द. कोरिया, सउल – नवलपरासी (ब.सु.प.) समाज, दक्षिण कोरिया गठन भएको छ । बुधबार नारायण न्यौपानेको संयोजकत्वमा दोङ्देमुनमा एक भेला आयोजना गरी संस्था गठन गरिएको हो । नवगठित समाजले जीवन भण्डारीको नेतृत्वमा १३ सदस्यहरूको चयन गरेको छ ।
कार्यसमिति निर्माण पश्चात अध्यक्ष भण्डारीको नेतृत्वमा पहिलो बैठक समेत बसेको छ । उक्त बैठकले आगामी योजनाका विषयमा छलफल गरेको थियो । बैठकले समाजको उद्देश्य, भावी योजनाहरू तथा नवलपरासीबासीहरूलाई दक्षिण कोरियामा एकताबद्ध गरी सहयोगात्मक वातावरण सिर्जना गर्ने विषयमा विशेष छलफल गरिएको छ । समाजलाई अझ सशक्त बनाउन विभिन्न गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
संस्था गठनमा कोरियामा रहेका नवलपरासीबासीहरू उत्साहका साथ सहभागी भएका थिए । सहभागी सम्पूर्णलाई समाजले विशेष धन्यवाद ज्ञापन गरेको छ ।
नवगठित कार्यसमिति निम्नानुसार छ ।
संरक्षकहरू
नारायण न्याैपाने
चूडामणी भण्डारी
१:- अध्यक्ष :-जिवन भण्डारी
२:-वरिष्ठ उपाध्यक्ष: रामबहादुर के.सी.
३:-उपाध्यक्ष :- २ जना पछि पद पुर्ति गर्ने
४:-महिला उपाध्यक्ष :- १ जना पछि पदपूर्ति गर्ने
५:- सचिव: ईश्वर पौडेल
६:- कोषाध्यक्ष: कमल प्रसाद रेग्मी
७:-सह-कोषाध्यक्ष: सुनिल क्षेत्री
८:- सह-सचिव:
• विशाल न्यौपाने
• दीपक भट्टराई
९:-सदस्यहरू:
• हरि घिमिरे
• दिवस तिवारी
• सुमन चापागाईं
• रामु हुने
• द्रोण प्रताप के.सी
प्रतिक्रिया
-
४