तारा तिवारी

लाग्छ मलाई यो देश के बनायौँ?
सिँगो देश काटेर टुक्रा टुक्रा बनायौँ
विदेशी नागरिकलाई देशी बनायौँ
हाम्रै तराईको साथीलाई मधेशी बनायौँ
गर्दा गर्दै आफ्नै छोेरा छोरीलाई परदेशी बनायौँ।।।

लाग्छ मलाई यो देश के बनायौँ?
सहर देखि गाउँसम्म, मानवता बिहिन बनायौँ
जनता जनता बीच भागबन्डा बनायौँ
शान्तिको भूमिमा हत्यारा जन्मायौँ
हत्यारालाई पनि आममाफि दिने कानुन बनायौँ।।

लाग्छ मलाई यो देश के बनायौँ ?
आफ्नो धर्म छोडि विदेशी धर्म मान्ने बनायौँ
देशको गहना, कयौँ मूर्ति शालिग्राम पारि पठायौ
मन्दिर छिर्ने पुजारीलाई मस्जिद छिर्ने गरायौँ
धर्मकै नाममा मन्दिर अगाडि चर्च बनायौँ

लाग्छ मलाई यो देश के बनायौँ?
धानका बाला झुल्ने खेतमा, कंक्रिट बिल्डिङ बनायौँ
कोदो, मकै, घैया फल्ने, बारीमा पाति फुल्ने बनायौँ
उठे देखि सुत्दा सम्म चाहिने वस्तु, पारिबाटै मगायौँ
सुविधाको नाममा, जनतालाई नै अल्छी बनायौँ

लाग्छ मलाई यो देश के बनायौँ?
जनतालाई मिटरी ब्याजमा डुवायौँ
घर जग्गा लिलाम गरि बैँकलाई धनी बनायौँ
भर्खर जन्मेको बच्चालाई ऋण थमायौँ
खै! विश्व सामु बुद्ध भूमि देशलाई के बनायौँ??
खै! विश्व सामु सगरमाथाको देशलाई के बनायौँ?

***

प्रतिक्रिया

सम्बन्धित खवर