
काठमाण्डौ – ज्योति साहित्य प्रतिष्ठानको १८४औँ शृङ्खलामा कवि मीना श्रेष्ठको कवितासङ्ग्रह “फर्गेट एस्टर्डे”को परिचर्चा गरियो । शनिबार प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारले पुस्तक माथि परिचर्चा गरे । नयाँ बानेश्वरस्थित टेरेस क्याफेमा भएको कार्यक्रमको सभापतित्व ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले गरेका थिए ।
पुस्तमाथि चर्चा गर्दै दिवसले भने, -‘मैले यस अघि नचिनेको र नपढेको कवि मीना श्रेष्ठको यो पुस्तक पढ्दा मनले तान्यो र मैले कविताहरू ध्यान दिएर हेरेँ । शब्दहरूमा भाव छ, बिम्बहरूको प्रयोग भएको छ र आफ्नै अनुभूतिहरू व्यक्त भएको पाएँ भन्नू हुँदै कवि तुलसी दिवसले मीना राम्रो कवि हुन् ।’
कवि शैलेन्द्र साकारले भने -‘मैले पनि मीनालाई पहिलो पटक पढेँ । कवितामा कवित्व भएकोले मीना राम्रो सम्भावना भएकी शक्तिशाली कवि हुन् ।’
कवि सुधा मिश्र, उषा के. सी र असीम सागरले उक्त सङ्ग्रहबाट १/१ वटा कविता वाचन गरे । कार्यक्रममा कवि मीना श्रेष्ठले २ वटा कविताहरू वाचन गरेर सबैलाई सुननईन । उनले तुलसी दिवस, शैलेन्द्र साकार र सभापति सिंहप्रति उक्त कार्यक्रमको लागि धन्यवाद ज्ञापन गरिन ।
कार्यक्रममा पत्रकार स्रष्टा तुलसीहरी कोइराला, निरूपा प्रसून, ममता म्रुदुल, रमेशचन्द्रअधिकारी, विष्णु भण्डारी आचार्य, अम्बिका याम्फु अनमोल, भुवन भट्टराई, जगदिश अधिकारी, सन्तोष प्रधान चौधरी, जगदिश्वर थापा, दीपेन्द्र दोङ्ग तामाङ सुशील कृ. ब. श्रेष्ठ लगायतले भाग लिए ।
सभापति मणिराज सिंहले भाव र बिम्बहरूको उत्कृष्ट संयोजन भएकोले मीनालाई कवित्वको संसारमा हामीले स्वागतम् गर्नै पर्दछ भन्ने कुरा व्यक्त गरे ।
प्रतिक्रिया
-
४
-
१०