– तारा तिवारी

पूर्वको घाम एकाबिहानै झ्यालबाट निम्तो गर्छ
उही तातो गर्मीसँगै दिनको सुरुवात हुन्छ

निस्किदै घर बाहिर  कतै शितलतिर जाम
कुरा फेरि उही हुन्छ, आज कति चर्का घाम

आँखा पनि के भाका! दुई परेली मात्रै ठोक्किन्छन
ज्यान फलत्तै हुने,  कस्तो! तातो हावा चलिराछन्

जे खाम जता जाम,  तातै तातो हावा पानी
बिजोक भयो लौन!प्रभु पारिदेउ शितल झरि

सुक्खा जमिन, जताततै बोटबिरुवा मर्न लागे
मुल सुके मुहान सुके, खेतीपाति हुनै छाडे

डढेलो लगाए, बन जगल सित्तल छहारी खोज्छन्
कति गर्मि होनि भन्दै  उनै अघि अघि सर्छन्

मान्छे बरु जसो तसो कृतिम हावा लिई बाँच्ला
कठै! ती उड्ने चरी, पशु, के-कसरी बाँच्ला?

घाम पुगे पश्चिमतिर, उकुसमुकुस तातो राप
कहिलेसम्म  लाग्ला बरै यस्तो चर्को आगो घाम?
***

प्रतिक्रिया

सम्बन्धित खवर