
यसपालिको निर्वाचनले देशमा स्वतन्त्र अनुहारलाई मज्जाले साथ दिएको देखिन्छ । अहिलेसम्म देश्भरबाट ३७३ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरिसकेका छन् । स्थानिय तहको यो निर्वाचनको परिणामले पुराना दलहरूबाट आजित भएको अनुमान लगाउन सजिलो बनाइरहेको छ । स्वतन्त्रबाट विजयी हुने उम्मेदवारले जनताको आशा र विश्वासलाई कायम गर्न उनीहरूले गरेको प्रतिबद्धता साकार गर्नुपर्ने चुनौती पनि बढेको छ । यदि स्वतन्त्र विजयी जनप्रतिनिधिले असल काम गर्ने हो भने अब आउने चुनावमा स्वतन्त्र उम्मेदवारीको सङ्ख्या ह्वात्तै बढ्नेछ र विजयी पनि हुने देखिन्छ । त्यसैले यो नतिजा भनेको आशा लाग्दो रहेको छ ।
भारतमा यसैगरी एउटा नयाँ वैकल्पिक पार्टीको उदय भएको थियो, जो आम आदमी नामबाट परिचित छ । केजरीवालले दिल्लीमा आम आदमी पार्टीको झण्डा अप्रत्याशित शैलीबाट गाड्न सफल भए । उनले गरेको कामले दिल्लीका जनताको मन जित्यो । आजको विवेक क्याप्सुलमा उनै अरबिन्द केजरीवालका केही अनमोल विचारलाई प्रस्तुत गरेका छौँ ।
– हामी ठूला पार्टीको घमण्ड ध्वस्त गर्न जन्मिएका हौँ । हामी सधै सावधान रहनुपर्छ कि हामीलाई ध्वस्त गर्न अर्को पार्टी जन्मिन नपरोस् ।
– यो केजरीवाल होइन जसके आज सपथ ग्रहण गरिरहेको छ, यो आम मान्छे हो, यो आम मान्छेको जीत हो ।
– आम मान्छे को हो ? तपाईं मान्नुहुन्छ कि आम मान्छे मध्यम वर्गीय हो । त्यसो होइन जो यो भ्रष्ट तन्त्रबाट आजित भएका छन्, त्यहीँ आम मान्छे हो ।
।
– सत्यको बाटो काडाले भरिएको छ । हामी भविष्यमा आउने सबै अप्ठ्याराको सामना गर्न तयार छौँ ।
– हामी यहाँ सत्ता कब्जा गर्न आएका होइनौं । जनताको शासन जनतालाई फर्काउन आएका हौँ ।
– यो देशको नेताहरूले आम मान्छेलाई चुनौती दियो कि उनीहरू चुनाव लडून,विधान सभामा आऊन्, आफ्नो कानुन आफैं बनाऊन । नेताहरूले बिर्सिए कि आम मान्छे खेत जोत्छ, नेताले होइन । आम मान्छे चन्द्रमामा जान्छ नेता होइन । जब कुनै विकल्प बाँकी रहेन आम मान्छेले निस्चय गर्यो कि अब उसले चुनाव लड्छ ।
– हामीहरूले सबै आशा मारिसकेका थियौ कि राजनीति गुण्डागर्दी र भ्रष्टाचारीले गर्ने कुरा हो । तर जब दिल्ली विधानसभाको चुनावमा जनताले साबित गरे कि राजनीति इमानदारीताले पनि जित्न सकिन्छ तब हौसला मिल्यो कि चुनाव इमानदारीताको साथ पनि गर्न लड्न सकिन्छ ।
– मैले पढ्दै थिएँ कि दिल्लीमा दुईजनाको मृत्यु चिसोका कारण भयो । स्वतन्त्रता पछि करोडौं खर्च गरिसकिएको छ। सायद यसबाट बच्न सकिन्थ्यो यदि पैसा सहि ठाउँमा खर्च गरिएको भए । कहाँ गयौ सारा पैसा ? आमा मान्छे जान्न चाहन्छ । यो देशमा राजनीतिको अपराधीकरण सुरु भइसकेको छ।
– दिल्लीको आम आदमी पार्टी यो बताउन अगाडि आएको छ कि देशको राजनीति कुन दिशामा जान पर्छ ।
प्रतिक्रिया
-
४
-
१०