✍️ जिज्ञासु पौडेल तिलक

मुक्तक – एक 

चल्न सक्छ दिलमा छुरा पहिल्यै थाहा रैछ
मिल्छ अर्कैको सिन्दुर चुरा पहिल्यै थाहा रैछ
सङ्गै जिउने कसम खाँदा आसु झारेकी थिइ
अहिले छुट्नुपर्छ भन्ने कुरा पहिल्यै थाहा रैछ

मुक्तक – दुई 

पाएको छु कसरी भनौँ म ? जैले गुमाएको छु
अरुको कुरा के गरौँ र ? आफैले गुमाएको छु
पैसाले खुशी किन्न सकिन्न तपाईँ भन्नुहुन्छ
पैसाकै कारण कैयन् खुशी मैले गुमाएको छु

मुक्तक – तीन 

न छातीमा आगो बल्छ न आँखामा झरी हुन्छ
न कुनै यादले सताउँछ पीडा अनेक थरी हुन्छ
मिठो बोलेर सम्बन्ध जोगिएला सोच्दै नसोच्नु
सत्य बोलेर जोगाएको सम्बन्ध अजम्बरी हुन्छ

मुक्तक – चार 

यत्ति त लेखेरै राख्नु इज्जत छ भने डर हुँदैन
मन भित्र अनेक कुराहरु खेलिरहने डर हुँदैन
सम्झिन गाह्रो होला, झुट बोल्ने मान्छेलाई
सत्य बोल्ने मान्छेलाई केहि बिर्सने डर हुँदैन

मुक्तक – पाँच

काशी गए पनि नुहाए पनि कुशले केही बुझ्दैन
जतिसुकै बुझ्ने छु भने पनि उस्ले केही बुझ्दैन
गर्न त गर्छ महिला अधिकारका ठूलाठूला कुरा
आफ्नै श्रीमतीलाई नबुझ्ने पुरुषले केही बुझ्दैन

 

प्रतिक्रिया

सम्बन्धित खवर