✍️ तारा तिवारी

 

दसैँ बिदा कुरेर बसेका ती घरका भित्ताहरू
रातो माटो, सेतो कमेरोले टल्कने आशमै हुन्थे

आँगन, गोरेटो पनि मख्ख हुन्थेँ बर्खा सक्किएसँगै सफा, काँटछाँट गरि ढकमक्क फुलसँग रमाउन

खै ! धेरै महिना भन्दा पनि वर्ष नै पो भएछ,
दही, चामल र रातो रङ्गको मिलन नभएको

नुहाई धुवाई गरी, काँसको थालमा मुछिएका टीका
हत्केलाभरी रातै रङ्ग, हुन पुग्यो बर्षौभरी फिका

साइत हेरि दियो कलश पुज्न मात्रै भएछ, बा ?
आजसम्म हाम्रा लागि त्यो साइत फर्केर आएन बा !

पयाँलो नहोस् भनि अध्याँरो पारी राखेका हरिया जमरा
शिरैमा सिउराउदाँ अनि सँगै पाएका दक्षिणा

हतार गरी मुठ्ठिमा समाउँदै,ढकालबा, ठुल्बाकोमा धानका आलि आलि हिड्दै जम्मा गरेका आशिर्वाद दक्षिणा

निधारभरि रातै अक्कक्षता,टल्काउँदै मामाघर हिड्ने तयारी,
तछाड मछाड गरी पिङ खेल्ने पालो कुर्दै, साँच्चै न ती दिन

अझ ! महिनौँपछि भेट भएका दिदी, भाइ, बहिनी
मामाघरमै जम्मा भई, एक अर्कालाई चुट्किला सुनाई

घर नजाने सर्तमै, बिताएका मामाघरका
ती रातहरु कति चाडैँ विहान हुन्थेँ, आहा ! ती दिन

बा ! फेरि फर्केर त्यहीँ साइतमा जाम्न ? त्यो रौनक, उल्लास हामीलाई बिर्सेर कतै टाढै पो गएछ कि ?

बितेका ती समय त ल्याउन सकिँदैन, तर तीनै कतै हराएका खुशी त समेटम् बा !

ता कि अर्को साल म फेरि, नयाँ जीवनसँगै नयाँ कबिता ल्याउन सकुँ,
शीर्षकमा, अक्षताले फर्काएका ती खुसीहरू ?

प्रतिक्रिया

सम्बन्धित खवर