चितवनको भरतपुर, शुक्रनगरमा जन्मिएका मनोज चौधरी शिक्षण पेशामा आवद्ध छन् । विशेषतः आख्यानमा कलम चलाउने मनोजको अहिलेसम्म टुकी (२०७५) र टुवरा (२०७९) गरेर दुईवटा कृति प्रकाशित छन् । थारु समुदाय, संस्कृति र पहिचानको मुद्दालाई बोक्न मन पराउने मनोजको हालसालै प्रकाशित कृति टुवरासँग सम्बन्धिर रहेर आजको आँगनमा साहित्यका विभिन्न रङ्गहरूको बारेमा सेतोमाटोका सहकर्मी जनक कार्कीले तयार पारेको पुस्तक वार्ताको सारांश प्रस्तुत छः

तिहारको पूर्वसन्ध्यामा यहाँले आफ्नो दोस्रो उपन्यास ‘टुवरा’ सार्वजनिक गर्नुभयो । टुवराको शाब्दिक अर्थ टुहुरा हुन्छ । टुवरा कसको कथा हो र यो कथा भन्न आवश्यक किन लाग्यो ?

‘टुवरा’ केही पहिल्यै प्रकाशित हुने कृति हो । ख्यातिप्राप्त मध्येको एक प्रकाशन गृहमा पाण्डुलिपि बुझाएको थिएँ । उनीहरूले भनेबमोजिम काटछाट, पूनर्लेखन, सम्पादन गरेर पहिलो पटक पठाएँ । दोस्रो पटक फेरि उनीहरूले औँल्याएका हरफहरूमा मन लगाएर काम गरेँ, दुइवटा भाग थपेँ । पुराकापुरा मेहनतका साथ पाण्डुलिपि राम्रो बनाएँ, अनि दोस्रो पटक पठाएँ ।

रेस्पोन्स कुरेँ । ढिला गरी रेस्पोन्स आयो । काम ढिलै हुने देखियो । दुइतीन वर्षपछि बरू अर्को नयाँ पाण्डुलिपि बुझाउँला भनि चित्त बुझाएँ । शिखा बुक्ससँग पहिल्यैदेखि कुरा भइरहेको थियो । शिखालाई पाण्डुलिपि बुझाएँ । खास ैधेरै सम्पादन गर्नुपर्ने थिएन । काम फटाफट भयो । यद्यपि दसैँअघि निकाल्नुपर्ने किताब प्राबिधिक गडबढीले तिहार अघि प्रकाशन हुनेगरी धकेलियो । कार्तिक ६ गते टुवरा न्वारन गरियो ।

टुवराको शाब्दिक अर्थ टुहुरा हो नै । यस उपन्यासमा टुहराहरू बिम्ब हुन् । बाआमाबाट बञ्चित भएका मात्रै टुवरा होइनन् । मातृभूमिबाट, राज्यबाट, समाजबाट, अधिकारबाट, सबथोकबाट बञ्चित भएकाहरू टुवरा हुन् । यी नै सिमान्तकृत भूइमान्छेको कथा हो टुवरा । आम निमुखा किसानको कथा हो टुवरा ।

थारूहरूलाई किताब पढ भनेर सुझाउँदा– ‘किताब ल्याइदे न, पढिदिन्छु’ भन्नेसम्म छन् । त्यस्तालाई किताब दिएपनि पढ्नेवाला छैनन् । दिमाग खारब यार । त्यहीभएर यही अन्तरवार्ताबाट भडास पोखेँ । जेपरे पर्ला । परेको मआफैँ ब्यहोरूलाँ ।

थारू समुदायको एक पात्र ‘टुवरा’ र तामाङ समुदायको अर्को सहायक पात्र ‘मान्ठा’ प्रतिनिधि पात्र मात्र हुन् । कथा आम हो । कथा थारू परिवेशको छ । सिमान्तकृत थारूका कथाब्यथा अहिलेसम्म कुनै लेखकले उठान गरेका छैनन् । मधेसीका कथा थुप्रै लेखकले लेखे तर नितान्त थारूहरूको कथा अहिलेसम्म कसैले लेखेनन् । थारू र मधेसी नितान्त फरक कुल र मुलका हुन् । थारूका कथा कसै न कसैले लेख्नैपर्ने थियो । जरूरी ठानेँ, मैले लेखेँ ।

यहाँले आफ्नो पहिलो उपन्यास ‘टुकी’मा थारु समुदायको इतिहास, संस्कृति र वर्तमान अवस्थामाथि प्रकाश पार्नु भएको छ । त्यो उपन्यास थारु समुदायको गौरव गाथा प्रकाश गर्न सफल पनि भएको थियो । अहिले आएर दलनमा परेको थारु समुदायको कथा भन्न टुवरा लेख्नुभएको छ । यहाँले आफ्नो समुदायको कथाहरू टिपिरहनु भएको छ । यसले थारु समुदायको पहिचानमा कत्तिको भूमिका खेल्ने अवस्था देख्नुहुन्छ ?

थारू समुदायको पहिचानको लागि मैले उपन्यास, फुटकर कथा, लेखरचनाहरू लेखेर हरप्रयास गरिरहेको छु । म एक्लैले प्रयास गरेर क्यार्नु ! सबैको साथ सहयोग हुन जरूरी छ । धेरैभन्दा धेरै पाठक माझ किताब पुग्न जरूरी छ, पढिनु जरूरी छ । थारू समुदायमा पठन संस्कृति कमजोर छ । पाठक पाउन गाह्रो छ । अर्थात् सीमित पाठक छन् । ती सीमित पाठकभित्रबाट पनि प्रतिक्रया कम आउँछन् । थारू समुदायका संघसंस्थाहरू झन् लाटिले के.. हेरे जसरी हेरिबस्छन् । किताब प्रबद्र्धनका लागि कहिकतैबाट पहल भए त मरिजाउँ ।

त्यसैले त थारू भाषामा किताब नलेखेर खसभाषामा किताब लेखियो । थारू भाषामा किताब लेखेको भए त कुनै प्रकाशकले छाप्न मान्थेनन् । किनकी थारू पाठक छदैछैनन् भने पनि भयो । कसले पढ्ने ? गैरथारू पाठक तथा समिक्षक माझ थारू लेखकले लेखेका किताब कमै पुग्छन् । कम पढिन्छन् । जसलेगर्दा सम्बन्धित निकायसम्म थारू गाथा पुग्नसक्दैनन् । अनि कहाँबाट थारूका मुद्दा उठान हुन्छन् ? कसरी थारू संस्कृति, दैनन्दिनी, पहिचान उठान हुन्छन् ? हो यस्तै कारणले पनि थारूहरू कुनदिनँ मधेसीमा गाभिन बेर छैन । जागओ थारू हो । थारूहरूलाई किताब पढ भनेर सुझाउँदा– ‘किताब ल्याइदे न, पढिदिन्छु’ भन्नेसम्म छन् । त्यस्तालाई किताब दिएपनि पढ्नेवाला छैनन् । दिमाग खारब यार । त्यहीभएर यही अन्तरवार्ताबाट भडास पोखेँ । जेपरे पर्ला । परेको मआफैँ ब्यहोरूलाँ ।

अहिले नेपाली साहित्यको बजार हेर्दा यस्तो लाग्छ कि गुणस्तरीय कृतिको बिक्री छैन तर हल्काफुल्का विषयमा फूलबुट्टा भरिएर लेखिएका कृतिहरूले बढी बाजार पाइरहेको देखिन्छ । पुस्तक बढी बिक्री हुनेले गुणस्तर कत्तिको मापन गर्न सक्दछ जस्तो लाग्छ ?

अरे यार यही त छ भेडोतन्त्र यहाँ । नाम चलेको प्रकाशन गृहबाट जस्तोसुकै किताब आओस् बजारमा चल्छ । अरे उही घिसापिटा डाइलग, उही कथा, गोलगोल घुमाएर बनाइएको वाक्य, हरफ, क्लिस्टमा कत्ति ? मलिन्छौँ । नयाँ पात्र, नयाँ कथा, नयाँ परिवेश, नयाँ भाषाशैलीको प्रयोग पढौँ न । जो टुवरामा छ । म ढुक्कसँग भन्छु, किताब बढी बिक्री नभएपनि बरू टुवराले साहित्यको गुणस्तर मापन गर्छ । खरो कुरा यही हो ।

तपाईंलाई लेख्न पर्छ भन्ने कुरा कहिलेदेखि महसुस हुन थाल्यो र के कुराले लेख्न प्रेरित गर्यो ?

स्कुल पढ्दादेखि नै लुकीलुकी कविता लेख्थेँ । अन्तरमुखी स्वभावको थिएँ । त्योबेला मुना पत्रिका प्यारो थियो मेरो लागि । ९ कक्षाको वर्षे विदामा एउटा लघु उपन्यास लेखेँ । साथीहरूलाई जबरजस्ती पढ्न लगाएँ । दस जोड दुई पढ्दा खुब गजल लेखेँ । त्योबेला एफएमहरू धमाधम खुलिरहेका थिए । रेडियोमा बाहेकपनि साथीहरूलाई जबरजस्ती पढ्न लगाउथेँ । साथीहरूले अहिले भन्छन्– ‘यसले हामीलाई जबरजस्ती पढ्न लगाउँथ्यो यार । लेखिरहन्थ्यो, लेखक हुने लक्षण पो रहेछ ।’

साथीहरूले यसो भनीरहदा मदन पुरस्कार भन्दा पनि माथिल्लो दर्जाको पुरस्कार जितेको खुसी मिल्छ । यद्यपि, मलाई मान सम्मान, पुरस्कारको केही मोह छैन । धेरैजसो पद र सम्मान लिन बोलाएको ठाउँमा म जादिनँ । कसैकसैले घमण्डीपनि भन्लान् । तर म टुवराझैँ सोझो छु । एकपटक किताब पढेर त हेर्नुस् । त्यस्तै सोझो भएकोले भन्नैपर्ने कुरा भन्न सक्दिनँ । समाजका विकृति देख्न पनि सक्दिनँ, कसैलाई गुहारेर पनि साध्य लाग्दैन । अनि भन्न नसकेको कुरा मनभित्रै सम्पादन भइवरी बारम्बार चलिरहन्छ । चलेको कुरा फल्छफुल्छ भन्ठानेर लेखिरहन्छु । यस्ता यस्तै कारणले लेख्न प्रेरित गर्छ मलाई ।

अहिले पुस्तक लेख्नभन्दा प्रकाशन गर्न गाह्रो र प्रकाशन गर्नभन्दा पाठकसम्म पुर्याउनै गाह्रो छ भन्ने बजारको हल्ला छ । यहाँले यो सबै प्रक्रियाबाट कसरी गुज्रिनु भएको छ ?

अरे बहुत समस्या रे मान्ठा । बहुत राम्रो सवाल गर्नु भएछ तपाईँ । यो सवालको जवाफ विस्तारमा लेख्ने हो भने एउटा लघु उपन्यास पो बन्छ । भो नकुरा गर्नुस् । कम दुःख पाएको छैन यो थारूले । तीन वटा वर्षेविदा लगाएर टुवराको पाण्डुलिपि तयार भयो । फेरी एकवर्ष अकेलै अकेलै पाण्डुलिपि पठन, पूनर्लेखन, सम्पादन गर्यो । त्यसपछि नेपालको प्रख्यात पुरुष लेखकलाई पाण्डुलिपि पढ्न अनुरोध गरेँ । बिल्कुलै सकारात्मक प्रतिक्रिया आयो । म मख्ख परेँ । वहाँले सुझाए बमोजिम प्रख्यात प्रकाशन गृहमा पाण्डुलिपि पठाएँ । हेर्दै नहेरी तुरुन्तै रिजेक्ट भयो । फेरि अर्को त्यस्तै मार्काको प्रकाशन गृहमा पठाएँ । त्यहाँ हेरठोर हुनमात्रै एकवर्ष लाग्यो । पढ्न अर्को वर्ष । पढिसकेर उतैबाट कल आयो– ‘उपन्यास गज्जबको लेख्नुभएछ । थोरै पढ्छु भनेको थिएँ, कथाले पुरै पढ्ने बनायो ।

पढेर मुग्ध भएँ । तर, हामीले भनेको ठाउँमा काम गर्नुस् ।’ काम गरेँ, पठाएँ । फेरि काम गरेँ, फेरि पठाएँ । उताबाट रेस्पोन्स आउन आधावर्ष लाग्यो । जब आयो, मेरो भरोसा गयो । अनि शिखा बुक्स जिन्दाबाद । मनमनले भने– ‘जहाँ छपाए पनि के भो र ! पाठकलाई गतिलो खुराक दिएपछि किताब अवश्य चल्छ ।’ फेरि शिखा बुक्स चलेकै प्रकाशन गृह हो । पाण्डुलिपि बुझाएँ । केही सहजै किताब प्रकाशन भयो । प्रकाशन त भयो । पाठक सामु किताब पु¥याउन धौधौ । नयाँ लेखकको किताब कस्तो होला र ! भनेर पुरै इग्नोर । ‘अरे मान्ठा, मोँई नायाँ लेखक हइनो रे । उँ कहन्छ न ! नायाँ काथा, नायाँ चरित्र, नायाँ परिवेश, नायाँ भाषाशैली प्रयोगको लेखक हुँ रे । बात बुझेछ ?’ एकपटक किताब पढेर त हेर्नुस् । त्यसपछि मनमा लागेको भन्नुस् ।

एकदम साझा प्रश्न तर ठूलो अर्थ राख्ने एउटा प्रश्न सोध्न मनलाग्यो । साहित्य के हो यहाँको लागि ?

साहित्य के हो ? भन्ने सवालको जवाफ मसँग छैन । मने, साहित्य के होइन ? भन्ने सवालको जवाफ दिन मन लायो । दुरदराजका सिधासाधा मान्छेले, लाटाबाङ्गा मान्छेले, सिमान्तकृत मान्छेले आफ्नै कथा पढेर बुझ्दैनन् भने त्यो सहित्य हुँदै होइन । गोलगोल घुमाएर शब्दको गन्जागोल भण्डार भएको क्लिस्ट साहित्य होइन । बस् ।

एउटा उपन्यास पूरा गर्न कति समय लगाउनुहुन्छ र लेख्नलाई कुन समयलाई बढी प्राथमिकतामा राख्नुहुन्छ ?

एउटा उपन्यास पुरागर्न भयङ्कर समय लाग्छ । त्यो माथिल्लो जवाफमा उल्लेख छ । लेखेरै मात्र पेट पाल्न सकिदैन । फेरि एक्लो पेट भए पो ! अनि मेलो सुधार्न जानैप¥यो । म पनि टुवराजस्तै हली त हुँ । लेख्ने समय मसँग हुदैन । विदा भएको बेलामा रातभरि पनि लेख्छु । दिउँसो फेरि सुत्ने बानी छैन । कहिलेकाही त विदा नभएको बेलामा पनि लेख्छु तर मेलोमा ‘टुवरा’को मान्ठाझैँ झकाउदिनँ ।

एउटा सिङ्गो उपन्यास सक्दासम्म यहाँले सुरुदेखि अन्त्यसम्म गर्ने क्रियाकलाप केके हुन ?

पहिला प्लट तयार पार्ने, परिकल्पनाको ठाउँ अवलोकन गर्ने, त्यही परिवेशमा सुहाउदो पात्र निर्माण गर्ने, चरित्र सुहाउदो नाम दिने अनि आकर्षक घरजस्तो घर बनाउने । यस्तायस्तै आदी ।

यहाँलाई मनपर्ने ३ जना उपन्यासकार ?

म सबैखाले किताब पढ्छु । विदेशी उपन्यासकारका नाम लिएर जान्ने पल्टन चाहन्न । खुब पढन्ते बन्न चाहन्न । तर, लेखकभन्दा बढी म पाठक हुँ । अनि पुराना लेखकका नामपनि लिन चाहन्न । वहाँहरू धेरैजसो यो लोकमा हुनुहुन्न । वहाँहरूलाई हृदयतः सम्मान छ । मनैदेखि मनपर्ने लेखकः अमर न्यौपाने, नयनराज पाण्डे र बुद्धिसागर ।

यहाँलाई अत्याधिक मनपरेको तीनवटा उपन्यास ?

स्वदेशी विदेशी गरेर पाँच/सात वटा छन् ।

नेपालबाट प्रदान गरिने विभिन्न साहित्य पुरस्कारहरू बारे यहाँको धारणा के छ ?

साहित्य पुरस्कार बारे मेरो केही धारणा छैन । नजाने गाउँको बाटो सोध्दिनँ म । पुरस्कार दिने र पाउनेलाई सलाम छ । मलाई पुरस्कार चाहिएको छैन । बस् मैले लेखेको रचना पढेर प्रतिक्रिया दिनुभो भने त्यही नै हो मेरो लागि पुरस्कार । मेरो रचना मन नपरे गालि गर्नुहोस्, तालि चाहिएको छैन मलाई । किनकी नमरुञ्जेल सिक्नै पर्नेछ ।

थारु समुदाय सांस्कृतिक हिसाबले निकै समृद्धशाली छ तर पनि यहाँबाट साहित्यमा सहभागीता निकै कम छ । यसको कारण के हो जस्तो लाग्छ ?

थारू समुदाय सांस्कृतिक हिसाबले निकै समृद्ध छ । कतिबेला थाहा छ ? जतिबेला कसैको जयजयकार गर्नुपर्नेछ । जतिबेला मेलामहोत्सव छ । अ?बेला कुनै माइका लालले वास्ता गर्दैनन् । थारूहरूले जिउहजुर गर्नमात्रै जानेका पिछलगु हुन् ।

मैले नाम तोकेर धन्यबाद कसैलाई दिन्नँ । कसैको नाम छुट्यो भने, भएन अनर्थ । त्यसैले पनि मेरा कृतिमा धन्यबाद, आभार, भूमिका केहीपनि पाउनुहुन्न । त्यसको अर्थ यो बुझ्नुस्– मनमा भएका मान्छेलाई किताबका पानामा किन उतारु, जो मैलो हुनसक्छ । मनमा भएका मान्छेका नाम मुखमा किन ल्याउँ, थुतुनो र के कुन्नी !

अहिल्यैको चुनाबी माहोल हेर्नुस् त ! चितवनमा थारू समुदायको जगजगी छ । जनसङ्ख्या पनि धेरै छ । तर, कुनै पार्टीले प्रत्यक्षमा लड्ने मौका दिए ? दिएनन् । किनकी थारूहरू पिछलगु हुनमात्रै जानेका छन् । आफ्नै बलबुताले केही गर्ने आट गर्दैनन् । अरुलाई पिछलगु बनाउन सक्दैनन् । यसोगर्न कसो गर्ने त ? किताब पढ्न प-यो, ज्ञान लिन दिन प-यो । अनि अघि बढ्नुप-यो । बल्ल पो, पिछलगु हुनेहरूमा केहीहदसम्म गैरथारूहरू पनि सहभागि हुनसक्छन् । टुवरा पढ्नुस् त घैटामा अलिअलि भएपनि घाम लाउछ कि ! यार ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मनलागेको उत्तर दिन सक्नुहुन्छ ।

अन्त्यमा सबैलाई धन्यवाद छ, जसले टुवरा प्रकाशनमा सहयोग, सुझावसल्लाह दिनुभयो । बेसी धन्यबाद, जो टुवरा पढ्दै हुनुहुन्छ, टुवरा बारेमा केही प्रतिक्रिया दिदै हुनुहुन्छ, समीक्षा लेख्दै/गर्दै हुनुहुन्छ । अन्तरवार्ताकर्तालाई पनि एक मुरी धन्यबाद छ । उसो त मैले नाम तोकेर धन्यबाद कसैलाई दिन्नँ । कसैको नाम छुट्यो भने, भएन अनर्थ । त्यसैले पनि मेरा कृतिमा धन्यबाद, आभार, भूमिका केहीपनि पाउनुहुन्न । त्यसको अर्थ यो बुझ्नुस्– मनमा भएका मान्छेलाई किताबका पानामा किन उतारु, जो मैलो हुनसक्छ । मनमा भएका मान्छेका नाम मुखमा किन ल्याउँ, थुतुनो र के कुन्नी ! कहिलेकाही एउटै दर्जामा परेका हुन्छन् । अनि क्यार्नु ! त्यसैले सबैसबैलाई एकमुष्ठ धन्यबाद छ । जय साहित्य ।

प्रतिक्रिया

सम्बन्धित खवर