✍️रिपन गौतम

एउटा काम लिएर म केही अन्जान शहर आईपुगे। मलाई आज बस्नु पर्ने भयो। निरन्तर यात्राको क्रम यथावत रहेर शरिर नमज्जाको भएको छ। कम्तिको ज्वरोले चिन्ता बढेको छ। म होटलबाट निस्के। गेटको गार्डलाई सोधे– दबाइ दोकान कहाँ छ !! मेन रोडको उत्तापट्टि देखायो उसले।

दबाइ दोकान खचाखच थियो। एउटी आधाबैसी आइमाई रूँदै बाच्दै थिई दोकानेसँग। म पनि छेउमा पुगे। उ दबाइ माग्दै थिईन।तर पैसा कम्ति रहेछ। उ दुखेसो सुनाउँदै थिई– खाना नखाएको हप्ता दिन भयो !!
मेरो बेबी !!
सास बढेर सुत्न सक्दैन !!
हिडडुल बन्द भयो !!
स्वर पनि छैन !!
…….!!

दोकानेलाई कुनै सरोकार नै थिएन उसको दुखेसो।
निक्कै बिमार रहेछ !
मैले सोचे र दया लाग्यो।
कति पुगेन पैसा दबाइको ? मैले सोधे।
तीन सय !!– आशा लाग्दो हेराइ थियो उसको।
मैले तत्काल निकालेर दिए।
एकोहोरो हेरिन् मलाई अनि मेरो सम्पर्क नम्बर मागिन्। मैले पर्देन भने।
दबाइ लिएर छिट्टो जानु !– मैले भने।
तर हट गरिन् नम्बर लिने। घर गएर पैसा फिर्ता दिने उसको हट। श्रीमानलाई भनेर पैसा ट्रान्सफर गरिदिने उसको हट।
मैले भिजिटिङ कार्ड दिए।
मलाई आभार व्यक्त गरिन् अनि दबाइ किनेर हतारसँग गइन्।

मलाई एकप्रकारको आनन्द लाग्यो। पैसाले कसैको ज्यान बाँच्छ भने किन नगर्ने यो महत कार्य११ अर्को कुरा उ अन्य जातको थिईन्। बंगला र हिन्दीको समिश्रण भाषामा हाम्रो गफ भएको हो। उनी११ हेर्दा राम्रै परिवारकी हुनु पर्ने। उसलाई हेर्दा मलाई यस्तो लागेको थियो।
अचम्म !!

अहिले पैसा ट्रान्सफर गर्ने बिभिन्न सजिलो प्राबधान भएतापनि किनबेच मै यस्तो बिकट समस्या।
यी प्राबधान नजाने की हुन या पैसा नै नभएर हो उनी रूएको मलाई नराम्रो लाग्यो।

मेरो तीन सय फर्कोस कि नफर्कियोस तर बिमार निको होस् !!
मैले यति सोचे।

पछि
आफ्नो दबाइ किन्दा दोकानेलाई सोधे मैले–
निक्कै ठुलो बिमार थियो उसको बेबी लाई !
हजुर !!– दोकानेले भन्यो।
के बिमार ? – मैले सोधे।
डिस्टेम्पर !– उसले भन्यो।
यो कस्तो बिमार हो ?– मैले सोधे।
यो कुकुरलाई हुने एक रोग हो !!–उसले भन्यो।

म बोलिन।
चुपचाप होटलतिर लागे।।

प्रतिक्रिया

सम्बन्धित खवर