✍️ बालिका थपलिया
आफ्नो जीवनमा यात्रामा मैले मानव आत्माको शक्तिलाई साक्षीको रूपमा नियालेकी छु । आश्चर्य र आशाको त्यान्द्रो समात्दै शारीरिक प्रतिकूलताको वाबजुद पनि मैले यथासम्भव हिड्ने कामलाई जारी राखे । आशा के हो ? आशा सपनाको थालनी हो । यो तिम्रो उद्देश्यको आवाज हो । जीवनमा आइपरेका घटनालाई तिमी नियन्त्रण गर्न त सक्दैनौ तर आफूले दिने प्रतिक्रियालाई चाहि अवश्य नियन्त्रण गर्न सक्छौ ।
मलाई मार्टिन लुथर किङ असाध्य मन् पर्छ । ‘यो संसारमा गरिएको सबै काम आशाद्धारा गरिएको हो ।’ जब तिमीसँग सास छ तब आशा पनि हुन्छ । तिमी र म मान्छे मात्र हौ । हामी भविष्य देख्न सक्दैनौ । तर हामी सम्भावनाको खोज गर्नचाहि सक्छौ । हाम्रो जीवनलाई गति दिने बारेमा भगवानलाई थाहा छ । आशा हाम्रो लागि उपहार हो । संसार हेर्ने झ्याल हो । तिम्रो मन्मा आशा रोप र राम्रो काम गर्नको लागि आफूलाई तयार पार ।
कहिलेकाही अवश्य पनि हामीले आÏना प्रश्नहरुको जवाफ पाउन सक्दैनौ । हाम्रो आशा र चाहनाको विरुद्ध दुखले स्थान जमाउन सक्छ । कहिलेकाही पवित्र आत्मा भएका राम्रा मान्छेले पनि जीवनमा अमूल्य चीज गुमाउनुपर्छ र दुख बेहोर्नुपर्छ । हाइटी, चिली, मेक्सिको र चाइनामा गएका भुकम्पले धेरैलाई दुख दिए । पीडा र बेदना हरेक दिन आउँछ । प्राकृतिक विपत्तिमा धेरैको मृत्यु भयो । उनीहरुको आशा र सपना उनीहरुस“गै म¥यो । धेरै आमाले आÏना सन्तान गुमाए । धेरै आमाले आÏना छोराछोरी गुमाए ।
यस्ता पीडाको माझ तिमी कसरी आशावान हुन सक्छौरु यस्ता घटनाहरु मानव जीवनका लागि यथार्थपरक अध्याय हून् । यस्ता पीडाको बीचमा पनि हामीस“ग आशा हुन्छ । सयौ स्वयंसेवकहरु दुर्घटना हुँदा दौडिए । विद्यार्थी, चिकित्सक, इन्जिनियर अनि अरु संरक्षकहरु पनि त्यहाँ गएका थिए । उनीहरूले भुकम्पको कारणले आपतमा परेका मानिसको उद्धार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सबैभन्दा विषम परिस्थितिमा पनि भगवानको उपस्थिति प्रमाणित गर्नको लागि आशा देखा परेको हुन्छ । म घरि घरि जीवनका दुखद घटना सम्झिन्छु । त्यस्ता घटनासँग आफ्नो पीडाको तुलना गर्छु । मैले पनि आÏना मान्छे गुमाउनुको पीडा भोगेको छु । मेरो काकाको छोराको क्यान्सरको कारण सत्ताइस वर्षको उमेरमा मृत्यु भयो । हाम्रो परिवारमा दुख छायो । नजिकको मान्छे गुमाउनुपर्दा शून्य महसुस हुँदोरहेछ । मेरो अशा सांसारिक अस्तित्वभन्दा टाढासम्म्म फैलिन चाहान्छ । अन्तिम आशा स्वर्गमा छ । जिसस क्राइस्टमा विश्वास गर्ने मेरो काकाको छोरा स्वर्गमा पुगेका छन् र उनलाई कुनै दुख छैन् ।
कठिन समयलाई हामीले हेर्ने दृष्टिकोणको बारेमा भगवानलाई थाहा हुन्छ । हाम्रो जिन्दगी अस्थायी भए पनि हामी शाश्वततामा विश्वास गर्छौ । हाम्रो जीवन असल वा खराब जे भएता पनि स्वर्गमा पुग्ने आशा गरिराखेका हुन्छौ । भगवानले धर्ती अथवा स्वर्ग जहाँ भएता पनि हामीलाई खुसी दिने प्रयास गरिरहन्छन् ।
मन्मा आशा जगाउनको लागि मित्रताको पनि अर्थ रहन्छ । तिम्रो करुणाको भावनालाई आशामा बदल्ने कोशिस गर । । सबै विषयको जवाफ दिन सकिदैन् । जब हामी निराश अनुभव गर्छौ, जब भगवानका भक्तहरु निरुत्तर हुन्छन्, जब हामी भयङ्कर डरको महसुस गर्छौ । यस्तै अनुभुतिमा जीवनको मुक्ति लुकेको हुन्छ । विशेष गरेर म अनि मलाई पछयाउनेहरुको लागि भगवानले प्रेम र वुद्धि प्रदान गर्नेछन् ।
शक्तिशाली उपहार
मैले सन् २००८ मा प्रथम पटक चाइनाको भ्रमण गरेको थिए । त्यतिबेला नै निराशालाई आशामा बदल्न मन् लागेको थियो । मैले ग्रेटवाल देखे र विश्वको आश्चर्यबारे जान्ने मौका पाए । युवा चाइनिज केटीको आँखामा भएको चमकले मेरो ध्यान तान्यो । उनी बच्चाहरूसँग खेलिरहेकी थिइन् । उनको भव्य अभिव्यक्तिमा म आकर्षित भए । त्यसैले म उनीभन्दा टाढा जान सकिन् । उनी चमत्कारपूर्ण तरिकाले नाच्थिन् । उनको नृत्यको हाउभाउ देख्दा मेरा आँखा आँशुले डबडबाए । ती केटी आफ्नो कर्तव्यलाई वफादार भएर पूरा गर्थिन् ।
ती केटी र अरु केटाकेटी केही महिना अघिको भुकम्पबाट टुहुरा भएका बालबालिकामा पर्दथे । म, मेरो हेरचाह गर्ने व्यक्ति अनि मेरो भ्रमणको साथीले टुहुरा केटाकेटी बस्ने ठाउँमा गएर राहत सामाग्री उपलब्ध गरायौ । म उनीहरुको मन्को निराशा हटाएर आशाको ज्योति जगाउन चाहान्थे ।
त्यो उजाड बस्तीमा जाँदा भुकम्पको कारण उत्पन्न जटिल परिस्थितिलाई राम्रोसँग नियाले । त्यतिबेला उनीहरुसँग कुरा एकदम गाह्रो भएको थियो । उनीहरूले चिनेको र प्रेम गरेको सबै चीज भुकम्पले लगेको थियो । मैले उनीहरुलाई लुगाफाटो र खानेकूरा त दिए तर आशा कसरी दिने ? निरुत्तर थिए । उनीहरुलाई जीवनसँग नजिक बनाउलाई म जे पनि गर्न तयार थिए ।
त्यहा“का प्रत्येक केटाकेटी मसँग साक्षात्कार गर्न छेउमा आएर बसे । मैले उनीहरूसँग केही नबोले पनि अनुहार बोलिरहेको थियो । असहज समयको बाबजुद पनि उनीहरु चम्किला देखिन्थे । मैले उनीहरूलाई उत्प्रेरित गर्नुको साटो ती कलिला नानी मलाई नै शिक्षा दिइरहेका थिए । आमावुबा, घर र जायजेथा गुमाउनुपरे पनि ती मुहारमा आशाको किरण झुल्किएको देखियो । काँडाबीच फुलेको गुलाफझै ती निर्दोष बालबालिकाहरुले जीवनप्रति देखाएको अभिलाषाको कारण अपाङ्गता भएको व्यक्ति म निक भुजिसिकको मन्मा अदम्य उत्साह जगायो ।
सपना र साहस
तिम्रा सपनाहरु पूरा गर्नको लागि सर्बप्रथम त साहसको जरुरत पर्दछ । तिम्रो बाटोमा आउने चुनौतिको सामना गर्नको लागि आफूलाई कहिल्यै अयोग्य नठान् । मैले धेरै ठाउँमा पीडाको पहाडबीच उभिएर मुस्कुराउने मान्छे देखेको छु । चाइनाको टुहुरो बस्ती, मुम्बईको गरिब बस्ती अनि रोमानियाको जेलमा पनि मानिस हाँसिरहेकै छन् ।
मैले दक्षिण कोरियाको सामाजिक कल्याण केन्द्रमा बोलेको थिए । त्यहा“ केही मानिसहरु अपाङ्गताको अवस्थामा पुगेका थिए अनि केही बच्चाका आमा मात्रै थिए । उनीहरुको आत्मिक शक्तिले म एकदम प्रभावित भए । दक्षिण अफ्रिकाको जेलमा पनि गए । निक्कै खराब अपराधीहरुलाई कडा पहरासहित राखिएको थियो ।
जेलभित्रबाट आएको सङ्गीतको आवाजले मेरो ध्यानलाई केन्द्रित ग¥यो । त्यो साङ्गीतिक झङ्कारले भगवानको उपस्थितिको आभास दिलायो । ती जेलमा बस्ने मान्छे बाहिरी रूपमा बन्दी थिए तर भित्री रुपमा स्वतन्त्र थिए । विश्वास र आशाले भरिपूर्ण थिए ती जेलबासी । जेलबाट बाहिर निस्कदा ती मानिस बाहिरकाभन्दा धेरै स्वतन्त्र भएझै लाग्यो । तिमीले पनि आत्मिक रुपमा बाँच्नको लागि आशा जगाउन सक्छौ ।
दुखले उद्धेश्य पूरा गर्नको लागि मार्गनिर्देशन गर्दछ । भावनाको अनुभव गर्नु प्राकृतिक कूरा हो । तर तिम्रो भावनाले तिम्रो विचारलाई थिच्न दिनुहुँदैन् । सकरात्मक विचारले तिम्रो आत्मिय भावनालाई पवित्र बनाउन सक्छ ।
म पनि बौद्धिक शक्तिमा विश्वास गर्ने मान्छे । पीडादायी समयमा पनि आत्मविश्वासलाई कायम राखिरहेको हुन्छु । यदि तिमीमा आशा छैन् भने जीवनमा राम्रो घटना घट्ने सम्भावना शून्य हुन्छ । जुनसुकै काम शुरू गर्दा सक्छु भन्ने सोच । पहिला नै असफलताको भविष्यवाणी नगर ।
शून्य ? यो अवस्थाको बारेमा तिमी सोच्न सक्छौ ? विश्वास र प्रेम सगँसँगै आशा आत्मिकताको खम्बा हो । जीवनको हरेक पक्ष विश्वासबाट शुरू हुन्छ । यदि तिमीमा आशा थिएन् भने के परिवारकोे योजना बनाउँथ्यौ र ? के आशाविना तिमी केही सिक्न चाहान्थ्यौ र ?
आशा हामीले टेक्ने प्रत्येक पाइलाको साक्षी हो । मैले यो किताब लेख्नुको आशा तिमीले असीमित ज्ञान पाएर सुन्दर जिन्दगी बाँच भन्ने हो ।
यो प्रसङ्गमा वाइबलको भनाई उदधृत गर्न मन् लाग्यो ‘भगवानमा विश्वास गर्ने मान्छेले उनीहरुको शक्तिलाई नविकरण गर्न सक्छन् । उनीहरु चिलझै उड्न सक्छन् । दौडिन सक्छन् र थाक्न त सक्छन् तर हिम्मत हार्दैनन् ।’ जब मैले यो उद्धरण पढे, मलाई हातखुट्टा चाहिन्छ जस्तो लागेन् । कामले नै जीवनमा गति प्रदान गर्छ । जसले नसोचेका अबसरको पनि सिर्जना गर्छ ।
दुवै हात गोडा नभएका निक भुजिकको आफ्नै जीवनमा आधारित विश्वप्रसिद्ध पुस्तक लाईफ विथआउट लिमिट्स’ले साहस, बल, उत्प्रेरणा दिन्छ । यस पुस्तकलाई लेखक बालिका थपलियाले अङ्ग्रेजी संस्करणबाट अनुवाद गर्नु भएको हो । लेखक थपलियाका अनुसार नेपाली संस्करण छिट्टै बजारमा आउनेछ ।
प्रतिक्रिया
-
४
