आँगन
– नाजिम हिकमत
(टर्की )
सबैभन्दा सुन्दर सागर
पार गर्न बाँकी नै छ
सबैभन्दा सुन्दर शिशु
हुर्कनलाई बाँकी नै छ
देखिएको छैन अझै
सबैभन्दा सुन्दर दिन
सबैभन्दा सुन्दर शब्द
मैले तिम्लाई भन्न खोजेको
बाँकी नै छ भन्नलाई
अझैसम्म छैन भनेको !
***
अनुवाद : श्यामल
प्रतिक्रिया
-
४
