✍️ फ़िराक़ गोर्खाली

तिमीलाई पाएर नै म पूर्ण भएँ
अब मलाई अमर पार्नु पर्दैन
सानी मेरा लागि ब्रत राख्नु पर्दैन।

माया गर्छौं असीम मलाई थाह छ,
अरु तिमीले कुनै प्रमाण दिन पर्दैन।
सानी मेरा लागि ब्रत राख्न पर्दैन।

पानी नखाई आत्मा र घाँटी सुकाई
यो आडम्बरको हिस्सा बन्नु पर्दैन।
सानी मेरा लागि ब्रत राख्न पर्दैन।

तिम्रो त हर प्रार्थना मेरा लागि नै हुन्छ,
एउटा विशेष दिन तोकेर राख्न पर्दैन।
सानी मेरा लागि व्रत राख्नु पर्दैन।

जबर्जस्ती गर्छौं भने म पनि व्रत गर्छु,
गरे दुबैले गरौँला, तिमीले एक्लैले राख्नु पर्दैन।
सानी मेरा लागि व्रत राख्नु पर्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर