काभ्रेपलान्चोक जिल्लाको पनौती नगर पालिका वडा नं २ र १२मा सञ्चालनमा रहेको खानीहरूका कारण स्थानीयको ज्यान जोखिममा परेको छ । अवैध रूपमा बनेका खानीहरूले कुन दिन स्थानिहरुको ज्यान लाने हो भनेर स्थानीयबासी त्रसित बनेका हुन् ।

स्थानीय टिकाराम आचार्यको अनुसार यी खानीहरुले मापदण्ड पूरा नगरेको पाएको छ। जसका कारण स्थानिय बासिन्दादेखि ,प्रकृतिलाई ठूलो प्रभाब भएको देखिन्छ ।

साविक ६ नयाँ गाउँका स्थानीय सधैँ एक किसिमको त्रासमा बाच्नुपरेको रोसी खोला खोला नभयर कुलोमा परिणत भएको उनले बताए । तर पनि यी विषयमा वडा कार्यलयदेखि नगरपालिकासमेत उदासिन रहेको उनको आरोप छ ।

अर्का स्थानीय हस्त तमाङले खानीले उक्त क्षेत्रमा सञ्चालित मन्दिर र विद्यालयसमेत जोखिममा रहेको बताए । उनले भने “यदि यी उद्योगहरु आडम्बरीका साथ अगाडि बढि रहयो भने बैरामादेब माथीको बजगाई टोल माथिल्लो आचार्य बस्ति चाँडो पहिरोमा पर्ने देखिन्छ । बस्ति छेउमा रहेक‍ो श्री फुलचोकी निमाबिको भबिष्ष अन्योल देखिन्छ । बैरागी श्वरमहादेको मन्दिर पुरै प्रभाब भैरहेको देखिन्छ । रोशी खोलाभरी ग्राबेल माटोले भरिएको देखिन्छ ,यदि यस्तै रहे कुनदिन सुन्दर नगरि पनौति मरुभुमिमा रुपान्तरण हुने ह‍ो थाहा छैन ।”

यसैगरी स्थानीय जयराम आचार्यले मापदन्ड नपुगेका खानीहरु स्थानीय सरकारले चाहेमा एक साताभित्र नै बन्द गर्न सक्ने बताए । उनले भने “जोखिमलार्य मध्येनजर गर्दै सही मूल्याङ्कन गरेर निर्णय लिन सके यी खानीहरू तीन दिनसम्म बन्द गर्न सकिन्छ । तर विडम्बना हाम्रो कुरा सुनिदिने कोही छैन । त्यसैले माफियाले पेल्छन् । खोलालाई कुलो बनाइ दिन्छन् ।” उनले अवैध खानी बन्द गराउनसमेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर