कवि दीप डाँगी रून्टीगढी गाउँपालका ५ रोल्पाका स्थायीबासी हुन् । हाल काठमाण्डौ बुढानिलकण्ठ बस्दै आएका उनी पत्रकार महासंघ रोल्पाको संस्थापक उपसभापति , मानव अधिकारकर्मीका रुपमा करीव ५ वर्ष कृयाशील थिए । विगत २ दशकदेखि साहित्य, संगीत सामाजिक सेवा र व्यवसायमा संलग्न उनले दर्जन म्यूजिक भिडीयो केहि व्यापारीक विज्ञापनमा अभिनय गरेका छन् । दर्पण गिती संग्रह प्रकाशीत उनको विभिन्र पत्रपत्रिकामा फुट्कर कविता प्रकाशित छन् । उनै कविको पछिल्लो समय एक्लो पृथ्वी एक्लो मान्छे कविता सङ्ग्रह प्रकाशित छ । यसै कृतिमा आधारित भई सम्पादक जीवन खत्रीले कविलाई गरेका पाँच प्रश्न र कविक‍ जवाफ ।

१, एक्लो पृथ्वी एक्लो मान्छे कवितासङ्ग्रहको बारेमा छोटकरीमा यसको परिचय गराईदिनुस न ।

यो संग्रह निम्न वर्गीय र निम्न मध्यम वर्गीय समाजको चरित्र चित्रण हो । संग्रहमा धेरै जसो कविताका पात्र र कथा सत्य छन् । देश छाडिजाने बाध्यतामा परेकाहरूका मानोभाव र मनोदशा प्रस्तुत गरिएको छ । संग्रहमा समावेश भएका ५२ओटै कविता समान्य भाषा, शैली र शील्पमा लेखिएको छ । थोरै बिद्रोह र आवेग तर धेरै प्रेम, करुणा र सद्भाव संग्रहमा भेटीन्छ । गाउँको कुरा, भुँईको कुरा, सिमान्त आवज, देशमा चलेको शसस्त्र युद्धमा गुमनाम भएका केहू पात्रहरूको कथा कवितामा पाईन्छ । आञ्चलिकताका हिसाबले थोरै रोल्पाको गन्ध पाईन्छ । यो संग्रहका हिसाबले पहिलो संग्रह हो । समग्रमा संग्रहले प्रेम, विश्वास र भरोसा निर्माण गर्ने प्रयत्न गरेको छ । संग्रह सांग्रिला बुक्सबाट बजारमा आएको छ । आवरण र समावेश भएका चित्रहरू कवि तथा चित्रकार रसिक राजको रहेको छ ।

२, एक्लो पृथ्वी, एक्लो मान्छे शीर्षक गहन, गहिरो अर्थ बोकेजस्तो र अलि भिन्न लाग्यो । यसको बारेमा बताईदिनुस न ।

सामान्य अर्थमा मानिस संसारमा छ । सबैसँग छ । यो सबै उसको भ्रम हो । मानिस खास एक्लै नै हो । ऊ जन्मेको एक्लै हो र पृथ्वी छोडेर जाँदा एक्लै जाने हो । खासमा यो समाज वा देश वा विश्व प्रत्येक एक्लो मानिसको सामुहिक रुप हो । एक्लो हुनु प्राकृतिक र अन्तिम सत्य हो जब मानिसले अन्तिम सत्य बुझ्छ । ऊ यो भौतिक झमेलाबाट तटस्थ रहन सक्छ जसरी पृथी ब्रह्माण्डमा सबैसँग भएर पनि  एक्लो नै छ ।

३, यहाँको सक्रियतामा अनेकौँ साहित्यिक बिशेषत कविताका कार्यक्रमहरू हुन्छन् । कवितामा तीन पुस्ता, रोल्पामा हरेक वर्ष हुने राष्ट्रिय कविता महोत्सव लगायत उदाहरण छन् । पुस्तक पनि कविताकै आयो खासमा के रहेछ कविता । 

कविता जीवनको मेरुदण्ड हो । विशाल लेख रचनामा भन्ने कुरा कविले कविताको एक हरफमा बताउन सक्छ । कविता मेरुदण्ड हो साहित्यको । मुटु हो जस्तो लाग्छ । कला, शील्प र कोमलताको संगम कविता हो । समाज बोल्न र समाजलाई विषय बुझाउन कविता भन्दा सरल र प्रिय अरु माध्यम त्यति बलियो लाग्दैन । त्यसैले कविता आन्दोलन, अभियान, दैनिकीका रुपमा स्वीकार्य भएको हो ।

४, खासमा तपाईँ मोडलिङमा पनि रुची भएको र झण्डै दर्जन गीतहरूमा आफ्नो अभिनय गर्नु भएको छ । कविताको त किताबै आयो । उसो त तपाईँ बभिन्न कार्यक्रमको डिजाईनर र टक्सार नाम पत्रिकाको डारेक्टर समेत हुनुहुन्छ । यी लगायत अरु पनि होलान् । एउटा मान्छे धेरैतिर भाग लाग्नु भएजस्तो लाग्दैन्रु यसरी सफल कवि हुन सकिएला । 

जीवन रहरले बाँच्ने हो । म सबै काम रहले गर्छु । मैले गर्ने व्यवसायिक कार्य पनि रहरले नै गर्छु । रुची, मेहनत र रहर मिसिए पछि सबैमा पूर्ण भइन्छ । म सफल हुन भन्दा पनि पूर्ण हुन र पूर्णानुभूतिका लागि विविध आयाममा संलग्न हुने गर्छु ।

५, भर्खरै पाठककले यहाँको किताब पाए । नढाटीँ भन्नेगरि पढिसकेका पाठकको कस्तो प्रतिक्रिया आईरहेका छन्रु र अब पढ्न बाँकी पाठकलाई तपाईँको म्यासेज के छ । 

प्रतिक्रिया उत्साह जनक छ । भर्खर बजारमा जाँदै छ । समालोचकहरूको हातमा पनि जाला प्रतिकृयाहरू अवश्य आउनेछन् । सबै प्रकारका सुझाव, सल्लाह र प्रतिक्रियाहरू स्वीकार्य छन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर