काभ्रेपलाञ्चोक भुम्लु – भुम्लु गाउँपालिकाको स्थानिय सरकारलाई करार पदपूर्तिमा पक्षपात, सडक मर्मत नभएको, वडामा समानुपातिक बजेट नछुट्याइएको भनी जनताहरुले आलोचना र टिकाटिप्णी गर्न थालेका छ्न् ।

बजेट बिनियोजनको सम्बन्धमा आफ्नो पार्टिगत अध्यक्ष भएको ठाउमा बढी बजेट पार्ने र नभएको ठाउँमा कम बजेट पार्ने समेत आरोप लगाउन थालेका छन् । सबै वडामा समाबेशी बजेट नभएपछि यस्ता गुनासो आउनु स्वभाविक भएको स्थानिय बताउँछन् ।

नयाँ नेतृत्वको स्थानीय सरकार आएपछि गाउँपालिका भित्र रहेका सबै कर्मचारीलाई फेरि खुल्ला रुपमा प्रतिस्पर्धा गर्न लगाइयो । त्यसपछी अधिकाँस हटाइयो । यस बिषयलाई भने पुराना कर्मचारी तथा भुम्लुली अधिकांश जनताले आफ्नो मान्छेलाई रोजगारमा ब्यबस्था गराउनको लागि नै जाल रचेको आरोप लगाएका छ्न् ।

उता पालिका प्रमुख प्रेम बहादुर भुजेलले भने आफूहरूले निष्पक्ष रुपमा गरेको बताउछ्न् ।

करार कर्मचारी पदपूर्तिको बिज्ञापनमा रुकुम बाट आएका परिक्षार्थी प्रकाश खनालले आफूले शतप्रतिशत परिक्षामा मिलाए पनि नाम ननिस्केको भन्दै गुनासो गरेका थिए । उनले यस बिषयमा पालिका अध्यक्षसँग कुरा गर्दै रेकर्ड समेत बाहिर ल्याएका थिए । उक्त रेकर्डमा पालिका प्रमुख भुजेलले आफुले बनाएको नीतिमा फेल खाएको र कुनै ठाउँ खाली भयो भने तपाईलाइ सिफारिस गर्न सक्छु समेत भनेका थिए ।

जब रेकर्ड बाहिरीयो झन् आलोचना र टिकाटिप्णी थपिन थाल्यो । यतिमात्र नभई सबै करार कर्मचारीमा आफ्नालाई मात्र राखेको भन्ने आरोप समेत लाग्यो ।

अघिल्लो स्थानीय सरकारको पालामा कुनै भुजेलहरू पालिकामा रोजगारको लागि आउने नगरेकोमा मेयरमा भुजेल निर्वार्चित भएपछि १०/१२ जना भुजेल रोजगारीमा छिर्नुले निष्पक्षता माथि समेत शंङ्का गर्ने ठाउँ रहेको स्थानिय बताउँछन् ।

ड्राइभरको परिक्षामा पनि परिक्षाको समयमा सामेल नभएको परिक्षार्थीलाइ बैकल्पिकमा नाम निकालेको आरोप छ । उक्त आरोपमा पालिकाले हामीले अर्को दिनमा बोलाएर परीक्षा लिएको भनी जवाफ दिएको थियो ।
तर परिक्षाको समयमा हाजिर नभएकोलाई फेरि किन बोलाइयो भन्ने अर्को सङ्काको बिषय समेत रहेको छ ।

यस विषयमा स्थानिय सुमन शिवभक्तीले पालिका अध्यक्षलाई प्रश्न गरे, ‘प्रयोगात्मक र मौखिक परिक्षामा सम्मसलित नै नभई कसरी लिखित परिक्षामा नाम आयो ? सामाजिक सञ्जालमा त निष्पक्ष भन्नुहुन्थ्यो कसरी निष्पक्ष भयो, जवाफदेही हुनुपर्यो ।’

त्यसैगरि स्थानिय  भुम्लु चौबासको बबिता  कुवर भनिन ‘
नितिगत रूपमा राखेका करार कर्मचारीलाइ हटाउने, स्थानिय तहमा स्थानिय लाई प्राथमिकतामा नराख्ने यो कार्यबिधिमा भएको नीति हो । तेस्लाइ वास्ता नगर्ने, करारमा नाम स्थानियको निस्किदाँ पनि फाल्ने र बाहिरको झोलेझाम्टे अनि लेख्दै नलेख्नेलाई एक कल फोन को भरमा राख्ने, कर्मचारीको मनोमानी गर्ने मिलाउने काम यो सरकारले गरेको छ ।’

कुवरले अझै आक्रोश थपिन, -‘बिरुवा सम्म ठाउँमा रोप्ने जहाँ भूक्षय हुने पाखामा बेवास्ता गर्ने, वनजङ्गल बिनास भैरहेको छ केही अनुगमन नगर्ने । बिद्यालय अनुगमन भनेको छ खोइ अरु ठाउँमा गर्नु नपर्ने हो कि? २ महिना अगाडी लडेको पहिरो जसले बाटो बन्द गरेको छ त्यो बाटो सम्म खुलाएको छैन, मैले देखेको राम्रो काम भनेक दीर्घ रोगिलाइ मासिक रु. ५०००भत्ता दिने मात्र हो ।’

भुम्लुका स्थानिय नेत्र बहादुर कुवर भन्छन् ‘करारका कर्मचारी फालेर अाफ्नालाइ राखियाे वडाकाे बजेट पालिकाेले खर्च गर्ने रे अाफ्ना अासेपासेलाई काम र दाम सुम्पने रे, यो गलत हो ।’

तेस्तै प्रमोदराज गिरी भन्छन्-‘ भर्खरै त पहिलो बजेट आउदै छ अबको ४ वर्ष हेर्न सकिन्छ तेसपछि लेखौँला बाताबरण जोगाएर गरेका बिकाश दिगो विकास हो बिरुवा रोप्न काम धेरै राम्रो छ ।’

सडक सम्बन्धि पनि भुम्लुका स्थानिहरुले धेरै गुनासो गरेका छ्न् । आजभन्दा अगाडि पनि त्यस्तै । झन् नयाँ नेतृत्वको सरकार आएपछि पनि उस्तै हुनेभयो ।

केही महिना अगाडि भुम्लु गाउँपालिकाको सापिङ १ भोटेटारको सुत्केरी महिलाको ज्यान गयो।  बाटो मर्मत नहुनाले स्वास्थकर्मी पुग्न असमर्थ भएपछि उनको ज्यान गएको थियो ।

यो बिषयमा भुम्लु २ का स्थानीय अमृत खड्का भन्छ्न, ‘
विकासको कुरामा त्यो बिरुवा रोप्दैमा विकास हुँदैन एउटा बाटो गतिलो नभएको कारण बच्चाको ज्यान गयो यो कस्ले जिम्मा लिन्छ ? यो विरुबा रोप्ने समय बाटोलाइ दियको भए आज एक सुत्केरी महिलाले आफ्नो काख्को बच्चा गुमाउनु पर्ने थिएन । यो कुरा कस्ले बुझ्यो ? कुरा गर्नु र काम गर्नु मा फरक पर्छ।’

भुम्लु सापिङ्का कृष्ण माझी भन्छन् , ‘हामी गरिब दुखीको लागि राम्रो हुन्छ भनेर नै अहिले नया स्थानीय सरकारलाई भोट हाल्यौँ, जितायौँ तर आज बाटोसम्म मर्मत नभएर शिशु गुमाउनु पर्यो। मलाइ त यस्तो भयो अब अरुलाई नहोस स्थानीय सरकारको ध्यानाकर्षण होस् र

भुम्लुका स्थानिय रिता बिश्वकर्मा भन्छिन: हामीले भोट हाल्यौँ, जितायौँ तर हामीले दलितहरूको लागि धेरै समस्याहरू अवगत गरनएपनि एकाध बाहेब सुनुवाइ भएन । अतिआवश्यक केही भएन दलित भोटको लागि मात्र हो?
खोइ दलितको लागि के भयो?’

समग्रमा भुम्लुबासीहरुले करार पदपूर्ति र सडक मर्मतमा भनेको जस्तो चित्त बुझ्दो काम नभएको गुनासो गरेका छ्न् । उनीहरू भन्छ्न, जुनै जोगी आए पनि कान चिरिएको भनेझैँ भयो। आगामी दिनहरूमा जनतालाई अतिआवश्यक कुरा के हो ? मध्यनजर गर्दै ती कुराहरुमा ध्यानाकर्षण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर