दक्षिण कोरिया – आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ नेपाल, प्रवास समिति दक्षिण कोरियाले गत आईतबार एक काव्ययात्रा सम्पन्न गर्यो । “मातृभाषा काव्ययात्रा-२०२१” नामक कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

मातृभाषाको संरक्षण र सम्वर्धनका लागि आयोजना गरिएको यो कार्यक्रममा नेपाल भित्र बोलिने बिभिन्न १४ मातृभाषामा ५० कविहरूले एक एक कविता सुनाए ।

कविहरूको कवितामा भाषा नबुझिए पनि देश, माटो र आफ्नो पुर्खाको चिनारी गुम्ने हो कि भन्ने चासो र चिन्ता सहितका कविताहरू मुखरित थिए । आ-आफ्नै मातृभाषामा वाचन भएका कारण पनि कार्यक्रम थप आकर्षित भएको थियो ।

आदिबासी जनजाती साहित्यकार/लेखक महासंघ केन्द्रिय कार्यसमितिका अध्यक्ष कार्यक्रममा प्रमुख अतिथि समेत रहेका साहित्यकार राजन मुकारुङले मातृभाषाको आफ्नो छुट्टै सौन्दर्य रहेको र यसलाई मनन गर्दै संरक्षण र सम्बर्धनमा जुट्नु पर्ने कुरा औँल्याए ।

उनले मातृभाषाहरूका शब्दहरूले उत्पन्न गराउने झंकारले यो चाहिँ मेरो भाषाको झंकार हो भन्ने अनुभुत गराउने बिचार ब्यक्त गरे । मातृभाषाबाटनै आफ्नो पहिचान स्थापित हुने कुरामा जोड दिँदै उनले भने, “आफ्नो छुट्टै भाषा, सभ्यता, संस्कृति र ईतिहास भएर पनि हामी नेपाली राजनीतिको सिमान्तमा छौँ। अब हामी मुलप्रवाहमा समाहित हुन प्रयत्न गरिरहेका छौँ। मातृभाषामा हामीले हाम्रो साहित्य, कला, बिम्ब, प्रतिकलाई लेखिरहन जरुरी छ।”

तेस्तै अर्का बिशिष्ट अतिथि अमृत योञ्जनले राज्य तहबाट ईतिहास देखिनै संस्कृत भाषा जबर्जस्त अध्ययन गरेन लगाउने तर हाम्रा मातृभाषालाई हेला गरिएको बताए । उनले भने, -“संस्कृत भाषा मृत भाषा हो, नेपालको मातृभाषाहरूसँग सम्बन्धित छैन् । हामीले यसलाई छाडेर आफ्नै मातृभाषाको प्रयोग गर्नुपर्छ ।” कार्यक्रममा बोल्दै उनले जुन जुन देशमा मातृभाषामै बालबालिकाले अध्ययन गर्न पाए ती दे बिकसित भएको र जुन देशमा एउटा भाषा मात्र थोपरियो ती देश गरिबीको रेखा मुनीनै रहेको औँल्याए ।

कार्यक्रम सफल भए पश्चात आदिवासी जनजाती साहित्यकार/लेखक महासंघ नेपाल, प्रवास समिति दक्षिण कोरियाका अध्यक्ष तथा कवि पराजित पोमुले खुसी व्यक्त गर्दै सबैलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

सोनाम ह्योल्मो शेर्पा र दिलिप बान्तावाले सञ्चालन गरेको कार्यक्रम झण्डै ३ घण्टा चल्यो । कविता वाचन कार्यक्रम दुई चरणमा बिभाजित भएको थियो ।

साँझ ५ बजे देखि सुरु भएको कार्यक्रमको निम्नानुसार शिर्षकमा तपशिलका कविहरूले कविता वाचन गरे ।

१, अनिता माझी
भाषा : माझी
कविता शीर्षक : लदि

२. अष्टनारायण धिमाल
भाषा : धिमाल
ठेगाना : मोरङ्
कविता शीर्षक : काङ्को आजुको सा

३. ईन्दिरा नेम्वाङ निङसाङ
भाषा : लिम्बु
ठेगाना : पाँचथर
कविता शीर्षक : थेल्लङ्

४.  एनिका घ्लान तामाङ
भाषा : तामाङ्
ठेगाना : पाँचखाल-१, तिनपिप्ले काभ्रे
कविता शीर्षक : मिख्ली तैना लाजी ङाला

५. उदय पुर्वेली चोङबाङक्याक
भाषा : लिम्बू
ठेगाना : मैवाखोला-१, ढुंगेसाँघु ताप्लेजुङ्
कविता शीर्षक : मुन्धुम

६. कविराज तामाङ
भाषा : तामाङ
ठेगाना : काभ्रे
कविता शीर्षक : ङाला डम्फु

७. कविता काव्य
भाषा : थारु
ठेगाना :
कविता शीर्षक : भन्सर्या

८. काशिराम विरस
भाषा : नेपाल भाषा
ठेगाना : भक्तपुर
कविता शीर्षक : खँग्व:या आस्था

९. किशोर बायुङ राई
भाषा : बायुङ्
ठेगाना :
कविता शीर्षक : पुपुम झुम्सिया

१०. केवल प्रसाद थारु
भाषा : थारु
ठेगाना : सैनामैना-४, रुपन्देही
कविता शीर्षक : हमहनके निशानी

११. गोबिन्द राना मगर
भाषा : मगर
ठेगाना : बाणगंगा-१०, कपिलवस्तु
भाषा : किरिम्च सार

१२. चन्द्री मोक्तान तामाङ
भाषा : तामाङ
ठेगाना : अत्तरपुर, सिन्धुपाल्चोक
कविता शीर्षक : ह्वाईखा

१३. छम गुरुङ
भाषा : गुरुङ्
ठेगाना : गोरखा
कविता शीर्षक : फि-फिनेन

१४. जसिहब थुलुङ खार्ल्युम्च्यो
भाषा : थुलुङ
ठेगाना : कुईभिर१, चस्कु ओखलढुंगा
कविता शीर्षक : छकरिप स्योम्द

१५.जीवन आरोही
भाषा : चाम्लिङ्
ठेगाना : उदयपुर
कविता शीर्षक : चिनो

१६. झरना वाम्बुले
भाषा : वाम्बुले
ठेगाना : मानेभञ्ज्याङ-३, फोकुल ओखलढुंगा
कविता शीर्षक : राईची

१७. डियर अविरल
भाषा : थारु
ठेगाना :
कविता शीर्षक : टुँ पर्बट्या मै थारु

१८. तेजबहादुर गुरुङ
भाषा : गुरुङ्
ठेगाना : वालिङ-४, स्याङ्जा हाल पोखरा
कविता शीर्षक : क्ल्हे तखो

१९. दिनेश धिमाल
भाषा : धिमाल
ठेगाना : धिमाल समाज काठमाडौ
कविता शीर्षक : लो:घाही रो

२०. नैन सेटाल्छु जेरुङ
भाषा : कोईच
ठेगाना : कोईच राज्य समिती
कविता शीर्षक : पापोकी

२१. नरेश कोईँच ठुले
भाषा : कोईच
ठेगाना : हङ्कङ्
कविता शीर्षक : बोकेन है कोईचमुरपुकी

२२. निशा लोवा
भाषा : लिम्बू
ठेगाना :
कविता शीर्षक :

२३. बर्षा धिमाल
भाषा : धिमाल
ठेगाना : भातेगौँडा बजार, मोरङ्
कविता शीर्षक : केलाईको संस्कृति

२४. मलिसा याक्थुङबा
भाषा : लिम्बू
ठेगाना : पाँचथर
कविता शीर्षक :

२५. मिरा राजभण्डारी अमात्य कतामारी
भाषा : नेवारी
ठेगाना : काठमाडौ
कविता शीर्षक : बिन्ती धाये छन्त:

२६. मोतिराम चौधरी
भाषा : थारु
ठेगाना : कैलाली
कविता शीर्षक : नारी टोहान रुप

२७. यस गोधुली
भाषा : लिम्बू
ठेगाना : ईलाम
कविता शीर्षक : मेरो मिस्त्री

२८. रचना मोक्तान
भाषा : तामाङ्
ठेगाना : नमोबुद्ध-५, काभ्रे
कविता शीर्षक : छ्योर्तेन

२९. राजकुमार कान्छा
भाषा : थारु
ठेगाना : दाङ्
कविता शीर्षक : बाबुसाप! टुँहाँ मजैरा

३०. रामप्रकाश अन्धकार
भाषा : थारु
ठेगाना :
कविता शीर्षक : डाईक बाहा

३१. रोशनी तमुस्यो
भाषा : गुरुङ्
ठेगाना : पोखरा
कविता शीर्षक : ङै ह्युल पिबा दिन

३२. रिम राना मगर
भाषा : मगर
ठेगाना : हरिनास-४, स्याङ्जा हाल पोखरा
कविता शीर्षक : ग्याहोंट

३३. रुपा चाम्लिङ
भाषा : चाम्लिङ्
ठेगाना : लिम्चुङ्बुङ उदयपुर
कविता शीर्षक : मामामो म्मरी

३४. लामा पेम्बा ह्योल्मो
भाषा : ह्योल्मो
ठेगाना : हेलम्बु सिन्धुपाल्चोक
कविता शीर्षक : ङाती सेम

३५. वाली छथरे
भाषा : लिम्बू
ठेगाना : छथर तांखुवा, धनकुटा
कविता शीर्षक : ख्याली

३६.वुङातुङ चाम्लिङ
भाषा : चाम्लिङ्
ठेगाना : हलेसी खोटाङ्
कविता शीर्षक : ओहिङ्पा, रोदिङ्ची

३७.सहस्रा राई
भाषा : चाम्लिङ
ठेगाना : हलेसी खोटाङ
कविता शीर्षक : यलेखाम

३८.सजना गोले तामाङ
भाषा : तामाङ
ठेगाना : काभ्रे
कविता शीर्षक : लानी

३९. सागर कुश्मी संगत
भाषा : थारु
ठेगाना : कैलारी-८, कैलाली
कविता शीर्षक : महटन अंगना सुनसान होगैल

४०.सागर केरुङ
भाषा : लिम्बू
ठेगाना :
कविता शीर्षक : मुदोखाम्दो से?माङ्

४१.सोम डेमनडौरा
भाषा : थारु
ठेगाना : राजापुर-२, बर्दिया
कविता शीर्षक : म्वार बाबा

४२.सुमन सहयात्री
भाषा : लिम्बु
ठेगाना : याङ्वारक-४, पाँचथर
हाल साउदी अरब
कविता शीर्षक : आनि कुबुङ युङ्साबासी

४३.सुशिला निनाम
भाषा : चाम्लिङ
ठेगाना : खोटाङ
कविता शीर्षक : सुम्निमा मो हैकामा

४४. सेसेहाङ फियाक लिम्बु
भाषा : लिम्बू
ठेगाना : दमक झापा
कविता शीर्षक :

४५. शंकर अन्जान सहयात्री
भाषा : थारु
ठेगाना : जानकी-८, जबलपुर कैलाली
कविता शीर्षक : रुपियक शहर

४६. श्याम वाम्बुले राई
भाषा : वाम्बुले
ठेगाना : मानेभञ्ज्याङ-५, ओखलढुंगा हाल काठमाडौ
कविता शीर्षक : ईश आड्यास्ता कावा

४७. शुभचन्द्र राई
भाषा : चाम्लिङ
ठेगाना : खोटाङ
कविता शीर्षक : लाम

४८.हेमा आले ‘ बोगी ‘
भाषा : मगर
ठेगाना : नवलपरासी
कविता शीर्षक : आर्मिन

४९. हेम सेमिक्वा
भाषा : लिम्बू
ठेगाना : फाल्गुनन्द-२, पाँचथर
कविता शीर्षक :

५०. हेन्सेन याक्खा
भाषा : याक्खा
ठेगाना : धरान
कविता शीर्षक : छालुम्बा

प्रतिक्रिया

सम्बन्धित खवर