✍️  यात्रीप्रकाश पाण्डे

धेरै भइसकेको थियो दिपीकाले निशानलाई सम्झन छाडेकी । भन्ने नै हो भने दिपीकाको बिहे भएपछि सुरुवातमा जस्तै च्याटमै सिमीत हुन थालेका थिए दुवैजना । पहिले पहिले एकदुई महिनाको स्पेसमा निशानले फोन गर्दथ्यो । तर ऊ भन्थी, केही काम छ भने मात्र गर्नु । मेरो हज्व्यान्डले थाहा पायो भने सिध्याउँछ, मलाई फोन नगर्नु । ऊ रुखबाट लाछिएर घाममा ओइलाउँदै गरेको हाँगाजस्तै लत्रक्क पथ्र्यो । तैपनि एकदिन निकै भावुकताका साथ भन्यो । “ती दिनहरुमा के मलाई एकपल पनि माया गरेकै थिइनाँै त दीपिका रु के सबै सम्बन्धहरु प्रेम बिनाकै थिए ?”

ऊ पनि एकछिन त केहि बोल्थिन् । चुपचाप बस्थी । त्यसपछि भन्थी । “त्यो तितेपाती जस्तै अतीत हो निशान । जसरी तितेपाती चपाएर निल्दा पेटै बटार्नेगरी तितो हुन्छ । उसैगरी हामीले त्यो अतीत चपाइरह्यौँ भने मनै बटार्ने गरी तितो भइरहन्छ । त्यसैले बिर्सिदेऊ ती यावत कुराहरू । अनि मैले गरेको गल्तीहरूलाई पनि माफी दिनु है ?”

बटारिन त तितेपातीले बटारेको पेटभन्दा दुईगुणा बटारिरहेथ्यो निशानको मन पहिल्यैदेखि । तैपनि केहि जवाफ फर्काउन सकेन । अर्कोतर्फ दिपीकाको जिन्दगीमा असर पार्न पनि चाहदैनथ्यो ऊ ।

नयाँ वर्ष आयो । तर उसको मनमा नयाँ उमङ्ग आउँन सकेन, नयाँ दिनहरू आउन सकेनन् । बरू मानसपटलभरी पुरानै दिनहरू फ्ल्यासब्याक भएर आइरहे । उसले सम्झ्यो ठ्याक्कै पाँच वर्षअघि आजकै दिनमा पहिलो भेट भएको थियो दिपीकासँग । उसकै याद यतिका वर्षपछि पनि निकै गाढा भएर आएपछि उसलाई फोन नगरिरहन सकेन । गर्यो ।

“ह्याप्पी न्यु इयर अङ्कल ।”
उसलाई आफैले पहिले न्यु इयर विस गरुँला भन्ने सोच्दै फोन गरेको थियो निशानले । उल्टै अर्को अपरिचित बालकबाट विस आइहाल्यो ।
“थैङ्क यु एण्ड सेम टु यु बेबी । हु आर यु ?”
“आइ एम दिवस । सन अफ दिपीका एण्ड विवश । हु आर यु अङ्कल ?”

दिवश नामधारी त्यो सानो बच्चाको यति आवाज सुन्दै गर्दा निशानलाई घरी पानी परेर शरीर निथ्रुक्कै भिजेजस्तो लाग्यो । घरी चर्को घामका रापहरू खेप्नुपरेजस्तो पनि भयो । भेलले जङ्गल बढारिसकेपछि बगरभरी छरप्रष्ट छरिदिएको मुढाहरूभन्दा बढी छट्पट्टीहरू एकाएक पसारिन थाले उसका मनभरी । सोच्यो– “दिवश दिपीका र विवशको सन्तान नभएर निशान र दिपीकाको भइदिएको भए अथवा बरु निशान र अरु कसैको भइदिएको भएपनि आज अङ्कलको ठाउँमा मलाई बाबा भन्थ्यो होला । आज जस्तो संवाद मसामु ग-यो, उस्तै संवादको क्रममा दिपीकासामु प्रश्न गर्थ्यो होला ।”

“आइ एम् दिवस, सन अफ निशान एण्ड समवान् । हु आर यु आन्टी ? एकछेउमा बसेर सुन्दा मलाई कति आनन्द आउँथ्यो होला ।”

“आइ एम् निशान, अँ ओल्ड फ्राइण्ड अफ योर मम् दिपीका ।” निकै संयमित भएर फुच्चेको जवाफ फर्कायो निशानले । यतिसम्म कि मानौँ उसलाई अति आवश्यक परेको जागिरको लागि ऊ अन्तर्वार्ता दिइरहेछ । र फुच्चेले अन्तर्वार्ता लिइरहेछ ।

“फ्राइण्ड पनि ओल्ड र न्यु हुन्छ र अङ्कल ?” फुच्चेले दिइहाल्यो । बाठो रहेछ । अचेलका बच्चाहरू आमाको पेटमै बाह्रखरी सिकेर आएका हुन्छन्, जन्मदा त धेरै कुरा जान्ने भइसक्छन् भन्थे, हो रहेछ जस्तो लाग्यो उसलाई ।

“त्यो त तिम्रै मामुलाई सोध्नुपर्छ ।” भन्न मन लागेको थियो उसलाई तर त्यो अवोधलाई के भन्नु भनेर भनेन । जे होस् फुच्चेसँग केहिबेर कुन्नि के के कुरा गरेपछि दिपीकाको खबर सोधेर फोन राखिदियो ।

***

“तिमी मलाई आफ्ना सारा शरीर सुम्पेर पनि किन माया सुम्पन सक्दैनौ रु यदि माया नै गर्न नसक्ने थियौ भने शरीर चाँहि किन सुम्पियौ नि मसामु रु के तिम्रो शरीर त्यति सस्तो चीज हो रु सस्तै रुपमा सुम्पदै हिड्न मिल्ने ?”

प्रत्येक दिन दिपीकासामु लमतन्न तेर्सिने प्रश्न हो यो निशानको । तर जतिनै बेरिने गरेर तेस्र्याए पनि उसले यो प्रश्नको कुनै प्रवाह नगरी भन्थी– “मैले तिमीलाई चाहिनेजति दिएकै छु, अझै दिनुपर्नेभन्दा बढि नै दिइरहेछु । पाएको चीजको फाइदा चुपचाप उठाउनु नि । कति प्रेमको कुरा मात्रै गर्छौ रु प्रेम र शारीरिक सम्बन्ध फरक कुरा हो निशान ।”

“तर म त तिमीलाई प्रेम गर्छु दिपीका, सोचेको छु तिमी पनि मेरो प्रेमकै विश्वास गरेर मसँग यतिविघ्न नजिकिएकी हौ ।”

“तर मैले त यहाँ कुनै कुराको विश्वास गरेकै छैन न त तिम्रो प्रेमको भर नै परेको छु निशान ।”
दिपीकाबाट यस्ता जवाफहरु पाएपछिका दिनहरुमा सोच्न थालेको थियो निशानले – “यो कस्तो केटी हो । अरु केटीहरू त पहिल्यै भविष्य सोच्छन् । दुईपक्षीय प्रेम हो भन्ने पक्का पक्की भएपछि मात्रै आफ्नो शरीर सुम्पन्छन् । त्यो पनि निकै सङ्कोचका साथ तर यो केटी किन प्रेमविनाकै सम्बन्ध चाहिरहन्छे ?”

हरेक साँझ फुर्सद हुनेबित्तिकै केहि सोच्ने प्रयास गथ्र्यो निशान । तर उसलाई सोच्ने फुर्सदसम्म उसले कहाँ दिएकी थिई र । जब उ केहि सोच्न लाग्थ्यो । ढोका ढक्ढकिइहाल्थ्यो । उ आइपुगीहाल्थी । सरासर उसको काखमै बस्थी र नक्कल पार्दै भन्थी– “के लाचारजस्तो चुपचाप बसिरहेको । म नै अघि बढ्नुपर्ने हो कि के हो ?”

भन्न त उसलाई मन थियो, “यो मामलामा कहिले पो अघि बढेको थिएँ र रु सधैँ तिमी नै त बढिरहेकी छ्यौ ।” तर भनेन । “म तिमीलाई नै सम्झिरहेको थिएँ । तिम्रै यादमा हराइरहेको थिएँ । तर हराइसकेको म यहाँ भेटिनुअघि नै तिमी भेटिन्छ्यौ भन्ने कल्पनानै गरेको थिइनँ दिपीका । भेटियौ खुशी लाग्यो ।”

निशान आफ्नो भावुकता दिपीकासामु सदैव यसैगरी विछ्याइरहन्थ्यो । दिपीकाबाट भने यस्ता कुराहरुको कहिल्यै प्रतिक्रिया आउँदैनथ्यो । त्यसको सट्टा निशानको शरीरसँग गाँसिएर बसेको उसको शरीरले दिइहाल्थ्यो प्रतिक्रिया– भुग्रोंजस्तो ज्वरो आएको बालक भन्दा पनि बढ्ता तातेर । छिनमै निशानको शरीरभरी उसको नजरपनि छरप्रष्ट रूपमा जथाभावी सल्बलाउँथ्यो । त्यसपछि शरीर सल्बलाउँथ्यो । उसको मनको चरी निशानले बनाएको माया र मनको गुँडमा कहिल्यै बस्न चाहन्नथ्यो ।

“भयो यार यहाँ भावनाको नदि नबगाऊ । मलाई पौडन आउँदैन । पौडन जानेको भए पहिल्यै पारी पुगिन्थ्यो । यसरी अल्मल्लिएर बस्नै पर्दैनथ्यो । अनि यसरी तिमीले मक्ख पार्न लाग्यौ भन्दैमा म मक्ख पर्नेवाला पनि छैन बुझ्यौ रु केटाहरू कुन कुराको लागि केटीहरूलाई मक्ख पार्छन् भन्ने कुरा धेरथोर थाहा छ मलाई पनि । केटीहरूको जवानीलाई कुवाको पानीजस्तै ठान्छन् केटाहरू । सुरूमा सफा नै देख्छन् र प्यास नमेटिउन्जेल अञ्जुली भरी निकाल्दै पिइरहन्छन्, जब प्यास मेटिन्छ आफ्नै अञ्जुलीले गर्दा धमिल्लिएको बाँकी पानीलाई फोहोर मिसिएको सम्झेर छाडिहिँड्छन् ।”

“तर म छोड्दिन दिपीका तिमीलाई ।” ऊ बारबार भनिरहन्थ्यो । “भयो । मैले नछाड्नु भनेको छैन । तिमीले पनि निर्धक्क छाड्न सक्छौ ।” ऊ यस्तै भन्थी र निशानको कपालमा मुसार्दै समात्थी र उसको अधरलाई आफ्नो छातीको चेपमा बेस्सरी जोड्दै भन्थी, “आज म कस्ती देखिएकी छु ?”

चिसो यामको प्रत्येक रात ऊ निशानसँग बिताउँथी । आफ्नो प्रेमपूर्ण प्रयासमा सफल हुन नसकेपछि निशान हारेको मन लिएर यन्त्रवत् तरिकाले मात्रै ऊ सामु प्रकट हुन्थ्यो । ऊ भने नशालु आँखाले निशानतिर हेर्थी र भन्थी “तिम्रै लागि सिरक बन्न आएको छु । गम्लङ्ग ओढ्नु नि । जाडो भएको छैन ?” अझै निशान स्थिर जस्तो बनेर चुपचाप उसको चर्तिकला हेरिरहन्थ्यो । निशानबाट काम अघि नबढ्ने लागेपछि ऊ आफैँ अघि बढ्थी । उसको हात समातेर आफूतिर जोडले तान्थी र पलङमा पल्टिन्थी । त्यसपछि घरी उसलाई सिरक बनाउँथी, घरी आफै बन्थी ।

शारीरीक बन्धनमा धेरै नै बाँधिदै गएपछि त उसले पनि मनमा प्रेमको कोपिला उमार्छे कि भनेर धेरै समय खर्चियो निशानले पनि । आफ्नो मनमा निभ्नै लागेको चाहाको अगुल्टोलाई उसको चाहनाको अँगेनोमा जर्बजस्ती ठोसेर नै भए पनि धेरैपटक बालिदियो । धेरैपटक पगाल्न खोज्यो । तै पनि दिपीकाको मन पग्लिदै पग्लिएन । बरू पगाल्नै नचाहेको उसको शरीर बढिनै पग्लिरह्यो । उसको सारा शरीर पग्लिएर पानी भइसकेको हुन्थ्यो । तर पग्लिइसकेको शरीरभित्रको मनमुटु भने ढुङ्गाको जस्तो हुन्थ्यो । कहिल्यै नपग्लने । तै पनि मनको ओदानोबाट कैयौँ रापिला तापहरू दिन छाडेन । पगाल्ने कसरत गर्न छाडेन । तर विडम्बना निशानले जतिनै मनको राप उतिर पठाएपनि उसको मनको मैनबत्ती कहिल्यै पग्लिएन । सदैव चिसै रह्यो । उस्तै जमिरह्यो ।

***

फेसबुक बनेको थियो निशान र दिपीकाको भेट गराउने एजेन्ट । निशानले नै पठाएको थियो फ्रेण्ड रिक्वेस्ट उसलाई । फेसबुक प्रोफाइलमा ऊ कुनै बनावटी सेल्फीमा खिचिएकी थिइन् । नत कुनै उत्ताउलो पहिरन र पोजमै थिई । फोटो देख्दा नै उसको शालिनतालाई मन पराएको थियो निशानले । पहिलो भेट भएको दिनदेखि त झनै ऊ उसको शालिनता देखेर मनैदेखि आकर्षित हुन पुगेको थियो । ऊ साथीभाइहरू सँगको गफगाफमा पहिल्यैदेखि भन्ने गर्दथ्यो, कसको विगत र व्यवहार कस्तो छ भनेर जान्नको लागी कतै बुझ्नु जरुरी छैन । जम्माजम्मी एक इन्चको अधर छ इन्चको अनुहार नै काफी हुन्छ । त्यसकै आधारमा उसले पहिलो भेटमै आफ्नो शक्ति र सामथ्र्यले भ्याएसम्म पढ्यो दिपीकाको अनुहारलाई । र गौण रूपमा पढेको थियो उसको बोलीचाली र चालढाललाई पनि । कतैबाट पनि उसले अवगुण भेटेन ।

दोश्रोपटक गौशाला चोकनेर भेट हुँदा कसैले देख्ने पो हुन् कि भन्दै ऊ निकै डराएकी थिई । त्यसबेला पनि ख्याल गरेको थियो निशानले ऊ कतिसम्म सामाजिक मर्यादामा रहन खोज्ने केटी रहिछे भनेर ।

च्याटमा गफ गर्दा पनि ऊ बाह्य गफतिर ध्यान दिन्नथी । फेसबुक प्रोफाइलमा स्टुडाइड (बिएचम) एट कान्तिपुर इन्टरनेशनल कलेज लेखिएको थियो । प्रायः उसका स्टाटसहरू पनि पढाइसम्बन्धी चिन्तन मै आधारित हुन्थे ।

जीवन र जगत्केन्द्रीत उसका स्टाटसहरूको प्रभावले गर्दा निशानका सोच विचारहरूमा पनि पछिल्लो समय निकै परिवर्तन आएका थिए । यसकारण पनि दिपीकासँग भेट्ने इच्छा धेरैअघिदेखि व्यक्त गरेको थियो निशानले । भेटेर उसका ओझिला कुराहरू धेरै सुन्ने इच्छा पनि थियो उसँग । दिपीकाले बाहिरी वातावरणमा उसँग एकछिन बस्नपनि अप्ठ्यारो महशुस गरेपछि उसले भन्यो– “मेरो कोठा यहाँ नजिकै पर्छ । उतै जाउँन त ।”

“ओ ∕ तिम्रै कोठाकोठा चहार्दै हिड्ने केटी सम्झ्यौ मलाई ?”

उसले त ठूलै आपत्ति जनाएर पो प्रश्नचिन्ह तेस्र्याई । अझै त्यो प्रश्नचिन्ह भन्दा पनि भयानक प्रश्नचिन्ह बनेर ठडियो निशानको नजरअघि उसको नजर । त्यसपछि त उसको अनुहारतिर हेर्नै सकेन निशानले । एकछिनमै दिपीका गरुड भई । ऊ सर्प । मानौं उसले निल्नै लागेकी छे । निशानको धड्कन जोडजोडले छातीमा थेचरीन थाल्यो । मानौ त्यो फुटबल हो र कसैले फुटाउने विचारले भुईमा पछारेको पछार्यै छ । शीर पुरै सय केजीको ढुङ्गा झुण्ड्याइएको वृक्षको हाँगोभन्दा बढ्ता झुकिसकेको थियो । उसले तत्काल केहि बोल्ने चेष्टा ग¥यो, तर मस्र्याङ्दीको पानी मेलम्चीको घाँटीमा आएर अड्किएझैँ बोलीजति सप्पै घाँटीमै अड्कियो । हात र खुट्टा दुवै असिनपसिन भएर काँप्न थाले । मानौ उसको हातखुट्टामा वायु चढेका छन् । छिनमै तिनीहरु दुदीगोरिल र शक्तिगोरिल बने । अब अकालमा मरेको कारण वायु बनेकाहरुको सन्देश ओकल्नेछन् । उसको मुखले भने त्यतिबेला एक शब्द पनि ओकल्न सकेन ।

“फेरी किन चुपचाप बस्नुभ’को ?” उसले निशानको अवस्था नबुझेझैँ भनी । “बोल्न मन पनि लाग्न छाड्यो जस्तो छ अब त ।”

“त्यस्तो होइन । मलाई अप्ठ्यारो लाग्यो त्यसैले ।”

“अप्ठ्यारो त मलाई पो लाग्नुपर्ने हो तपाइँले त्यस्तो प्रस्ताव राख्दा ।’
“तर मैले त्यस्तो क्यै नराम्रो सोचेर भनेको हैन । बाहिर बस्दा तपाइँले अप्ठ्यारो महशुस गर्नुभएकोले भनेको हुँ ।” निशानले छातीमा हात राखेर भन्यो । “दायाँ बायाँ त्यस्तो केहि पनि हुदैँन मबाट ।”
“तर केटा मान्छेहरूको केहि विश्वास हुदैँन । कुरो एउटा काम अर्को ।”

“विश्वास रु” निशानले पशुपतितिर इशारा गरेर भन्यो । “पशुपतिको कसम ।”
“भयो भयो यति धेरै कसम पनि खानु पर्दैन ।” उसले मुस्कुराउँदै भनी “जाऊँ ।”
ऊ सोफाको एकछेउमा बसी । निशान अर्को छेउमा । केहिबेर दुवै बोलेनन् । निशानको निशानाहरू पछिसम्म रहनेगरी खिचिएका थुप्रै फोटाहरू झुण्डिरहेका थिए भित्तामा । मन लागेर भनौँ या नलागी नलागी सोफाबाट जुरुक्क उठेर उसले सबै फोटाहरूलाई एक एक गर्दै नियाली, र सोफातिरै फर्किइ । यो पाली सोफामा बस्दा उ निशानभन्दा टाढा बसिन । निकै नजिकिएर बसिदिई । त्यसपछि जब उसले नै वातावरणलाई सहज बनाउँदै विविध कुराहरू गर्न थाली । निशानलाई पनि लाग मिलेजस्तै भयो ।

“दिपीका दायाँ बायाँ हुदैँन नि ।” उसले मुस्कुराउँदै भन्यो, “पशुपतिको कसम खाइया छ ।”
“तपाईले पो दायाँबायाँ गर्दिन भन्नुभा’छ”, उसले निशानलाई अङ्गालोमै बेरेर कानको जालीभित्रै तातो सास पुग्नेगरी फुस्फुसाई । “मैले भन्या त छैननी । तपाइँले पो कसम खानुभा’छ मैले त खाएकी छैन नि ।”

यी सारा कुराहरुप्रति सुरुमा त निशानलाई अप्ठ्यारो पनि लाग्यो, तर पछि सोच्यो–“सोचाइमै भर पर्ने कुराहरु हुन् यी सबै । सोच्दै गए जे पनि हुन्, नसोचे केहि पनि होइनन् ।”

दुईजनाबीच त्यति धेरै निकटता बढ्न भ्याएकै थिएन दुवैको शरीर भने एक अर्कासँग सन्निकट हुन पुगिहाले । एक्सलेटर र गेयरको बलमा गाडी अगाडि बढेजसरी सबै कामकारबाहीहरूमा दिपीका नै अगाडि बढिरही । निशान भने न्युट्रलमा रहेजस्तो देखियो । अघिपछि कतै नबढ्ने । अचल रूपमा बसिरह्यो ऊ । अचल भएर बस्यो त के भन्नु ? आखिर न्युट्रलमा बस्यो भन्दैमा स्टार्ट बन्द भएको कहाँ हुन्छ र । स्टार्ट बन्द नगरी न्युट्रलमा बस्दा इन्जिनले पनि भाइब्रेशन दिन कहाँ छाड्छ र ।”
“म तिमीलाई मनदेखि प्यार गर्छु दिपीका ।” आऊजाऊ धेरै नै हुन थालेपछिको एकदिन उसले भन्यो– “किन सधैँ इन्कारमात्रै गरिरहन्छौ ?”

“हँ ? मनदेखि प्यार ?” उसले खिस्सी गर्दै भनी । “केटाहरूले कस्ती केटीलाई आत्मादेखि प्यार गर्छन् र कस्ती केटीलाई सतही प्यार गर्छन् मलाई सबै थाहा छ निशान ∕ भो तिमीले भनिरहने कसरत नगर्नु । मै भनिदिन्छु, म जस्ती सम्पुर्णतया नाङ्गिइसकेकी केटीसँग तिमीले गर्ने प्यारको कुनै रस बाँकी रहदैँन, र छैन पनि बुझ्यौ ? नबुझे बिस्तारै बुझ्दै जान्छौ ।”

त्यो दिन पनि ऊ सदाझैँ सरासर उसँग काम कुरो सिध्याएर आफ्नो बाटो लागी । पुरुषलाई पनि केटीहरुले यौन साधनको रुपमा प्रयोग गर्छन् र छाडिदिन्छन् भन्ने सुनेको थियो निशानले होकि जस्तै लाग्यो । एकछिन त उसलाई आफु पनि दिपीकाको साधनकै रुपमा प्रयोग भएँ कि जस्तो पनि लाग्यो । के गरुँ गरुँ भइरहेको उसले आफ्नो ल्यापटपमा नेट कनेक्ट गरिरहेको आफैले थाहा पाएन । सधैँझै इनबक्समा गएर मेल चेक गर्दैगर्दा एकपटक बाध्य भएर सोच्यो, “यो पनि चालु केटी रहिछे क्यारे ।”
त्यो दिन उसलाई मेल नियमित साथीहरुको आएको थिएन । तर कहिल्यै नआउने दिपीकाको आएको थियो । एकछिन त उ अक्क न बक्क भयो त्यसपछि हतारिएर मेलको रुपमा आएका एकएक अक्षरहरु चामलको कनिका केलाएझैँ केलाउन थाल्यो । मेल यसरी लेखिएको थियो ।

निशान,
तिमीले आजसम्म मलाई के बुझ्यौ, कसरी सोच्यौ केहि थाहा छैन । न त मैले जान्न नै चाहेँ तिमीबाट । लाग्छ, यतिबेला भने तिमीले मलाई चालु नै सोचेका होलाऊ । सोच्ने अधिकार तिमीलाई छ सोच्नु । हुनत मैले चालु केटीले भन्दा माथिको व्यवहार के नै देखाएँ र तिम्रा अगाडि । तैपनि तिम्रो एउटा कुराले भने मलाई निकै अचम्म लागिरहेछ । र यो बुझिरहेको छैन कि, तिमीसँगको दोश्रो भेटमै सारा शरीर सुम्पनसमेत पछि नपर्ने केटीलाई कसरी तिमीले प्यार गरिरहेछौ भनेर रु यो त अपवाद भएन र ?

आखिर म जस्ती केटीहरुलाई त तिमीहरुले पनि साधनकै रुपमा प्रयोग गर्छौ होला जस्तो लाग्थ्यो । होइन र? म त तिमीसँग सधैँ हलुङ्गो तरिकाले नै प्रस्तुत भएँ । तर निशान तिमी त म जति हलुङ्गो हुँदा पनि गह्रुगों नै भइरह्यौ । म यो चाहन्न थिएँ कि तिमीले मलाई मन पराऊ ।

आफ्नो बनाऊ । र यो पनि चाहन्नथेँ कि तिम्रो मनमा म यस्तरी खेलुँ । मैले त सिर्फ तिम्रँे शरीरसँग मात्र खेल्न चाहेथेँ । र मेरो शरीरपनि तिमीलाई खेलौनाजसरी खेलाउन दिऊँ, सोच्थेँ । तिमीपनि शारीरीक भोकमै होलाऊ सोच्थेँ, त्यसैले मसँग सम्बन्ध राख्दैछौ सोच्थेँ । तर त्यस्तो भइदिएन । मलाई आज मैले गर्नै नहुने काम पो गरे कि जस्तो लागिरहेछ । आफैप्रति घृणा लागिरहेछ । पछुतो लागिरहेछ । किन मैले तिम्रो मनमाथि यस्तरी खेलेँहुँला जस्तोपनि लागिरहेछ ।

निशान म तिमीलाई पनि त्यस्तै केटामान्छे सोच्दथेँ, जसले मेरो जिन्दगीमा प्रवेश ग-यो र अनजानको मेरो यहि कमजोरीलाई औल्याएर मलाई उदागों बनाएर टाढियो । त्यो म तिमीलाई नसुनाऊँ भन्थेँ तर सुनाउनै पर्ने भयो । सुनाउँछु ।

लगभग आजभन्दा ठीक दुई वर्षअघि म पनि कसैलाई प्रेम गर्थेँ । आफैलाई भुलेर । सुरुसुरुमा उसले पनि मलाई औधी माया गथ्र्यो । त्यतिबेलासम्म हाम्रँे भेट एकपटक मात्रै भएको थियो । तर फोन र च्याटमा हामीले प्रत्येक दिन घण्टौँ बिताउँथ्यौ । उसले मलाई धेरै माया गर्न थालेपछि म पनि सोच्दथेँ, मैले पनि उस्तै माया गर्नुपर्छ । गर्छु । उसको लागि कुनै कुरामा कमी हुन दिन्न । पहिलो भेटपछि उसले जहिले भन्छ तहिले । जहाँ भन्छ त्यहाँ । जसरी भन्छ त्यसरी नै प्रस्तुत हुन थाले ।

उसले मबाट जे चाह्यो त्यो विनासकोंच पुरा गरिदिन थालेँ । घरमा आमाबालाई विभिन्न वाहना बनाएर दिनरात उसँगै हिड्न थालेँ । म सम्पुर्ण समय उसकै मायामा हराएर जिउन चाहन्थेँ, त्यसैले आफुले चाहेको पनि पुरा गरेँ । सुरुमा उसको र मेरो भेट पनि तिम्रो र मेरो जस्तै फेसबुकबाटै भएको थियो । तिमीलाई सुम्पेजस्तै उसलाई पनि दोश्रो भेटमै शरीर सुम्पेको थिएँ । उसको मायाको विश्वासमा परेर । लगभग एक वर्षजति उ मसँग निकै नजिक भइरह्यो त्यसपछि बिस्तारै टाढा टाढा हुन थाल्यो ।

पछिल्ला दिनहरुमा त मलाई पनि उसको प्रेम र यौनको बराबरी मात लागिसकेको थियो । एकदिन जब मैले तिमीले जस्तै उसामु प्रश्न तेस्र्याएँथे, केही दिन सम्म त केहि पनि बोलेन । बोलेन के भन्नु बोल्यो तर जवाफ दिनुपर्ने कुराबाट पन्छिनेगरी बोल्यो । जब मैले हठ गरेर सोध्न थालेँ एकदिन रिसाएजस्तो गरेर बिनासकोंच भनिदियो ।

“भेटघाट हुनेबित्तिकै शरीर सुम्पनसमेत पछि नपर्ने तिमीजस्तीलाई के मैले चोखो प्रेम गर्छु जस्तो लाग्छ ?”
“तर प्रस्ताव त तिमीले नै गरेका थियौ नि त रु” मैले थर्थर काँप्दै भनेको थिएँ । “तिमीले नै प्रेममा यौनको पनि महत्व हुन्छ भन्दै मलाई स्पर्श गरेका होइनौ र ?”

“यस्तो त तिमीलाई म जस्ता कैयौँ केटाहरुले पहिल्यै पनि भनिसकेका होलान् र मसँग जस्तै प्रेम भन्दै कैयौँको अगाडि शरीर पनि सुम्पिसकेकी हँैली । तिमी आफैँ भन अब मैले कतिजनाको जुठो स्विकार्नु ? ”

मैले उसको केहि कुरा बुझिनँ । बुझिन पनि के भन्नु बुझेँ । बुझ्नै नसक्ने गरी बुझेँ । पुरै एकवर्षसम्म उसैको विश्वास र भरोसामा कुनै स्पेस राख्नु जरुरी ठानिनँ । राखिन पनि । यसरी आफ्नै सोझो प्रेम घातकसिद्ध हुनपुग्छ भनेर मैले कैले सोचेको थिएँ र । अन्तमा म एकपलसमेत ऊ विना टाढा बस्न नसक्ने भइसकेपछि सदाको लागि टाढा गइदियो । त्यसपछि मैले एक अध्याय भोगेँ ।

उ गएपछिका कैयौँ दिनहरूमा मैले आत्महत्याको प्रयास पनि गरेँ । सकिनँ । आफ्नै दिलमा आगो लगाएछु जस्तो लाग्यो । दिलमा बढि नै जलन भइरह्यो । तैपनि जलिरहेको दिलजसरी जल्न सकिन ।

पीडै पीडाहरुको गन्जागोलबाट विरक्तिएर उदासी जीवन बाँचिरहेकी मेरो उराठलाग्दो जिन्दगीमा अर्को दिन भाग्यवश प्रेमको वसन्त लिएर आइदियो विवश । जसरी पुरानो पात झरेर गएपछि नयाँ पात पलाउँछ वसन्तले स्पर्श गरेका रुखहरूमा । उसैगरी उजाडिसकेको मेरो जिन्दगीले फेरी पनि नयाँ पालुवा फे-यो ।

त्यसपछिका दिनहरूमा भने म निकै सचेत भएँ । यो प्रेमको पालुवाचाहिँ कुनै पनि हालतमा लाछिन दिनुहुन्न भनेर धेरैपटक सोचेँ । शारीरीक रूपमा भोको हुने बानी त उसले पहिल्यै पारिसकेको थियो । मेरो नयाँ वसन्त बनेर आएको विवशसँग पनि भोक मेट्ने इच्छा त तीव्र बनेर मनभरी जाग्थ्यो । तर उसँग त्यो भोक मेट्नु ट्रयाजेडीको लागि सुपारी थमाउनु जत्तिकै थियो । पहिले जे भएको बिर्सिसकेको थिएँ । पछिल्लो समय मैले यति माया गर्न थालेको थिएँ की अब उसँग धोका खाएर भने बाँच्नै नसक्ने भएँ ।

अर्कोतर्फ शारीरीक तृप्तीबिना पनि मलाई सासै फेर्न गाह्रो होला जस्तो भइरह्यो । उ पनि प्रेमको तलैयामा डुबुल्की मार्दै जाँदा मसँग कैयौँ पटक पोखिन खोज्थ्यो । मेरो मनमा झनै खलबली मच्चिसकेको हुन्थ्यो । त्यसपछि जब विगतको छायाँ मनमा चहकिलो बनेर आउँथ्यो । जर्बजस्ती मनमाथि दमन गरेर उसलाई भन्थेँ । “हाम्रो प्रेम वैवाहिक अवस्थामा रूपान्तरण हुनुअघि मेरो शरीर तिमीले कदापी छुन पाउँदैनौ ।” उ टुलुटुलु हेरिरहन्थ्यो । सायद सोच्दो हो, “मैले वास्तवमै पिओर भर्जिन भेटेँ । यो समयमा पनि यति मनलाई बाँधेर राख्नसक्ने केटि भेट्नु मेरो भाग्य नै हो । उसलाई कदापी गुमाउँदिन ।”

वास्तवमै ऊ भित्र म प्रतिको प्रेमिल आशक्ति बढ्दै गयो । सोचेँ, जबसम्म मैले उसलाई शरीर सुम्पिन्न तबसम्म उ मेरो प्रेमको यात्रामा हुनेछ । जब विवाहअघि शरीर सुम्पन्छु तब उसले अर्कै गोरेटो खोजिसकेको हुनेछ । त्यसैले उबाट धोका नखाने योजनासहित तिमीसँग म शारीरीक रुपमा जोडिन आइपुगेको हुँ । प्रेम त मैले उसैलाई गरिरहेको छु । विवाह पनि उसैसँग हुन्छ । तर मैले मेरो जवानी किन तिमीलाई सुम्पिरहेकी थिएँ रु थाहा छ ? मैले सुम्पनैपर्ने मान्छेबाट निश्चित समयसम्म जोगिनुपर्ने थियो त्यसैले ।

थाहा छ निशान ? मैले जुन दिनदेखि तिमीलाई शरीर सुम्पिन थालेँ त्यो भन्दा अघिदेखि उ मसँग मनदैखि नजिक छ तर मेरो शारीरीक संसर्गबाट टाढा छ । मलाई जब उसँगै बस्दा शारीरीक चाहा उर्लिएर आउ“छ । तब घर जान्छु भन्दै उसलाई ढाँटेर तिमी भएतिर आउँछु । अचेल म तिमीसम्म दोब्बर वहाना बनाएर आएको हुन्छु । घरबाट कतै जानुपर्ने बहाना बनाएर विवशलाई भेट्न आउनु । र घर फर्कने वहाना बनाएर तिमीकहाँ आउँनु मेरो दोब्बर वहाना होइन र ? तर विडम्बना मैले दोब्बर वहाना बनाएर तिमीसम्म आइपुग्नु मेरो मनको लगाव हुदैँ होइन । बाध्यता हो । किनकी म पोखिनुपर्नेजति तिमीसँग पोखिइसकेको खण्डमा विवशको सामु वशमा रहन सक्छु ।

यदि तिमीसामु नपोखिइकन विवशसामु नै पोखिएँ भने मलाई थाहा छ मैले कहिल्यै नभरिनेगरी पोखिनुपर्छ । के गर्नु, यहाँ सच्चा प्रेमको लागि पनि अनेक जालझेल गर्नुपर्ने रहेछ । त्यसैले विवशलाई सच्चा प्रेम गरेर पनि यतिठुलो जालझेल गरेँ । यतिठुलो घात गरेँ । आज बुझिरहेछु एउटी केटीले सच्चा प्यारलाई सफल बनाउनुअघि दुइजनामाथि घात हुँदोरहेछ । कसैलाई घात नगर्दा त झनै आफैलाई घात हुँदोरहेछ । म के गरुँ त निशान रु आखिर म विवशबाट घात खाएर त बाँच्नै नसक्ने अवस्थामा छु ।

जब तिम्रो शरीरसँग खेल्छु तब कल्पना गरिरहन्छु मैले खेलिरहेको शरीर तिम्रो होइन । विवशकै हो । मलाई त्यसरी नै भएपनि आनन्द आउ“छ । आनन्द त मलाई तिमीसँग भन्दा कैयौँ गुणा उसँग रहँदा नै आउँछ । तर त्यो भन्दा बढि आनन्द पनि उसँगै लिन थालेँ भने म अर्कोपटक फेरी पतन हुनुपर्छ । त्यसैले तिमीसँग दिनरात बिताउँदाको पलमा तिम्रो शरीरसँग त्यतिधेरै समाहित भएर पनि तिम्रँे मनसँग समाहित हुन सकिनँ ।

मलाई माफ गरिदेउ निशान ∕ तिमीलाई मैले जतिपनि उदाङ्गो रूप देखाएँ त्यो सबै मनदेखि नजिकिइरहेको तिमीलाई टाढा बनाउन गरिरहेकी थिएँ । किनकी तिमीलाई म माया गर्न सक्दिनथेँ । तिमीजस्तो निर्दोष मान्छेले पनि मलाई सतही सम्पर्क राखोस् र मबाट घात नपाओस् भनेर म मेरो चरित्रभन्दा बढि नै उदाङ्गिए तर सोचेजस्तो कहाँ हुदोँरहेछ र । एगेन सरी निशान ∕ जे हुनु भैगयौ अब मलाई एउटा नराम्रो सपनामात्र सम्झिदिनु ल । र अबदेखि मलाई कहिल्यै कल पनि नगुर्न है ।”

मेल पढिसक्दा निशानलाई भाउन्न भयो । आँखाहरू तिरमिराउन थाले । मेलबाट आएका अक्षरहरू अक्षरजस्ता लागेनन् । नरकबाट आएका राक्षसजस्ता लाग्न थाले । र प्रत्येकले स्वाद मानिमानि शरीरको भागभागमा कोपरिरहेजस्तो लाग्यो । ल्यापटप कतिबेला बन्द भयो उसलाई थाहै भएन । आँखाहरू भने कतैतिर डोहोरिएर एकोहोरिइसकेका थिए । त्यसपछिका दिनहरुमा न कुनै दिन उसले कल गरी ।

न त ढोका ढक्ढक्याउन नै आइपुगी । निशानले भने प्रत्येक दिनजस्तो उसैलाई सम्झिरहन्थ्यो । तैपनि कल गर्न भने कहिल्यै सक्दैनथ्यो । च्याटमा हाइहलो त हुन्थ्यो तर अपरिचित व्यक्तिसँग जसरी । त्यो दिनको पाँचौ वसन्त पछाडिसम्म निशानले जीवनको कुनै नयाँ अध्याय सुरु गर्न सकेको छैन । जब उसको छोरासँग वार्तालाप भयो । उसको नयाँ वर्षको त्यो नयाँ दिनलाई पनि पुरानै दिनहरूले हस्तक्षेप गरिरहे ।

केटीहरू प्रेमीको प्रेम पाएपछि आफ्नो शरीर टिकाउन सक्दैनन् । केटाहरू प्रेमीकाको शरीर पाएपछि आफ्नो प्रेम टिकाउन सक्दैनन् । यसैकारण त असफल छ प्रेमको दुनियाँ ।

प्रतिक्रिया

सम्बन्धित खवर