स्कुले जीवनदेखि साहित्यमा प्रवेश गरेका विष्णुहरि पौडेल हालसम्म पनि उत्तिकै सक्रिय छन् । उपजाती छन्दमा लेखिएको ‘कलिलै छु ऎले’ कविताबाट साहित्य यात्रा सुरु गरेका उनी कविता, गीत, गजल, आध्यात्मिक लेख र यात्रा संस्मरणम ाकलम चलाउँछन् । शुभराज्यभिषेक पदक (२०३१) र गोरखा दक्षिण बाहु चौथा (२०५५)बाट सम्मानित भइसकेका पौडेलका ‘विरेचन’ (कविता सङ्ग्रह, २०५२), ‘मनचरी’ (गीत,गजल २०७३) ,सुसेली (गीत गजल, प्रारब्ध, २०७८) (महाकाव्य), ‘भावना’ (कविता सङ्ग्रह), कविता कुसुम (कविता सङ्ग्रह), ‘सनातन वैदिक सभ्यताको बाह्रखरी’ (धर्म, संस्कृति र दर्शन विषयक ५०० पेजको ठूलो ग्रन्थ,२०७५साल), ‘चिन्तन’ (धर्म दर्शन विषयक ४०० पेजको ठूलो किताब,०७८), ‘आत्म संस्मरण’ (आत्मकथा,२०७५), ‘चित्रण’ (देश विदेश घुम्दाको सचित्र यात्रा संस्मरण २०७९)का साथ, ‘स्वयंवरको माला,’ ‘तिम्रो खुसी हराउँदा’, ‘नारी पुरुष हाराहारी’ (सहकारी भिडियो), ‘आज जन्ती आउँदैछन्’ (पञ्चे बाजा गीत), ‘यति धेरै माया दियौ’ आदि गीतको श्रव्य दृश्य भिडियोहरू बजारमा आएका छन्। दुई ओटा कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेका साहित्यकार पौडेलसँग आँगनका लागि मनु विद्रोहीले गरेको भलाकुसारीको सम्पादित अंश प्रस्तुत छः

साहित्यमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

मेरा पिताजी ठाकुरप्रसादले म सानो छँदा उहाँ साँझ कामबाट घर फर्कपछि पिंढीमा बसेर मलाई काखमा लिएर आफूले जानेका संस्कृत र नेपालीका श्लोकहरू याद गर्दै यसै भाका हालेर गाउनुहुन्थ्यो। । मलाई पनि सुनेर कण्ठ हुन थालेको थियो। यसले पनि मलाई कविता लेख्न प्रेरणा दियो।

साथै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापलले पनि मलाई यसतर्फ प्रेरित गर्यो। पछि म माधव घिमिरे र लेखनाथका कविता र संस्कृतका कवि कालिदासका काव्यले पनि प्रेरित भएँ। यसका साथै मैले त्रिचन्द्र कलेजमा major English लिएर अङ्ग्रेजी कविता पढ्दा वर्डस्वर्थ, वाइरन, लर्ड, टेनिसन र रबर्ट बर्नका कविताबाट पनि प्रभावित भएँ। यसैले गर्दा मैले मेरो पहिलो कविता सङ्ग्रह विरेचन (२०५२ साल) भन्ने किताबमा ती अङ्ग्रेजी कविका केही कविता नेपाली छन्दमा अनुवाद गरेर प्रकाशन पनि गरें।

नेपालको साहित्यिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ ? तपाईको विचारमा साहित्य के हो ?

साहित्य प्रकृति, समाज र जीवनको दर्पण हो। यो हृदय ज संवेद्य हुनुपर्छ ।सबल, बुझ्न र मन पगाल्ने खालको हुनुपर्छ । कविता काव्य बगर जस्तो शुष्क होइन, झरना जस्तो कल्कल संगीत पस्केर बग्ने स्वतस्स्फूर्त भाव भएको हुनुपर्छ। कनीकुथी गरेर लेखिनु हुँन्न। मस्तिष्कले होइन, मनले पढ्न सकिने मन छुने हुनुपर्छ र समय सापेक्ष, युगीन समाज सापेक्ष हुनुपर्छ ।

असल राजनीति गरे समाजको हित हुन्छ । व्यावसाय गरे अर्थ उपार्जन हुन्छ । खेती किसानीबाट अन्न उब्जनी हुन्छ । विभिन्न सरकारी वा प्राईभेट सेवामा लागे रोजगारी र समाजलाई सेवा पनि हुन्छ । कविता लेखेरचाहिँ के हुन्छ ?

कविता काव्यमा युगीन सामाजिक जनजीवनको यथार्थ चचित्रण गर्ने हुँदा यसबाट समाज सुधार गर्न देशका नीति निर्माताले के कस्ता कदम चाल्नुपर्छ भन्ने सन्देश दिनका साथै दर्शक पाठकलाई मनोरञ्जन पनि दिन्छ ।

काव्यमा व्यक्त भावले पाठकको मनमा भएका पीडा शान्त पार्छन्, आनन्द भर्छन्। रामायण पढेर रावण जस्तो हुन हैदैन राम जस्तो चरित्रवान् हुनपर्छ भन्ने भिकष्यल मिल्छ । मुना मदनले गरीबी जीवनबाट मुक्ति पाउन खोजेको छ , आर्त दुःखीलाई सेवा गर्नु परम धर्म हो भन्ने सदुपदेश दिएको भान हुन्छ। जातपात ठूलो होइन, मानवता र प्रेम ठूलो हो भन्ने सन्देश दिएको छ । धन कमाएको ठूलो व्यापारी मरेपछि उसको नाम माटोमा मिल्छ, तर राम्रो साहित्य लख्ने कवि साहित्यकारले नोवल पुरस्कार, प्रज्ञा, मदन पुरस्कार आदि पाएर अमर हुन सक्छ ।

राम्रो साहित्यको किताब सबैले खोजेर पढ्छन्।धेरै बिक्री भएको किताब मुना मदन हो। यसबाट केही मात्रामा धन पनि कमाउन सकिन्छ । महाकवि कालिदास मरेको २२०० वर्ष भयो। अझै उनी काव्यमा जीवित छन्।साहित्यले समाजलाई असल बाटो देखाउँछ, लेखकलाई अमर पनि बनाउँछ ।

एउटा साहित्यकारले किन लेख्ने गर्छन ? के साहित्य सिर्जनाले समाज परिवर्तनमा सहयोग गर्छ ?

म्याक्सिम गोर्कीको ‘आमा’ले रूसमा आमाको सम्मान बढायो। सलमान रुग्दीको ‘द सटानिक भर्सेज’ले कट्टरवी इस्लामहरूमा तहल्का मच्चायो।, उदारतावादतिर लाग्नुपर्छ भन्ने विचार आयो। तसलिमा नसरिनको कृतिले मुस्लिम महिलामा भेदभावको अन्त्यका लागि उठाएको आबाजले मान्यता पाउँदै गएको छ ।

रिमालको आमाको सपना कविताले नेपालमा प्रजातन्त्र ल्याउन मद्दत गर्यो। भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कविता सङ्ग्रहले ‘बन्दैन देश दुई चार सपूत मरेर नगए” भन्ने सन्देश फुकरर क्रान्तिको विगुल फुक्यो। धरणीधर कोइरालाले ‘जाग जाग हे’ भन्न कविता लेखर देशमा सात सालको क्रान्तिमा सहायता दिए।समाजको सुधार परिवर्तनमा साहित्यका धेरै योगानका उहरण छन्। समाज सुधारमा साहित्यकारको कलमले जति देन दिएको छ त्यति खुकुरीले दिएको छैन।

नेपालमा कविहरू धेरै किताब चाहिँ कथा उपन्यासको धेरै बिक्री हुने भन्छन् किन होला ?

कथा र उपन्यास गद्य साहित्य हो।यसमा कथावस्तु हुन्छ,पात्रहरू हुन्छन्। कथा/उपन्यासमा प्रेम दया र प्रतिशोधलाई गहिरो रूपमा चित्रण गरिएको हुन्छ। यसबाट कौतुहल पैदा हुन्छ। केटाकेटी पनि कथा सुन्न स्वभावतः मनपराउँछन्। फुर्सद लिएर पढ्न रुचि लिनेहरू कथा उपन्यास किन्न मनपराउँछन् र धेरै बिक्री हुन्छ । मुनामदन, गौरी, तरुण तपसी आदि काव्य पनि धेरै बिक्री भएका किताब हुन्।

किताब लेखेपछि प्रकाशकबाट ठगिने गरेको गुनासो छ । लेख्नु पनि उल्टै छाप्नलाई दिने र किताब बेचेर लेखकलाई पारिश्रमिक पनि नदिने प्रकाशकहरू छन् भन्ने सुनिन्छ । के भन्नु हुन्छ ? कसको कमजोरी हो ? के गर्नुपर्ला ?

साहित्य र संस्कृतिको प्रवर्द्धनमा सरकारी उदासीनता नै यसको प्रमुख कारण हो। प्राइभेट कम्पनीले किताब छापेर धेरै नाफा कमाउने गर्छन्। धेरै किताब छाप्छन् थोरै छापेको भनेर थोरै कमिसन दिन्छन्।

यो सही कुरा हो। राम्रो कृति लेख्ने साहित्यकारसित आफैँ किताब छपाउन सक्ने क्षमता कम हुन्छ । यसमा सरकारले प्रज्ञा प्रतिष्ठान मार्फत् टेवा दिनु पर्ने हो, त्यो सेवा पहुँवालाले मात्र लिएका छन्, स्रोत सीमित भएकाले। यसमा बजेट बढाउनपर्छ र मूल्याङ्कन निष्पक्ष भएमा गरीब तर राम्रो लेख्ने लेखकका पनि किताब छापिन पाउँछन्। यी सबै विकृति देखेर म आफ्ना किताब छपाउन कसैसित हात जोड्दिन ।आफै छपाउँदछु। म स्वान्तः सुखाय लेख्छु, आफैँ छपाउँछु। बेचेर नाफा कमाउने उद्देश्य पनि मेरो छैन,, निःशुल्क नै रुचि राख्नेलाई दिन्छु।

गीतकारले आफैले लगानी गरेर गीत निकाल्छन, युटुबबाट सार्वजनिक गर्छन् गीतको गायकलाई सबैले चिन्छ्न मेला महोत्सव भ्याइनभ्याई हुन्छ तर गीतकार सधैँ छायाँमा हुन्छन् किन होला ?

यो कुरा सही हो। गीतकारसित शब्द र भाव मात्रै छ। तर मीठो आवाज र गीत गाउने सीप कला नहुनाले मञ्चमा लेखक पछि पर्दछन्। तर। युट्युब भिडियोमा भने गायक र गीतकार दुबैको फोटो र नाम दिइएको हुन्छ। प्रतियोगितामा पनि गीतकार र सङ्गीतकार तथा गायकको परिचय दिइएको हुन्छ । तर आम दर्शकले भने त्यति ख्याल गरेका हुँदैनन्।

सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?

मैले सबै अध्ययन गरेको छैन । यसैले हचुवामा मूल्याङ्कन गरेर यो स्तरीय र यो निम्न स्तरको भनेर म मापन गर्न सक्दिन र चाहन्न पनि।

साहित्यमा लागेर जिविकोपार्जन गर्न सक्ने अवस्था छ कि छैन ? साहित्यमा राज्यबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

साहित्य मात्र होइन नेपालको सिङ्गो कला क्षेत्रमा लागेका एकाध व्यक्तिले यसबाट आफ्नो निर्वाह चलाउन सकेका होलान्। बाँकी सबैको यसबाट निर्वाह चलेको छैन। खेलाडीको अवस्था पनि त्यस्तै नै छ। सकारले बाटो, बिजुली आदि भौतिक विकास बाहेक अरु क्षेत्रलाई विकासको पाटो मानेर प्रोत्साहन दिएको छैन।

साहित्यकारलाई लगानी गरेर कमिसन पनि नपाइने भएर होला प्राथमिकतामा यो क्षेत्र परेको छैन। देशको नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा रोशन गर्न त खेल, कला, साहित्य र संस्कृतिको विकास प्रबल हुने हो । यो पछि परको छ ।य समा सरकारले कुनै गुरु योजना बनाएको छैन। जुन बन्नु, लागू हुन पर्ने हो । कहिले घैँटोमा घाम लाग्ला कुन्नि ?

तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केहि छ कि ?

प्रश्न र उत्तर असीमित हुन सक्छन्।जति सोध्नु भयो त्यतिको मैले जानेसम्मको उत्तर दिएको छु। चासो राखेर मेरो अन्तर्वार्ता लिनु भएकोमा म तपाईंलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर