– गीता स्मृति कठायत

१,
छाती चिरिएको छ हलोले धर्ती चिरेजस्तो
उड्ने रहर थियो बच्चाको फिरफिरे जस्तो
दिन रात एक गरेर जोडेको सम्पत्ति हो यो
कहाँ सजिलो छ र सरकार कर तिरे जस्तो

२,
मुटु जल्छ छाती चर्चराउछ थाहै थिएन
यि आखामा आशु सुहाउछ थाहै थिएन
आशुको थोपासितै झरेछ सिङ्गो दुनियाँ
आशुले पनि मान्छे बगाउछ थाहै थिएन

३,
ओछ्यानमा सुत्छ सिरानीमा खुकुरी हाल्छ
मेरो सोच हिड्छ उहाँको सोच दगुरी हाल्छ
नकोट्याइ देउ यो समयले दिएको घाउ हो
बिस्तारै समय आएपछि आफै पुरी हाल्छ

४,
आफ्नाको लाग्दैन, दुश्मनको भरोसा लाग्छ
यो जिन्दगी पनि ज्यान लिने अखाडा लाग्छ
कसरी भुल्नु तिमी त मान्छे हौ मुटुभित्रको
आफ्नो भनेपछि ढुङ्गाको पनि माया लाग्छ

५,
किला कस्नु पर्छ पेज मिलाउनु पर्छ
त्यतिकै बन्दैन जिन्दगी बनाउनु पर्छ
कहाँ लेखेको छ र प्रश्नपत्र बनाउनेले
कि सबै प्रश्नहरुको उत्तर आउनु पर्छ?

***

प्रतिक्रिया

सम्बन्धित खवर