
रामेछाप – श्री बुद्ध भवानी मावि खाँडादेवी ६ माकादुम रामेछापममा ४ दिने विपद् जोखिम ब्यवस्थापन तथा योजना निर्माण तालिम सम्पन्न भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाईको आयोजना तथा एडिबी जेभीको सहयोगमा उक्त तालिम गत बुधबारदेखि विद्दालयमा सुरु भएको भएको थियो ।
विपद् उत्थानशिल विद्दालय आयोजना (डिआरएसपी)ले वडा प्रतिनिधी, विद्दालय व्वस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक तथा विद्दार्थीहरूका लागि सञ्चालित उक्त चारदिने तलिममा बिपद्का जोमिखहरूलाई न्युनिकरण गर्न अवलम्वन गरिनुपर्ने बिभन्न उपायहरुको बारेमा भिडियो क्लिप्सहरूको माध्यमबाट चर्चा गरिएको थियो । भुकम्प, बाढि, पहिरो, चट्याङ र आगलागीजस्ता प्रकृतिक प्रकोपहरूबाट जोगिनको लागि गर्नुपर्ने र अपनाउनुपर्ने विभिन्न कार्य तथा उपायहरूका साथै प्रकोप पश्चात् उद्दारको समयमा लिईनु पर्ने सावधानी, उद्दार सामग्रीहरूको व्यस्थापन, उद्दारको प्राथमिकीकरणजस्ता कुराहरूमा प्राथमिकताका साथ प्रशिक्षण दिईएको थियो ।
बि.व्य.स. अध्यक्ष तेज बहादुर बोहोराको अध्यक्षता सञ्चालित उक्त प्रशिक्षण कार्यक्रममा, प्र.अ. रामचन्द्र खत्रीको सञ्चालन र डि.आर.एस.पी.प्रतिनिधि उत्सव बोगटीको प्रशिक्षणमा सञ्चालित उक्त तालिमबाट सुरेन्द्र के.सी. को संयोजकत्वमा ११ सदस्यीय बिद्यालय बिपद् जोखिम व्यवस्थापन मुख्य कार्यदल र अन्य ७ वटा ४-४ सदस्यीय जोखिम उद्दार, मनोपरामर्शजस्ता विभिन्न कार्यदलहरू गठन गर्दै सम्पन्न भएको थियो ।
प्रशिक्षण कार्यक्रममा विद्दालय व्यवस्थापन समितिमा सदस्यहरू, अभिभावकहरू, विद्दालयका शिक्षकहरू र केही विद्दार्थीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
-
४