✍️तारा तिवारी

सप्तरङ्गी टीका निधारै, गलामा मखमली
आशिस दिदैँछे, हे मेरा दाजै ! तिम्रै ती चेली

बालापन बित्यो केही पत्तै नपाई रहरै रहरमा
पुग्नु है दाजै ! शिखरको बाटो सुरक्षित सहरमा

वुढेशकालका बाबा र आमा जिम्मेवारी छ तिम्रै काँधैँमा
हर ईच्छाचाहना पूर्णहुन, रहनेछे तिम्रै ! यी चेली साथैमा

प्रत्येक रङ्ग तिम्रै रक्षामा लागुन,सधैँ सत्मार्ग पाईलाहोस्
चार दिशा तिम्रै प्रगती सुनुम, मन सधैँ खुशि
बनोस्

सयपत्री जस्तै तिम्रो सफलता गुच्छा गुच्छा
बनोस् है !
जस्ले जे दिन्छ उसलाई दुई गुणा दिने सामर्थ्य
जुटोस् है !

उपहारस्वरुप, सम्पूर्ण हारलाई बिजयीको कामना
दिर्घायु हुनु ! रहने छु सधैँ यमुना बनी तिम्रै त काखमा

प्रतिक्रिया

सम्बन्धित खवर