मनु विद्रोही

१, आउँछ तिम्रो याद नै घरीघरी आउँछ
कहिले बेस्सरी कहिले सुस्तरी आउँछ
चुपचाप चुपचाप खबरै नपठाइ
मुटुमा कम्पन कसरी कसरी आउँछ

२,
जे असम्भव त्यही खोज्छ मन पनि
सोचे जस्तो भइदिएन जीवन पनि
दुखाउन छुराको आवश्यकता परेन्
हतियार जस्तै धारिला बचन पनि

३,
मान्छौ भने यी आँखाको नानी बनाउछु
सारा खुसी अनि जिन्दगानी बनाउछु
खुसी साथमा राखी पीडा मलाई देउ
म पिडै पीडा थुपारेर खरानी बनाउछु

४,
आफ्नै सहर विरानो तिमी गएदेखि
छैन आँखा ओभानो तिमी गएदेखि
चोट पीडा र अभावको प्रहारले
मुटु मेरो अचानो तिमी गएदेखि

५,
यसो हेरे आफ्नै जिन्दगीलाई खाली पाना बनाएर
बाच्ने रहर भो यो मुटुलाई देशको सिमाना बनाएर
तिमीलाई युगले होइन तिमीले युग जन्माउने छौ
खण्डहर हुन नदिनु देशलाई स -साना बनाएर

प्रतिक्रिया

सम्बन्धित खवर