हाम्रो सहर कुनै कारागारको कोठा हो
बच्चाका अनुहारले
गमलाको स्थान लिँदै छन्
झ्यालको कप्चेरोमा
हामी प्रतीक्षा गरिरहेका छौँ
उदासीन कारागारबाट निक्लिएर
हामी जम्मा हुन्छौँ
थुक्ने प्रतिस्पर्धामा
जसको थुक
टाढा पुग्ने छ
त्यही धेरै स्वतन्त्र
हामी आकाशतर्फ हेर्छौँ
आधा खुलेको आँखामा प्रश्न लिएर
हामीले सुर्यलाई
एउटा चङ्गामा रुपान्तरण गरिदिन्छौँ
अनि किरणको धागोको साहाराले थाम्छौँ
जबसम्म क्षितिज भित्र प्रवेश गरेर छिन्नभिन्न हुन्न
अनि किरणको एक टुक्रा
धर्तीमा बजारिन्छ
विश्रामको
समयको
कहानीको एउटा पन्ना
जो हाम्रो बुझाइ भन्दा पर छ
हाम्रो प्रश्न जीवित रहन्छ
अमिलो मुछेको आँटा जस्तै
हाम्रो छाती भित्र बढ्दै बढ्दै …
***
कवि – इब्तिसाम बरकत (प्यालेस्टाइन – अमेरिका)
भावनुवाद: जनक कार्की
प्रतिक्रिया
-
४
