
✍️ दिपेन्द्र आचार्य
धेरै तातो नहाल्नु !!
फुट्छ !
टुक्र टुक्रा हुन्छ सपना !!
पौरखी नेपालीले पौरख बेचेर भाकेको रङ्गीन सपना।
तर सपनाको पनि हुन्छ र रङ्ग ?
कि बेरङ्ग हुन्छ सपना
पानी जस्तै।।
कि काँच जस्तै हुन्छ सपना ??
रङ्गीन देख्न पल्केका युवा घामहरू
पस्दैछ्न खाडीतिर
तर पाउलान के उनेरले
रातको त्यो अध्यारोमा
चन्द्रमा !!
पाउँछन् !
तर पटक पटक टुक्रेर घाम
टुक्रा टुक्रा हुनुपर्छ
अनि
प्रत्येक टुक्रामा लेखिनु पर्छ नाम
चन्द्रमा !!!
अँ ! तातो विचार पसेर अहिले
टुक्रा टुक्रा भएकोछ कविता।।
म बटुल्दैछु
भूपीहरूलाइ
देवकोटाहरूलार्इ
कविताको यी टुक्राहरू लगेर फ्याक्नेछु
देवालको च्यापमा।।
तर हातैमा नआउने टुक्रा भने
खुट्टामा बिझे स्याप्टिक हुन सक्छ।।
वी पी,मदन र प्रचण्डहरु बिझेर भएको स्याप्टिक निको पार्न
धााँउदैछ नेपाल अहिले दुबई कतारहरू।।
हयान्डल विथ केयर
भित्र फुट्ने सामग्री छ
काँच।।
प्रतिक्रिया
-
४