– सिजन श्रेष्ठ

तिमीलाई लाग्यो–
लुकिङ ग्लासमा
तिमीले नदेख्ने गरी छेलिएर
म तिमीलाई हेरिरहेको छु ।

मलाई लाग्यो–
लुकिङ ग्लासमा
मेरो आँखा छलेर
तिमी मलाई हेरिरहेकी छ्यौ ।

लुकिङ ग्लासमा हेरिरहेको
न तिमीले मलाई थियो
न मैले तिमीलाई थियो ।

खासमा हेरिरहेको
लुकिङ ग्लासले आफूमा
हामीलाई थियो ।

यत्ति कुरा नबुझेर
हामीले एकअर्कालाई
एकआपसमा समर्पित गरिदियौं–
सधैँ सधैँका लागि ।

***

प्रतिक्रिया

सम्बन्धित खवर