✍️ साहिर लुधियानवी
अनुवाद : रिमा के सी

ताज तिम्रोलागि प्रेमको एउटा प्रतीक हुन सक्छ !
तिमीलाई यी रमणीय स्थानसंग श्रद्धा हुन सक्छ !
मेरी प्रियसी, तिमी कतै अन्तै भेट्ने गर मसंग !

राजदरबारमा गरिबको प्रवेशको के अर्थ ?
जुन द्वारमा टाँसिएका छ्न वैभवका चिन्हहरु
त्यही पथमा प्रेमिल आत्माले यात्रा गर्नुको के औचित्य ?

मेरि प्रियसी, प्रेमको बिज्ञापनको पर्दा पछाडी लुकेका
वैभवका चिन्हहरु त तिमीले देख्नुपर्ने !
मुर्दा शासकहरुका चिहानसंग रमाउने तिमी !
आफ्नो अँध्यारो झुपडीमा एकचोटि त चिहाउनुपर्ने !

असंख्य मानिसहरुले प्रेम गरे, यो जगतमा
कस्ले भन्छ, पवित्र थिएन उनिहरुको माया
तर थिएनन् कुनै प्रेमको बिज्ञापनका साधनहरु
किनकि उनिहरु पनी निर्धन थिए हामी जस्तै

यी महल र दरबारहरु, यी किल्ला र पर्खालहरु
स्वैच्छाचारी राजाको महानताको स्तम्भ
संसारको पच्छौरीमा बुट्टा भर्ने ती रङ्गहरु
जस्मा मिसिएको छ तिम्रा र मेरा पुर्खाहरुको रगत

मेरि प्रियसी, उनिहरुले पनि त प्रेम गरे होलान्
जस्का हातका कलाले प्रदान गरे यो सुन्दर रुप
उनिहरुको प्रेमको चिहानको नाम निशान छैन
आज सम्म न कसैले जलायो कुनै दियो !

यी बगैंचा, यो जमुनाको किनारा, यो महल
यी चित्र कुँदिएका भित्ताहरु, यी खोपा र ढोकाहरु
एउटा बादशाहले दौलतको सहारा लिएर
हामी गरिबको प्रेमको उडायो भद्दा मजाक

मेरि प्रियसी, कतै अन्तै भेट्ने गर मसंग !!

प्रतिक्रिया

सम्बन्धित खवर