
– सबिन निरौला
पठाएँ तिम्रो सवालको, जवाब पठाएँ
चीट्ठी सङ्गै एउटा रातो, गुलाब पठाएँ
धेरै छैन धन तर, खुसी राख्न सक्छु,
आउने भए स्वागत छ, सुझाव पठाएँ
उमेर पनि भयो हेर, अब बिहे गर्ने,
के छ विचार चाडै भन, दबाब पठाएँ
तिमी खुसी तिमी हाँसो, तिमी जिन्दगानी,
तिमी पाए संसार पूरा, अभाव पठाएँ
गजल २,
सुरुमा निकै राम्रो छाप बनाउँछन
स्वार्थ लुटेर सम्बन्ध धराप बनाउँछन
नौनी हुँ भन्ने कुरा थाहा दिनै हुँदैन,
नजिकै आगो फुकी ताप बनाउँछन ।
धेरै तिर मुख फेर्दै खान पाएपछि,
घरको खाना फालेर पाप बनाउँछन ।
यो खेल चतुरेसँग नखेलेको राम्रो,
फेरि फेरि खुकुरीलाई दाप बनाउँछन ॥
***
प्रतिक्रिया
-
४