यतिबेला देश वैशाखको गर्मी र  चुनावको तापक्रमले तातेको छु । सबै दलदेखि स्वतन्त्र उम्मेदवारहरू आफूलाई विजयी बनाउनको लागि दौडधुप गरिरहेको छ ।  प्रायः घोषणापत्र हेर्ने हो भने साहित्यलाई छोडेर अरु कुरामा राम्राराम्रा कुरा नै छन् । अपसोस् अहिलेसम्म घोषणापत्र अनुसार शतप्रतिशत काम कहिले पनि हुन नसकेको कुरा सर्वविदित नै छ । यसपाली केही स्वतन्त्र उम्मेदवारको जोश र जाँगर भने प्रशंसनीय छ तर जन्मदै शरीरसँगै विरासतमा पार्टीको थाङ्गनामा जन्मिएकाहरूले भने दायाँबायाँ हेर्न त्यति रुचाउँदैनन् । एउटा देशलाई छोटो समयमा नै कसरी विकास गर्न सकिन्छ भन्ने कुरा सिंगापुरका प्रधानमन्त्री  ह्यारी लि क्वान यु बाट सजिलै सकिन्छ । हुनत हाम्रा नेताहरूले सिंगापुर बनाउँछु भनेको पनि डेढ दशक बितिसक्यो तर अवस्था सिंगापुरको होइन श्रीलंकाको बन्ने आइसक्यो । चुनावको मुख्खैमा आउँदा आज हामीले ह्यारी लि क्वान यु का अनमोल विचारलाई प्रस्तुत गर्ने जमर्को गरेका छौँ । जसले  हाम्रा उम्मेदवार र जनतामा पनि केही प्रेरणा मिलोस भन्ने हाम्रो सोच हो ।
सिंगापुरको कोपा जाभा रोडमा १६ सेप्टेम्बर १९२३ मा लि क्वान यू को जन्म भएको हो र २३ मार्च २०१५ मा देहान्त भयो ।
 ‘पूर्वको मोनाको’ उपनामसमेत पाएको यस मुलुकको आर्थिक समृद्धिका पिताका रूपमा त्यहँँका पूर्व तथा प्रथम प्रधानमन्त्री ली क्वान यू चिनिन्छन्। सन् १९५९ देखि १९९० सम्म सिंगापुरको प्रधानमन्त्रीको कुर्सीमा रहेका लीको एकल परिकल्पनामा आधुनिक सिंगापुरको निर्माण भएको हो। साथै उनी विश्वको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्तित्वको रूपमा पनि चिनिन्छन्।
छिमेकी मुलुक मलेसियाबाट छुटिएर सिंगापुरले सन् १९६५ मा स्वाधीनता हासिल गरेको हो। करिब आधा शताब्दिसम्म सिंगापुर आफ्नै कुनै प्राकृतिक स्रोत नभएको टापुको रूपमा रहेको थियो। त्यसपछि आफूलाई नाटकीयरूपमा रूपान्तरण गरेका सिंगापुरका दुई वटा क्यासिनो रिसोर्ट र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै उत्कृष्ट ठहरिएका छन्। साथै गगनचुम्बी भवनहरूको भीडका कारण सिंगापुरलाई मानिस प्रतिस्पर्धी छिमेकी हङकङ र अमेरिकाको न्युयोर्कको म्यानह्याटनसँग तुलना गर्दछन्। लीले सिंगापुरले हासिल गरेको आर्थिक र भौतिक उपलब्धिलाई आफ्नो स्मरण पुस्तक ‘फ्रम थर्ड वल्र्ड टु फस्र्टः दि सिंगापुर स्टोरीः १९६५–२०००’ मा राम्ररी उल्लेख गरेका छन्। लीले सिंगापुरलाई विश्वकै आकर्षित लगानीको गन्तव्यको रूपमा विकास गर्न र देशको भौतिक पूर्वाधारहरूको बेजोड र उदाहरणीय ढंगले निर्माणका लागि कुशल र सिपालु जनशक्ति उत्पादनमा विशेष जोड दिएका थिए। जसले गर्दा उनी राष्ट्रको हवाई र जलीय सम्पर्कलाई पनि उत्कृष्ट ढंगले विस्तार गर्न सफल भए। उनले देशमा न्यून र पारदर्शी करयुक्त शासन प्रणली र कडा नियम कानुन तथा तटस्थ कूटनीतिको माध्यमबाट सफा र हरियो शहर विकास गरेका थिए। सशक्त कर्मचारीतन्त्रका कारणले पनि छोटो समयभित्रै उल्लेखनीय आर्थिक समृद्धि हासिल गरेको सिंगापुरले आफूलाई संयुक्त राज्य अमेरिका र चीनको गठबन्धन समूहमा राख्न सकेको हो। परिणमस्वरूप हेर्दाहेर्दै सिंगापुर विश्वकै शक्तिशाली र धनी वित्तीय केन्द्रको रूपमा देखापर्यो। धार्मिक र जातीय विविधता भएको सिंगापुरमा समय सापेक्ष, आधुनिक, व्यवहारिक र वैज्ञानिक शिक्षाको कार्यान्वयनमा पनि लीले महत्त्वपूर्ण भूमिका निभाएका थिए।
सिंगापुरलाई भ्रष्टाचारबाट मुक्त गर्न, हरियाली बनाउन, अनुशासीत बनाउन र सफा देश बनाउन लिले अथक मेहनत गरेका छन् । भनिन्छ सुरुसुरुमा त्यहाँ जनतामा सरसफाइको कुनै ज्ञान थिएन ।जनतालाई झुपडीबाट अपार्टमेन्टमा लगेर राख्दा पनि उनीहरूलै अपार्टमेन्टमै सँगुर लगायतका चौपाया पाल्ने गर्दथे । सडक छेउ रोपिएका बिरुवा चोरी हुन्थ्यो । अहिले सिंगापुरको सरसफाइ विश्वको नमुना बनेको छ ।
आउनोस् अब उनै ह्यारी ली क्वान यूका अनमोल विचारमा विचरण गरौँ ।
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् तिनका शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण हुन्छन् । राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफौ राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् । नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढाचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् । र  चेतावनी  यी सबै प्राप्त गर्न सजिलो चैं छैन।
पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न। जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जनसमूहलाई आकर्षण गर्न सक्छ मात्र जनसमूह आकषिर्त हुदैन । पूरै गाउँलेले सुन्ने गरी कराउने एउटा कुखुरीले एउटा अण्डा दिन्छ तर सय अण्डा दिने कछुवाको आवाज नै सुनिादैन। नारा र योजना फलाक्नु भन्दा  परिणाममुखी नेता उत्तम हुन्छ ।
देश विकासको पहिलो पक्ष त अधिकारवाला नै हो- तिनले कस्तो र कसरी निर्णय गर्छन्, दोस्रो जनता हुन् अधिकारवालाका निर्णयलाई तिनले कसरी बुझ्छन् र लिन्छन्, तेस्रो छिमेकी मित्र हुन्- तिनका प्रवृत्ति कस्ता छन् ।
—–
तीन कुरामा ध्यान दिनुस्, सडक तथा रेलजस्ता कुरामा बढी नै ध्यान दिनुस् । स्तरीय सडक सञ्जाल बनाउनुस् । दोस्रो, प्रविधिमैत्री फ्याक्ट्री बनाउनुस् । पूराना फ्याक्ट्रीमा नयाँ प्रविधि जडान गर्नुस् । तेस्रो दक्ष जनशक्तिमा जोड दिनुस्, तिनलाई सक्षम बनाउनुस् । कामप्रति जिम्मेवार बनाउनुस् । यति कुरा गर्न सक्नुभयो भने देश बन्न बेर लाग्दैन ।
—–
राम्रा कुरा आकाशवाट खस्तैनन्, त्यो त लामो समयको गहन मेहनत चाहिन्छ ।
—-
केही राम्रो काम गर्न केही अलिकप्रिय निर्णय गर्नुपर्ने पनि हुन सक्छ ।
मन्त्रीहरु नै सफा भए भने कर्मचारीहरु सफा हुन बाध्य हुन्छन्, मन्त्रीहरु नै खुला र छाडा भए भने अरुका लागि पनि खुल्ला र छाडा हुन बाटो खुल्छ ।
हामीले हामी आफैलाई सम्मान नगरेसम्म अरुलाई सम्मान गर्न सक्दैनौ, गरे पनि त्यो कृतिम हुन्छ ।
—-
प्रतिस्पर्धा ज्यादै खतरनाक हुन्छ । तर, हरियाली बनाउने प्रतिस्पर्धा चाहि सबैभन्दा राम्रो प्रतिस्पर्धा बन्यो ।
—-
कम्पनीलाई निरन्तर नाफामा लैजानु छ भने आफ्ना कामदारहरुलाई निरन्तर सिकाउनुपर्छ, निरन्तर तालिम र अवसर दिइरहनुपर्छ । आफ्ना कर्मचारीमाथि गरिएको लगानी कहिल्यै खेर जाँदैन ।
सिकाउने र निरन्तर सिकाउने उनीहरुको दर्शनले उनीहरुलाई सधैं अगाडि नै बढाएको छ । कहिल्यै पछि पर्नु परेको छैन भलै उनीहरुले अंग्रेजी भाषालाई मुख्य भाषा नअंगालेका होउन् ।
देश विकासको निमित्त पहिलो नम्बरमा सरकारको जासुसी संयन्त्र राम्रो बनाउनुस् । दोस्रो नम्बरमा जहिले पनि मध्यमार्गी बाटो लिनुस् । तेस्रो नम्बरमा भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अगाल्नुस् । बुढा सरकारी कर्मचारीलाई बिस्तारै पाखा लगाएर नयाँ र ऊर्जावानलाई ठाउँ दिनुस् । तिनलाई राम्रो तलब दिनुुस् ।
मैले जनतालाई कहिल्यै ढाँटिन, झूटो आश्वासन दिइनँ । गर्न सक्ने कुरा मात्र गरें । भनेको कुरा पूरा गरें । यसले ममाथि उनीहरुको विश्वास बढायो । मैले जुन कुरामा कहिल्यै विश्वास गरिनँ’, त्यसलाई मैले बढाइचढाई जनतालाई भनिनँ । जनतालाई विस्तारै थाहा भयो, ‘म इमान्दार छु र भनेको कुरा पनि सचेत छु । यहि मन्त्रके मैले चुनाव जिते ।
विकासको व्यवस्थापन पनि एउटा कला हो । विकास त आयो तर त्यसले भ्रष्टाचार, नातावाद र महंगी पनि निम्त्यायो भने त्यसको काम हुँदैन ।
संकलन – जनक कार्की

प्रतिक्रिया

सम्बन्धित खवर