– सुरेश राई

आफ्नो बाउआमाकति निर्लज्ज हुन सक्छ प्रेम ! र परिवारसित झगडा गरेर , साथी भाइहरुको सरसल्लाहलाई लत्याएर ऊ अहिले  पामेलाको अगाडि निन्याउरो उभिएको छ ।आफ्नो पौरुष र अभिमानलाई सहर्ष बिर्सिदिएर पामेलालाई प्रेमको भिख माग्दै छ ।

पामेला भने बहानामाथि बहाना थपेर उसलाई पन्छ्याउन खोजिरहेकी छ। दिक्दार भएर पामेलाले उसलाई भनेकी छ-

‘आई एम सरी यार, मलाई तिमी राम्रै लाग्दैनौ । म के गरुँ भन त ? तिमी हाँस्दा ज्यादै अजीव ,हिँड्दा ज्यादै भद्दा र बोल्दा बिल्कुल कुरुप देखिन्छौ । तिमीलाई थाहा छ?तिमी त कसोकसो गर्दा मात्रै राम्रो देखिन्छौ । तिमी राम्रो देखिने भनेको कालो टिसर्टमा  चुपचाप उभिएर केही नगर्दा मात्रै हो।खासमा तिमी नहाँसी, नबोली ,नहिँडी यत्तिकै बस्दा मात्रै ठिकठाक देखिन्छौ , नत्र त…! ‘

यो सुनेर पनि ऊ रिसाएको छैन । उसको अहम अलिकति पनि दुखेको छैन । उसलाई कतै चोट पुगेको छैन ।बरु उल्टै अनुनय विनय गर्दै भनेको छ –

‘ठीकै छ पामेला, उसोभए म तिम्रो लागि कालो टिसर्ट लाएर जिन्दगीभर दोबाटोमा पुत्ला बनेर उभिन पनि राजी छु । बस् तिमी एक पटक हुन्छ मात्रै भनिदेउ’

उसको जवाफ सुनेर पामेला अवाक भएकी छ ।

देवलोकमा देवताहरु पनि दिक्क मानेर भन्दैछन् –

‘मान्छेको सृष्टि दोबाटोमा पुत्ला बन्नलाई गरिएको थिएन । हरे! न भिख माग्नुको लघुताभास , न पराजयको आभास ,न सरम न हया ,  हाय! कति निर्लज्ज हुन सक्छ प्रेम…!’

***

प्रतिक्रिया

सम्बन्धित खवर