✍️ तारा तिवारी

नग्न पाइतालाले, देशको
माटोको स्पर्श गरी
म पाइला चाल्दैँ गर्दा,
कतै बिझाँएको आभाष भयो !

म सँम्झिए देशको हाल,
सन्ततीका सुनौलो भविष्य
वाध्यता वस् ! म टाँढिदैँ थिए,
कोही पराई प्यारो बनाउन।

मलाई म ! भनि चिनाएको देश,
बस् ! दुरीमै टाढाँ हुदैँ गयो
फर्कने आश बोकि, सबैलाई
बिदाईका हाँत हल्लाउँदै !!

छुट्टिदैँ गर्दा मेरो भागमा मात्र
हरियो पासपोर्ट, रहयो !
जुन मेरो आश, परिबारको सास
र देशको साहास थियो।।

उडान भर्न लागेको प्लेन,
केही बेरमैँ गन्तव्यमा लाग्यो
भित्र, म जस्तै धेरै सपनाले
घेरिएका अनुहार देखा पर्यो,

भक्कानिएका आँसु लुकाउँदै गर्दा
भारि मेरो मन, वादलहरु विच छरपष्ट पारिदिए,
बस ! ती आँसु पानी बनी
मेरा सन्तानको शिरमा नपरोस् !!

प्रतिक्रिया

सम्बन्धित खवर