
मोरङ्गका विमल सिटौला अङ्ग्रेजीमा स्नातकोत्तर गर्दै छन् । केही गीतहरू रेकर्डिङ गराइसकेका विमलले उपन्यास निर्दोष डेरावाल लिएर साहित्यिक फाँटमा उपस्थित भएका छन् । गएको हप्ता मात्र विमोचन भएको उनको यसै उपन्यासमा केन्द्रित भएर सेतोमाटोका लागि जनक कार्कीले गर्नुभएको पुस्तक वार्ता प्रस्तुत छः
उपन्यास लेख्नुपर्छ भन्ने किन लाग्दो रहेछ ?
उत्तर सामान्य छ, मानिसलाई सचेत बनाउन, मुद्दाहरू उठाउन । आजका दिनमा आइपुग्दा हरेक क्षेत्रमा रहेका तह र तप्काका मनिसहरूलाई गलत प्रवृत्तिबाट टाढा राख्न उपन्यास लेख्नुपर्छ भन्ने लाग्दो रहेछ । साथसाथै, आफ्नो धर्म, संस्कृति, भाषाको जगेर्ना छँदै छ ।
गएको हप्ता मात्र लोकार्पण भएको छ उपन्यास ‘निर्दोष डेरावाल’। प्रतिकृया के कस्तो हुँदै छ ?
सबैले हौसाउनुभएको छ । ‘कहिल्यै नखोतालिएको विषयवस्तु उपन्यासले उठान गरेको छ । लेखनशैलि परिपक्क छ । लेखनी रोचक र रसिक छ ।‘ सबैले यसै भनेको सुन्छु । तर, बृहतरूपमा प्रतिकृया आएपछि एउटा निचोड निक्लिएला नि । एकै हप्तामा प्रतिकृयाको मूल्याङ्कन कसरी गरूँ म ?
नेपालमा लेखिरहेका उपन्यास भन्दा के कुराको भिन्न स्वाद पाइन्छ उपन्यासमा ?
त्यस्तो धेरै भिन्नता त के नै होला र ? तर, समीक्षकहरूको मुखबाट भन्दा बौद्धिक चोरीको कुरा आजसम्म कुनै पनि विधाले उठाएको पाइएको छैन रे । यसमा मैले थप उजागर पार्नुभन्दा पनि अरु पक्षहरू त भोलि पाठकहरूले मूल्याङ्कन गर्नुहोला नि ।
यो उपन्यासको रचना गर्भ बताउन मिल्ला ?
अझै पनि म केन्द्रिय क्याम्पस कीर्तिपुरको एक अध्येता हुँ । विश्वविद्यालय धाइरहेको छु । जब म विश्वविद्यालबाट आजको दिनमा आए, यो दौरानमा मानिसलाई बदनाम गराउन आफ्नै साथी र गुरू लागेको देखेँ । सत्य कुरा नखोतालि असत्यको पोको बोकेर कुद्ने एक जमात देखेँ । प्रेम, धोका, घृणा, सहनशिलता, बद्नाम र बौद्धिक चोरीका कुराहरू आँखै अगाडि देखेँ ।
नम्बर पाउन लागि विद्यार्थीहरुले गरेको लोलोपोतो र एकाध शिक्षकले दिनका यन्त्रणा र धम्की देखेँ । विश्वविद्यालका शिक्षक र विद्यार्थीमा नेपाली भाषा र साहित्यको शुन्य पठन संस्कृति मौँलाएको देखेँ । सुरुताका म विश्वविद्यालयमा स्नाकोत्तर सकिनुपूर्व एक उपन्यास लेखिसक्ने लक्षण बोकेर हिँडेको विद्यार्थी, यस्तो विषय पाएपछि त के खोज्छस् कानो आँखो भयो ।
फलस्वरूप, मेरो विषयवस्तु बीचतिर मोडिन पुग्यो । तर, यो बद्नाम भन्दा अगाडि एउटा गर्भिलो प्रसङ्ग कोट्याउन उपयुक्त ठान्दछु ।
त्यो हो, हाम्रो पाठ्यक्रममा राखिएको हारुकि मुराकामीको नामी उपन्यास ‘ज्ञत्तडद्ध’ को एक अंश । जुनले मलाई लेख्न घचघच्चायो । ‘आइ एम ग्लेन्ड यु लाइक्ड इट’ भन्ने एक अंशकालाई मैले बिस चोटि भन्दा बढी पढिसके होला । आज पनि हेर्दै छु जनक जी । कस्तो रहस्यपुर्ण लाग्छ मलाई त्यो टेक्स्ट । त्यसमा पनि प्रकाशक, लेखक र सम्पादकका रस्साकस्सि पाउन सकिन्छ । धन्यवाद भन्नुपर्छ मैले पाठ्यक्रमविद्लाई र त्यो टेक्स्ट पढाउने गुरूलाई । आश्चर्य लाग्छ मलाई – पाठ्यक्रमविद्को आँखा आँखिर त्यही अंशमा नै कसरी पुग्यो होला !
उपन्यास लेख्नुभन्दा छपाउन गाह्रो हुन्छ भन्छन्, प्रकाशक खोज्न कस्तो संघर्ष गर्नुपर्यो ?
प्रश्नले आँत भिज्यो । धेरै धेरै धन्यवाद जनकजी । यो प्रश्नको उत्तर कताबाट सुरू गरूँ म ?
थाहा थिएन मलाई पहिला त जनकजी, अधिकांश प्रकाशकहरु त लेखकबाटै पैसा असुलेर प्रकाशन गर्न ताम्सिदा रहेछन् । यो कुरा मैले सुनैको थिए र त्यहि लेखिदिए उपन्यासमा पनि । तर जब उपन्यास लेखिसकेर बजारमा गएँ, यथार्थ त त्यहि पो रहेछ । पछि आफैँ पो चकित भएँ ।
हो जनकजी, अढाई वर्षअघि उपन्यास लेखिसकेर मैले बागबजार र पुतली सडक धाएकै हो । प्रकाशन गृहमा उपन्यासको पाण्डुलिपी पठाएकै हो । कोही प्रकाशक पनि मेरो पाण्डुलिपीप्रति आकर्षित भएनन त म गरूँ ? त्यसपछि मैले मध्यस्थकर्ता अर्थात दलाल खोज्नतिर लागेँ-चाँडो प्रकाशनका लागि । बाध्य भएर प्रकाशन गरिदिने भन्दै केही रकम पनि बुझाएँ तिनीहरुलाई । एक ठूलै गृहबाट निकाल्ने भनि मिती तोकियो । तीन चोटिसम्म मिती तोकियो तर मेरो कृती आएन । यता मेरो पढाई सकिन लग्यो तर पनि कृति निकालिएन । मलाई धरै धरै धोका र चोट भयो । र, विगत एक महिनापश्चात म पैरवी बुक हाउससँग ठोक्किन पुगेको हुँ ।
आँखिर किन निकालिएन मेरो कृति ? म यस प्रश्नको केन्द्रमा आजखपनि घोत्लिरहेको छु । र, उत्तर खोजिरहेको छु । तर, सबै उम्कन खोजिरहेछन् ।
यो समय विज्ञापनको हो ? के कस्तो प्रचारप्रसार गर्दै हुनुहुन्छ ?
एक लेखकले गर्नेजति विज्ञापन गरेको छु जनकजी । लेखकभन्दा यसमा प्रकाशन गृहको ठूलो हात हुन्छ । आत्मीय साथीहरूले र पत्रकार साथीहरूले मेरो लेखनी बुझेर धेरै सहयोग गर्नुभाछ । तर, जति विज्ञापन गरेपनि कृति असल छ भने कुनै न कुनै दिन चर्चा परिचर्चा पाउँला । कृति पढ्न लायक छैन भने रद्दीको टोकरीम जाला । कृतिको भविष्य विज्ञापनमा भन्दा गुणस्तरमा हुनुपर्छ भन्ने मलाई लाग्छ ।
निर्दोड डेरावालबाट एक अंश राख्न मिल्ला ?
विमोचन हुनुभन्दा अगाडि त विभिन्न साइटमा राख्न मिल्यो भने पुस्तक बजारमा आएपछि त राख्न नमिल्ने कुरै भएन नि जनकजी ।
नन्दीको आगमन एक अध्येताको कोठरी । निकै अटेसमटेस गरी सर–सामानको व्यवस्थापन । झ्याल मन्तिर पढ्दापढ्दै थुप्रिएका असरल्ल किताबका चाङ । आए झ्यालबाट अपरिचित मनुष्यको कर्णगोचर र दिग्दारी आवाज, नआए कुनै पुस्तकभित्रको कुनै परिभाषा वा उदाहरणसहितको स्मरण । त्यो पनि नभए कक्षाकोठाको अति मीठो र तीतो पल । त्यो पनि नभए सुरम्य कल्पना/परिकल्पना । कहिलेकाहीँ यसो पल्टिँदा कथाभित्र चुर्लुम्म डुबी पात्रहरुको द्वन्द्वमै फसाद । कथाकै सत्यवादी पीडित पात्रको पक्षमा उभिएर कैयन हप्तासम्म रजनीरमण गर्न पाउँदा उमङ्ग भएको भाव तर हरेक दिनजसो मनभित्र जतिखेर उही बादल । चिसो मौसममा घाम ताप्दाताप्दै एक्कासि आद्रित बनाइदिने भित्री डर ।
हो, मेरो सानो कोठाभित्र जतिखेरै आइरहने सधै“ एउटै ध्वनि थियो, जुन ध्वनिले मलाई गतिहीन पाथ्र्यो । गतिलाई गतिहीनतातिर धकेलिदिने गथ्र्यो । दृष्टिलाई क्षणभङ्गुर पारिदिने । बोली हराउथ्यो । कानचाहिँ तिख्खर बन्थे । कस्तो आवाज १ कहिलेकाहीँ अति कर्णगोचर, कहिलेकाहीँ अति दिक्दारिलो लाग्ने । कहिले यतिखेरै चाहिँ नसुन्न पाए हुन्थ्यो नि भनेजस्तै । कहिले उदास भएको बखत भने सुनिरहूँ लाग्ने । कतै हाँसो र कतै दिल जलाइदिने आगो ।
त्यसरी एकाबिहानै मानवमाथि मानवले थोरै पनि सोच–विचार नगरी गरेको शाब्दिक हमलाले मेरो यात्रालाई त्यस बिहान खलल पुर्याउँछ । फलस्वरूप हृदयभित्र भने एकैचोटि अनौठो र अविवेकी स्पर्शको गतिले मनभरि उत्कलिका जन्माएरै छाड्छ ।
‘ए १ बोतल, कागज, सिसी, फलामका टुक्रा !’
त्यो शनिबारको दिन गल्लीमा बिहानै एक्कासि आवाज टड्कारो सुनिन्छ । ती वस्तु हुनेहरुलाई वास्ता हुन्छ र उनीहरु चलायमान हुन्छन् । रातलाई रम्यक बनाउन रित्याइएका बोत्तलहरु एक–दुई रुपैयाँमा साट्छन् । ‘भैया, भैया’ भन्दै पर्खाउँछन्— छ दशक काटेका माहरु । उनीहरुलाई पो लोभ छिप्पिन्छ, उमेरभन्दा धेरै । तर सन्ततिको आमाद रफद भने उनीहरुलाई हेक्कै हुँदैन । बरु बोतललाई रस्साकस्सी गर्दै कौडीको भाउ उतार्न आफूलाई वाञ्छनीय ठान्छन् । यसो फर्किएर दश–बीस रुपैयाँ पोल्टामा कस्छन् र आफूलाई क्षणभङ्गुर आय–व्याय कलामा निपूण ठान्छन् ।
अर्कातिर नहुनेहरू आफ्नो कानमा तेल हालेर बस्छन् । फेरि कीर्तिपुरको डाँडामा अधिकांश विद्यार्थीबाहेक अरु को पो पर्न सक्लान् र नहुनेहरूमा ? हुन सक्छ उनीहरूले आफ्ना छिचोलिसकेका किताब–कापी अतिव स्नेहले च्यापेर आफूबाट छुट्याउन चाहँदैनन् । उनीहरुलाई पढेर छिचोलिआएका ती किताबको औधी माया लागेर आउँछ ।
आफू जहाँ गए पनि आफूसँगै लिएर जान चाहन्छन्— ती पुराना पुस्तकहरु र अघाएका कापीका पानाहरू । त्यसमा उनीहरुको वर्षभरिको मेहनतको पसिना टाँसिएको हुन सक्छ । र, त्यही नै उनीहरूको बुद्धिलाई तिखारिरहने धार पनि हुन सक्छ । अथवा उनीहरूले आफ्नो श्रीसम्पत्ति या जायजेथा त्यही ठानेका पनि हुन सक्छन् । त्यही भएर उनीहरुलाई झिँझो पनि पटक्कै लाग्दैन । नत्र मैले सुन्नुपथ्र्यो त्यो अध्येताको जनारण्यमा कोही शुरो भएर बोलेको । नत्र मैले कोहीलाई आजसम्म देख्नुपर्थ्यो ती कागजहरूलाई कौडीको भाउमा उतारेको ।
उल्फामा किन टाउको दुखाउँथे विद्यार्थीहरू ? न त उनीहरुलाई फुर्सद नै थियो । कोही आओस् कि कोही जाओस् । फेरि साँघुरा गल्लीहरुमा साध्य हुन्छ र, लेखाजोखा गरेर ?
अपवादमा एकाध सहरिया युवतीहरू खलल भयो भन्दै दुर्मेधा सम्झेर निर्वाद रुपमा दुर्वाद गर्न सुरु गर्थे । तर म भने त्यो बिहानै कुनै कथाभित्रको परिवेशमा चुर्लुम्म थिएँ । पहिलेपहिले मलाई ठूलो डेसिबलमा आवाज विस्फोट गरिदिए पनि छुँदैनजस्तो लाग्थ्यो । तर लागेर के गर्नु ? पछिल्लो समय म बारम्बार रोकिन्थे“, एक आवाजले । त्यो आवाजले म रल्ल पर्थें । त्यो आवाजमा तिलस्मी थियो र त म रोकिन्थे“ ।
सबै फुर्सदिलाहरू जाँगरिला हुँदैनन् । तर कुनै कमजोरीको फाइदा बटुल्न आफूलाई अल्छीमै सीमित राख्दैनरहेछन् ।
‘ए ! भैया, हल्ला नगर न । म पढिरहेको छु क्या !’
गजबै छ ! माथि बरन्डाबाट घरबेटीकी एक्ली छोरीको नवाफी कड्काइ सुन्छु । मलाई हाँसो उतार्न मन लाग्छ, चार पर्खालभित्रै । त्यसपछि त मलाई त्यो कथा थन्क्याएर केही लेखूँलेखूँ जस्तो लाग्छ । मलाई बोलूँबोलूँ हुन्छ, आवाजविहीनहरुको आवाज भएर । के राजधानीका गल्लीहरुमा व्यापार वर्जित छ ? त्यही पनि बिहानले उज्यालो पाइसकेपछि । सायद म बढी नै सोच्न थालेछु क्यारे । मलाई निकै घोचेछ । नत्र त त्यो विषयप्रति हरेक दिन मभित्र किन यतिविघ्न चासो हँ ? आफू आफै“लाई प्रश्न गर्छु ।
कुनै बिहान म मेरो लगातारको पठ्य गमनलाई थाती राखेर फुत्त बाहिर निस्कन बाध्य हुन्छु । तर मेरो हातमा रहेको पुस्तकका पाना औँलाले छोड्न भने मान्दैन । पुस्तक च्यापी फुत्त बाहिर निस्केर प्रथमतः कवाडीवाललाई हेर्छु । उसका आँखा माथि बरन्डातिर अल्झिएका छन् । उसलाई हेरेपछि यस्तो लाग्छ, कुनै पाकेको फल झर्ने तरखरमा छ र ऊ पर्खिरहेछ टिप्न । म बाहिर निस्किँदा माथिबाट कड्किने बोली स्थिर हुन्छ । तर एकोहोरो दृष्टि तलतिर अर्थात् हामीतिर परिरहन्छ ।
म मनमनै भन्छु, कस्तो अजिर बोली हँ !
कस्ती अचाडू स्त्री !
को के गर्दैछ, कोठाचोठामा बिचरा यो देशी कवाडीवालले कसरी थाहा पाओस् !र, ती राजकुमारीको राजसी भाषा उसले कसरी पो बुझोस् ? मेरो मथिङ्गल झनझनाउँछ । लु भो ! म आफै बर्बराउँदै बेखुस बन्छु । र, कवाडीवालको साथी बनिदिँदै र नजिकिँदै मुस्कुराउँछु । ऊ मलाई देख्नेबित्तिकै अनुहारभाव रातोपिरो बनाउँछ । मैले ठाने, ऊ डरायो मसँग ।
म पनि थोरै धन्मनाउँदै मनमनै भन्छु, ‘साथी हुन आएको हुँ म । तिम्रो आवाजको साथी क्या, हेपाइ सहन नसकेर ।’
कवाडीवाल लाल श्लेष्मालाई बाटैमा प्याच्च थुक्छ । र, आशावादी हुँदै माथिपट्टि नै मुण्टो सोझ्याउँछ ।
यस्तै कुराहरुले मेरो यात्रा पुनः गन्तव्यमुखी बन्न पुग्छ । फेरि दिल्लगीरुपी फोहोराले गदगद हुँदै आफ्नै कुञ्जमा फर्किन्छु म । र, पुस्तकतिर घोत्लिन्छु । म भित्र पसेसँगै कवाडीवाल मुण्टो बटारेर आफ्नो मौलिक आवाजलाई तोडमोड गरी भट्याउँछ—
‘बोत्तल, कागेज………कापी, किताब …………!’
‘हत्तेरिका !’ माथिबाटै षुरुष आवाज तरङ्गित हुन्छ ।
त्यसपछि त कुन्नि के भन्छ ऊ । कवाडीवाल लुरुलुरु अघि बढ्छ
र अलि पर पुगेपछि अक्षरशः फेरि उही उक्तिलाई दोहोर्याउँछ,
‘‘बोत्तल, कागेज………कापी, किताब …………!’’
म पढ्दापढ्दै अचानक रोकिएर सोच्न पुग्छु । सायद यतिखेर पनि घरबेटीकी छोरी भैया कहाँबाट कराउँदै छ भनेर चियाउन फुर्सदिली छे होला । अनि सुरिलो आवाजमा गीत गाउँदै गाजल लगाउन बुर्कुसी मार्दैै यसो भन्दै भित्र पस्दै होली— ‘फेरि भैया पनि !’ राजधानीमा कुनैकुनै घरधनीहरुका किशोरावस्थाका सन्तानहरु निर्धनप्रति किन यति सारो खनिन्छन् रु किन खरो उत्रिन्छन् ? खै माया ? खै मानवता ? केको अभाव हो यो रु किन यसरी निर्मम शाब्दिक वाण ? मैले हरेक दिनका ती दुर्वचनहरु पटकपटक सम्झिएँ— के राजधानीमा मानवता हराएकै हो ? सम्मान, इज्जत र प्रतिष्ठा बिलाउँदै गएको हो ?
राजधानीबाहिरका चाहिँ मानव हैनन् ? के कामका आधारमा बोल्ने शब्द फरक–फरक ? म पनि सोच्नुभन्दा बढी केही जान्दिनँ, सक्दिनँ पनि ।
कवाडीवाल होस् कि भाडावाल, घरअगाडि कुकुर त भुक्छ नै । तर भुकाइ र हैकम जहिल्यै किन निर्धनप्रति । राजधानीमा नयाँनौलो वा कुनै तल्लो कामको गरिखानेलाई किन यसरी बेस्कन आहत छ रु यो राजधानीको जन्मजात हेपाहा प्रवृत्ति हो कि आर्जित भइसकेको बानी ? मलाई साँच्चै छुट्याउन धौधौ पर्छ ।
घरबेटीकी छोरी कीर्तिपुरको डाँडाको निजी निवासमा विराजमान छे । बिहानको कलिलो घाममा जोसिएर पढ्न बसेकी । तर मलाई थाहा थियो, उसको ध्यान पढाइभन्दा अन्य कुराहरुमा गइरहेको छ । कहिलेकाहीँ म उसकै बारेमा फजुलरुपमा सोचेर दुःखी तुल्लिन्थे । र, मनैले भन्थे— हे भगवान् ! तिम्रो यो गति कहाँ पुगेर ठोक्किन्छ कुन्नि !
भाडावाल सबैलाई यो कुरो थाहा नहुन पनि सक्थ्यो, जुन उनको कठोर व्यवहारले दोस्रो व्याक्तिलाई रापिलो डाम बसाएको हुन्थ्यो । मेरो कुनै रैबारे थिएन तर उसको रैबारे सानी तर बिछट्टै बाठी थिई । मेरो पर्दा तानेर चियाउँदै ओहोरदोहोर गरिरहन्थी । म बसेको घरमा दशक काट्नेहरु र दश दिन काट्न नसकेर हिँड्नेहरु पनि थिए । धेरैजसो महिना चापन गरेर हिँड्नेहरु । म बसेयता तीन कोठाहरु खाली भए । आउने–जाने क्रम चलिरहन्थ्यो ।
घरबेटीकी पुत्री आफूलाई सधैँजसो सदाशय ठान्थी । उसको हिँडाइ डालीडाली फुरुक्क–फुरुक्क गर्दै हिँड्ने सानो जातको चरीजस्तै थियो ।
सबेरैदेखि नयाँ पहिरनले सुसज्जित हुन्थी ऊ । वास्नादार अत्तर छर्किन्थी । केशलाई तोडमोड गरेर अमिलो गुन्द्रुकजस्तो पारेकी थिई ।
सेतै थियो उसको बाहिरी छाला पनि । निख्खर सेती । उमेरले समग्रमा किशोरावस्थाको उतराद्र्धमा थिई ।
जो–कोहीलाई शब्द नबोली अल्झाउन सक्थी ऊ । जति सुन्दरी थिई, त्यत्तिकै कठोर पनि । त्यत्तिकै अनुपम थिई, जति मोनालिसाको तस्वीर विद्यमान छ । वरपर बस्ने युवा जमातले सजिलै अनुमान लगाउन सक्थे कि, किन पुरूषहरू कोठा सरिरहन्छन् यो घरतिर । तर म यो भन्नचाहिँ सक्दिनँ कि उनीहरु किन निस्किन बाध्य भइरहन्छन् ।
उसको घरमा भाडा लिएर बसेकै दिन ममाथि असामान्य तरिकाले हैकम जमाएकी थिई । सुन्दा विनम्र तर कठोर थिए उसका शब्द, ‘ट्वाइलेट र बाथरुम दिनैपिच्छे सफा गर ल !’
खै, कसको रिस पोखेकी थिई ममाथि । मैले पनि उसको अनुहारै नहेरी भन्दिएको थिएँ, ‘तपाईंको घर मेरो घरजस्तै हो । बसुन्जेल नराम्रो बन्न चाहन्नँ बहिनी ।’
त्यसपछि त धेरै दिनसम्म ऊ मसँग बोल्न पनि रुचाइन । बरु रिसाई पो ! पछिपछि चाहिँ एक्कासि मसँग बोल्न खोजौ लाझै गर्थी । तर मलाई उसको त्यो किसिमको व्यवहारले टाढाटाढा बनाउँथ्यो जुन व्यवहार ऊ कवाडीवाललाई हरेक बिहान देखाएरै छाड्थी ।
करिब महिनादिनपछि मात्र ऊ मसँग बोली । त्यो पनि तलको मुख्य ढोकामा देखादेख हुँदा । तथापि हरेक भेटमा ऊ मलाई आँखाले बोलाउँथी । तर म जतिखेरै कथाकै पात्रले तानिएको पाठक, जस्तो मनभित्र कुदिरहेको हुन्थ्यो त्यस्तै बाहिर ओकल्थें । मलाई लुकाउने कला थाहा नभएर पनि थियो सायद । साँच्चै भन्नुपर्दा म पुरूष भईकन कुनै स्त्री जातिप्रति त्यति चाख लगाउने बानीमा आफूलाई अभ्यस्त गरेको थिइनँ । सायद त्यही भएर पहिलो भेटमै घरबेटीकी छोरी रिसाएर हिँडी ।
कहिलेकाहीँ कुण्ठाले जडवत् भएर अति रातो गोलभेँडाजस्तै देखिन्थेँ म । कहिलेकाहीँ हदभन्दा बढी खुसी भएर सुगन्धित फूलजस्तो देखिन्थेँ त कहिलेकाहीँ बेमेल स्थिति आजित भएर अस्वाभाविक मनोदशामा छट्पटाइरहेको हुन्थेँ । कहिलेकाहीँ त अनुहारभरि अग्राख पलाएजस्तो हुन्थ्यो ।
उनले कहिलेकाहीँ मेरोजस्तै तलमाथि आउँदाजाँदा पुस्तक च्यापेर हिँड्थी । सुरुवातमा मलाई थाहा थिएन, ऊ किन त्यसरी मेरो अगाडि देखा परी ? यस्तै सिलसिलामा कहिलेकाहीँ मेरा सामु आएर भन्थी, ‘शेखर दाइ, यो सिकादिनु न, आएन क्या !’
म केही बोल्दिनथेँ । आखिर मेरो पनि त मनै हो । मुखले नबोले पनि मनमनै भन्थेँ— जाऊ पहिला आमासँग अनुमति लिएर आऊ । मलाई कसैका लान्छाना थाप्नु छैन । साँच्चै भन्ने हो भने म तिमीलाई सिकाइदिन लायक पनि छैन । गाउँको सरकारी विद्यालयमा पढ्दै हुर्किएको हुँ । सोझो र सीधा भाषा बोल्छु । हाम्रो लवज नै मिल्दैन ।
जेहोस्, मलाई त्यो बिहान एकछिन ब्रेक गरी उसले । त्यो क्रम त्यस दिन मात्र थिएन, हरेक दिन हुन्थ्यो । विशेष रूपमा भन्दा मेरो कोठाभित्र मेरो गतिलाई प्रत्यक्ष र अप्रत्यक्ष ब्रेक गर्ने एक मात्र स्त्री थिई, घरबेटीकी छोरी । त्यो अरु केही नभएर उसको यौवनको जडता थियो, जसले अगलबगलमा भएका पुरूषको दैनिकीमा बिथोलेरै छाड्थ्यो ।
म एक गिलास चिसो पानी घुट्काएर फेरि कथामा डुब्न थालँे । कथा उही मानवीय स्वभाव र प्रवृत्तिको बारेमा । एक जनाबाट कथा प्रारम्भ हुन्छ र एक जनाबाट नै कथा समाप्त हुन्छ । यत्तिकैमा मेरो ढोका एकचोटि ढक्ढकिएजस्तो सुनिन्छ । ढोका बज्दैमा म मेरो अनिरुद्ध पढ्य गमनलाई कहाँ थाति राख्थेँ र ? फेरि मेरो मन बिहानैदेखि कथाका पात्रहरुसँगै त बहकिएको थियो । माथिको झ्यालपट्टि तेजिलो वायु चलेर पर्दा फ्यार्र फ्यार्र हल्लाउँछ । मलाई एकैछिन शीतल अनुभूति हुन्छ । साँच्चै मानिसको खुसी प्रकृतिसँग पनि त जोडिएको हुन्छ नि होइन ? होइन भने म किन खुसी हुनुपर्थ्यो ?
कुनै स्त्रीको कोकिलकण्ठ सुमधुर गीत गाउँछ, त्यतै पट्टिबाट । गीत सुनेपछि चाहिँ मलाई त्यो शीतल हावाको स्पर्शले भन्दा कुनै योषाको स्वरप्रति अचाक्ली प्रेम जागेर आयो । आखिर को हो यति मीठो स्वरकी युवती रु फर्फराइरहेको पर्दालाई हेर्दै म भन्छु— हजुरको स्वरलाई प्रकृतिले पनि साथ दिइरहेको छ ।
तर को हौ तिमी रु कतै यही घरमा बस्ने भाडावाल त होइनौ तिमी ? कानले सुनिरहन मन परायो । तर आँखाहरुले पढिरहेको पुस्तकका शब्दहरु छुटाउन अटेरी गरे । मनले दोधारको स्थिति खडा गरेर मलाई कुतकुत्याइरह्यो । लौ, हामी मानिसको मन पनि एकैचोटि कतितिर सोच्न सकेको होला ? इन्द्रीयहरुको तालमेल कति बिग्रन सकेको होला ? कति छटपटी बढेको होला, कुनै पुस्तकमा अल्झिँदा पनि । के छ त्यो नारी आवाजमा ?
त्यो नारीको चालले हेर्दाहेर्दै भयङ्कर रुप लिएको म अनुमान लगाउँछु, जब मेरो ढोका पुनः गीतको लयमा ढक्ढकिन्छ । गीत रोकिनासाथ ढोका किन ढक्ढकिनु पथ्र्यो हँ ? को हो बिहानै ढोका ढक्ढकाउने, मनभित्र प्रश्न उम्रिन्छ । मैले कुनै सङ्केत नदिने छाँटकाँटमा त्यो मनुवाले निर्णय गरेपछि अलि असभ्य शैलीमा जोडले छिटछिटो बज्न थाल्छ ढोका । म त्यसै पनि बिहानैबाट कथामा र कथाबाहिरको खललबाट चुरमुरिएको पाठक र द्रष्टा थिएँ । त्यही मुद्रामा जुरुक्क उठेर ढोका खोले र बाहिर हेरे। उही नन्दी रहिछे ! अर्थात् घरबेटीकी छोरी ।
कस्तो काकताली, सोच्दासोच्दै आइपुगिछ ऊ । तर किन आई बिहानै हँ ? बरु झ्यालपट्टि गीत गाएर बसेको भए त भैहालथ्यो नि । मैले उसको गायकीलाई नसुनेझै“ गरेर सुनिरहेको सही त थियो । के म आफूलाई अब ढाँट्न सक्छु र ?
मलाई देख्नेबित्तिकै लजाई ऊ । मानौ“ हातले छुनेबित्तिकै मुजुक्क पर्ने लज्जावती झार हो ऊ । सम्झिएँ, ऊ लजाउनुको परिणाम मुजुक्क पर्नु पो त । कतै विलीन हुनु पो त । मेरो कोठाभित्र छिर्नु पो त । मनमनै भने । फेरि ठालु के सोध्न आइपुगी कुन्नि रु किताब देखे, काखीमा च्यापेको । कस्तो समस्या बोकेर हल गर्न आई कुन्नि ? कतै फेरि मलाई उसको आगमनले त्यस्तै अपजसिलो अडान थोपार्ने त होइन ? जस्तो कि केही दिनअघि मैले जबरजस्त पचाउनुपरेको थियो ।
मलाई कथाकै रस थियो । त्यही भएरै ढोका हतासमा उघारिदिएर फेरि आफ्नो टुङ्गोमा आइपुगे । अनि टेबुलमाथिको पुस्तकमा घोत्लिन थाले । पटकपटक नन्दीले पर्दा पन्छाएर चिहाउँदै गरेको आँखाले सुइँको पाइहाले । कोही कोठामै आउने तीव्र चाहनामा दलिनमा छट्पटाइरहन्छ र मेरो झुकावलाई प्रतीक्षा गरिरहन्छ भने म किन नहतारिनु ? आऊ …………आऊ……….
पुलुक्क हेरे उसलाई । मैले हेरिदिनासाथ ऊ लुसुक्क सिधैँ भित्र छिरी । र, फटाफट ढोका ढेपी । अनि जीउ तनक्क पारेर चुकुल पनि लगाई । म निर्निमेष हेरिरहे उसको चाल ।
तपाईँलाई मन पर्ने पाँच जना आख्यानकारहरू ?
यो प्रश्नको उत्तर दिन मलाई गाह्रो हुन्छ । म भन्दिनँ ।
तपाईँलाई मन पर्ने पाँच वटा उपन्यास ?
यो प्रश्नको पनि उत्तर दिन गाह्रो हुन्छ । तर, सबै प्रश्नको उत्तर नदिए तपाईँ रिसाउनुहुन्छ होला । ठिकै छ । अँ।।।गोविन्दराज भट्टराईको ‘मुगलान’ हारुकी मुराकामीको ‘1Q84’ पारीजातको ‘शिरीषको फूल’
नारायण वाग्लेको ‘पल्पसा क्याफे’ र, हान काङको ‘द भजिटेरियन’ तर, अरु पनि छन् नि थुप्रै । सोध्नु न ।
खासमा यति प्रश्न दिन तपाईँलाई गारो भएको अनुभूति गरेँ । अन्त्यमा केही छ की ?
प्रश्न सोध्नभन्दा उत्तर दिन गाह्रो भैहाल्छ नि जनक जी । भन्ने कुरा त धेरै छन् नि । अर्को पटकलाई पनि त राख्नुपर्यो नि होइन ? (हासो एक्छिन्) खासै त केही छैन अब तर प्रश्न घुमिरहेछ – ‘आखिर नयाँ लेखकलाई प्रकाशन गृहले पीडा दिएर के पाउँछन् तिनीहरुले ? उत्तर चाहियो ।
प्रतिक्रिया
-
४