, कोरियाबाट संस्थाले गरेका कार्यहरूको विवरण समेत उल्लेख गरिएको छ ।

स्मारिका पुस्तकमा संस्थाको सुरुवाती चरणदेखि अहिलेसम्मका संस्थाले गर्दैआएका सामाजिक गतिबिधिहरू समेटिको छ। साथै, सोलुखुम्बुजिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ सोलुखुम्बु जिल्ला भित्रका १ नगरपालिका र ७ गाँउपालिकामा रहेका धार्मिक, साँस्कृतिक ऐतिहासिक स्थलको लेख तथा रचनाहरूलाई समेत समेटिएको संस्थाको अध्यक्ष राजु राईले बताए ।

संस्थाले साधारण सभाबाट कोषको विवरण सार्वजनिक गर्नुका साथै केही दिनमा नया कार्यसमिति निर्माण गर्ने समेत बताएको छ । समाजको वार्षिक साधारणसभामा कोषाध्यक्ष प्रविन राईले आर्थिक प्रतीवेदन प्रस्तुत गरेका थिए भने सचिव वसन्त नाछिरिङ्ले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

त्यसैगरी विधान संशोधन समितिका संयोजक युगेल तेन्डुप शेर्पाले वार्षिक साधारण सभामा संसोधित विधान प्रस्तुत गर्दै संसोधित विधानका दफा, उपदफा माथि प्रष्ट पार्दै बहुमतले संसोधित विधानलाई अनुमोदन गरेको थियो ।

बिमोचनमा बिशिष्ट अतिथि नेपाली राजदुतावासका तृतीय सचिव संगम खत्री , जनजाति महासंघका का.बा.अध्यक्ष बिसन राई तथा अतिथिहरू संस्थाका सल्लाहकार युगेल तेन्डुप शेर्पा, सुनिल दिप्त राई, खोटाङ सेवा समाजका, ताप्लेजुङ सम्पर्क समिती, प्रतिनिधि सथै किरात याक्थुम चुम्लुङका अध्यक्ष दिर्ज काङभा लिम्बु कि. रा.या.का अध्यक्ष पदम राई थारु कल्याणकारी, शिव शंकर महतो तामाङ घेदुङका अध्यक्ष रवि लामा, शेर्पा संघ उपाध्यक्ष पेमलक्की शेर्पा, कवि सुष्मा रानाहमा, दिपा मेवाहाङले लगायतको उपस्थिति र मन्तव्य रहेको थियो ।

नेपाली राजदुतावासका तृतीय सचीव संगम खत्री ,संस्थाका सल्लाहकार युगेल तेन्डुप शेर्पा , आङपासाङ शेर्पा ,सुनिल दिप्त राई, विशन राई साथै गेल्छिरी शेर्पा र बसन्त नाछिरिङ लाई संस्थाले सम्मान गरेको थियो । बार्षिक साधारण सभाले सरिता राई सह कोषाध्यक्ष , कबिन क्षेत्री कड्का सह सचीव ,बलकुमार मगर ,बिकास थापा मगर लाई , र दिनेश फोनेबुलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर