– मानन्धर अभागी
तिमीले घातक नजर लगायौ
नजर लगाएर भुतुक्कै बनायौ
खुसीले रमाई तिमीले मलाई
गुलाबी अधरले चुमेर जगायौ
वर्षौं बाद आज भेट भएको
तिमीले मलाई अंगालेर रमायौ
बिना संकोच तिमी निर्धक सँग
मसित तिमीले रात बितायौ
बिहान जब निन्द्राबाट ब्युँझेसी
नयन झुकाएर तिमी लजायौ ।
***
तिम्रो प्रेम हजारमा बिकेछ
घरिघरि रेष्टूरां बारमा बिकेछ
तिम्रो पहिरन अनि रहन सहन
चारपांग्रे त्यो सवारमा बिकेछ
कसैको सुन्दैनौ घमण्डी तिमी
अचम्म छ अहंकारमा बिकेछ
जवानी छ त भंवराहरू वरिपरि
पैसाकै निम्ती प्यारमा बिकेछ
न लाज न शरम के मतलव र
कमलको फूल झारमा बिकेछ ।
प्रतिक्रिया
-
४
