✍️ बालिका थपलिया
प्यास
रहन देऊ
प्यारो मान्छे
हाम्रो प्यासलाई
प्यास नै रहन देऊ
हो तिमी र मेरो बीचमा
सांसारिक पर्खाल खडा छ
तर हाम्रो प्रेमको कुनै छेकबार छैन्
म यही तृष्णामा डुब्दा डुब्दै
लचप्रै भिजिसके
मलाई यही रुझान प्रिय छ
मलाई यही अप्राप्य चाहना प्रिय छ
घाइते हुन देऊ
यादको प्रहारबाट
म युगानुयुग दुखिरहन
तम्तयार छु
आखिर प्रेम प्यासको अर्को नाम हो
अतृप्तिको पराकाष्ठा हो
तिमीलाई जति नियाले पनि
जति भेटघाट गरेपनि
म मृगतृष्णा मात्र रहन्छु ।
ए हृदयस्थ मान्छे†
हाम्रो प्यासलाई
प्यास नै रहन देऊ ।
*
प्रेमको महिमा
मरुभुमिझै थिए म
तिमीले प्रेमको वर्षा गरिदियौ
जब म चुर्लुम्म भए
तब आशाका पालुवा तछाडमछाड गर्दै
मन् वरिपरि पलाउन थाले
जिन्दगीमा प्रेम स्फुरण भयो
म फूलै फूल भए
पातै पात भए
अनुरागको नशा लागेर मातै मात भए ।
जीवन
व्यर्थताको शंखघोष बन्दोरहेछ
प्रेम नभएको बेलामा
प्रेम† जिउनुको बरदान रहेछ
प्रेम† हृदयको सम्मान रहेछ
प्रेम† पवित्र स्तुतिगान रहेछ
तिम्रो आगमनपछि
इन्द्रेणीझै रङ्गीन अनुभुति
म पल पल गरिरहेछु
कल्पना, सपना, विपनामा
तिम्रो नामको बुट्टा भरिरहेछु
तिमी नरहदा
मेरो कुनै अस्तित्व छैन्
तिमी छौ त म
म छु त तिमी ।
*
गुलाफको जुनी फेरौ
केही दिन के हराएथे म
कान्लाभरी, आ“गनभरी
गुलाफ फुलेको देखेर
हदै चकित भए
म मदहोश भए
कसम छ ती पत्रदलमा
तिमीलाई प्रेमपत्र लेखे
तिमी विश्वस्त नभएको खण्डमा
गुलाफ फूलको पासो थाप
म मृत्युवरण गर्नेछु
रङ्गीन कफनमा सुत्नेछु
र पक्का तिमी
मेरो पागलपनको कारण
मर्माहत हुनेछौ
त्यो बखत
गुलाफका शीतविन्दुले
मेरो शरीरमा सेचन गर
अनि युगानुयुग हामी
फेदीको शीतलतामा
गुलाफका कविता लेखेर
गीत, भजन गाएर
मीठा धुन निकालेर
गुलाफको जुनी फेरौ ।
व्यर्थताको शंखघोष बन्दोरहेछ
प्रेम नभएको बेलामा
प्रेम† जिउनुको बरदान रहेछ
प्रेम† हृदयको सम्मान रहेछ
प्रेम† पवित्र स्तुतिगान रहेछ
तिम्रो आगमनपछि
इन्द्रेणीझै रङ्गीन अनुभुति
म पल पल गरिरहेछु
कल्पना, सपना, विपनामा
तिम्रो नामको बुट्टा भरिरहेछु
तिमी नरहदा
मेरो कुनै अस्तित्व छैन्
तिमी छौ त म
म छु त तिमी ।
*
गुलाफको जुनी फेरौ
केही दिन के हराएथे म
कान्लाभरी, आ“गनभरी
गुलाफ फुलेको देखेर
हदै चकित भए
म मदहोश भए
कसम छ ती पत्रदलमा
तिमीलाई प्रेमपत्र लेखे
तिमी विश्वस्त नभएको खण्डमा
गुलाफ फूलको पासो थाप
म मृत्युवरण गर्नेछु
रङ्गीन कफनमा सुत्नेछु
र पक्का तिमी
मेरो पागलपनको कारण
मर्माहत हुनेछौ
त्यो बखत
गुलाफका शीतविन्दुले
मेरो शरीरमा सेचन गर
अनि युगानुयुग हामी
फेदीको शीतलतामा
गुलाफका कविता लेखेर
गीत, भजन गाएर
मीठा धुन निकालेर
गुलाफको जुनी फेरौ ।
प्रतिक्रिया
-
४